अन्तर्राष्ट्रिय

लुम्बिनीले गौतम दियो, बोधगयाले बुद्ध: मोदी


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले देखाएको बाटो आज विश्वका अतिवाद र आतंकवादजस्ता समस्या समाधानको प्रेरणा स्रोत भएको बताएका छन्।

पशुपतिको प्राङ्गणमा निर्मित धर्मशाला उद्घाटनपछि सम्बोधन गर्दै मोदीले काठमाडौँको गल्लीमा हिन्दु र बौद्ध धर्मावलम्बीबीच रहेको मेलमिलाप देखिने गरेको बताए।

मोदीले लुम्बिनीले गौतम दिएको बोधगयाले बुद्ध दिएको तर्क गरे।

‘नेपालको लुम्बिनीले दुनियाँलाई गौतम दियो। भारतको बोधगयाले बुद्ध दियो’, मोदीले भने, ‘गौतम बुद्धले देखाएको बाटो आज अतिवाद र आतंकवादको जस्ता दुनियाँका अनेक समस्या समाधान हल गर्ने प्रेरणा स्रोत हो।’

मोदीले काठमाडौँको पशुपतिनाथ बौद्ध आस्थाका केन्द्रले घेरिएकोमा खुसी व्यक्त गरे।

मोदीको सम्बोधन अघि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बनी भ्रमणका लागि मोदीलाई निम्तो दिएका थिए। मोदीले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको भ्रमण गरेको उल्लेख गर्दै ओलीले समय मिलाएर छिटो भन्दा छिटो लुम्बिनी आउन निम्तो दिए।

‘गौतमबुद्धको जन्मस्थल लुम्बिनी बुद्धजिम विश्व मुहान हो’, ओलीले भने, ‘त्यसलाई हाम्रा मित्रराष्ट्र भारतबाट हामीले समर्थन र सहकार्य पाउने विश्वास लिएको छु। यहाँको छिट्टै लुम्बिनी भ्रमण हुनेछ भन्ने आशा लिएको छु।’

शनि, भदौ १६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् । अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न...

इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु

असोज, काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् ।...

नेपालले चीनका चार वटा सामुन्द्रिक र तीन वटा सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउने छ

काठमाडौं: लामो छलफलबीच नेपाल-चीनबीच सम्पन्न पारवाहान सन्धीको कार्यविधि (प्रोटोकल)मा सहमति जुटेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो। सम्झौताको कार्यविधिमा सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन। बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा...

कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु

साउन, काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ ।   तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन । नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी...

इन्डोनेसियामा शक्तिशाली भूकम्प गए

२१ साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।   इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका...

भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइए

असार, चितवन । भारत र चीनलाई सबैभन्दा छोटो दूरीमा जोड्ने ठोरी-केरूङ मार्ग कालोपत्रेको काम अघि बढाइएको छ । चितवनको भण्डाराबाट धादिङको मलेखुसम्मको ६२ किलोमिटर लामो चेपाङ मार्गको चितवन खण्डअन्तर्गत ११ किलोमिटर र धादिङमा ११ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का सम्झौता भइ काम सुरु भएको हो...