साहित्य गतिबिधि

मेरो घाम निस्कियो


कवि सूर्यप्रसाद लाकोजूको नविनतम् कृति मेरो घाम कवितासङ्ग्रह विमोचन एक समारोह बीच संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा कवि सरुभक्तले गरेका छन् । अनुज बुक इन्टरप्राइजेज काठमाडौले प्रकाशित गरेको यो कविता सङ्ग्रहमा विभिन्न शीर्षकमा त्रिपन्न ओटा कविताहरू समावेश गरिएका छन् । कविताहरूमा राष्ट्रप्रेम, जातीय स्वाभिमान, सामाजिक विकृति, विसंगति, राजनैतिक बेथिती, कुसंस्कार, जस्ता विषयहरू उठाइएका छन् । त्यस्तै सहिदप्रतिको सम्मान, आफूलाई जन्मदिने आमा बुबाप्रतिको श्रद्धा, प्रेमप्रणयका भावहरू पनि कविताका विषय बनेका छन् । मोफसलमा रहेर नेपाली भाषा र साहित्यको सेवा गर्दै आएका लाकोजूका भावनाका फूलहरू, फूलहरूको मेला, शाश्वत स्वरहरू गरी तीनवटा मुक्तकसङ्ग्रह, गुराँस फुल्ने मन र अक्षरका स्वरहरू गरी दुईवटा हाइकुसङ्ग्रह, पनौती, पनौतीको बाह्रवर्षे मकरमेला, केही काभ्रेली अक्षरकर्मी, स्मृतिका आलेखहरू, प्रेरणाको चौतारी गरी पाँचवटा निबन्धात्मक कृतिहरू, सुसेली नामक एउटा गीतसङ्ग्रह, कोपिला र घाम उदायो गरी दुईवटा बालकवितासङ्ग्रहहरू प्रकाशित छन् ।

त्यसैगरी स्पर्श, मेरो मन मेरो मीत, घामको चुम्वन, मेरो घाम गरी चारवटा कवितासङ्ग्रहहरू पनि प्रकाशित छन् । सङख्याका दृष्टिले उनको यो मेरो घाम कविता सङ्ग्रह अठारौं हो । काभ्रे सेवा समाजले आयोजना गरेको सोही समारोहमा काभ्रे जिल्लामा जन्मेर नेपाली भाषा र साहित्यमा योगदान गरेबापत कवि सूर्य लाकोजू, राष्टको उच्च ओहदामा पुगेर सेवा गरेबापत राष्टिय सतर्कता केन्द्रका सचिब विष्णु ओम बादे र सर्वोच्चका रजिष्टार महेन्द्रनाथ उपाध्यायलाई सम्मान गरिएको थियो । सम्माित प्रतिभाहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ सरुभक्तले सम्मानपत्र, माला र दोसल्ला ओढाई सम्मान गरेका थिए । कार्यक्रममा विशेष अतिथि प्रा.डा. तुलसी भट्टराई, डा. नवराज लम्साल, डा. कुमार कोइराला, सूर्य लाकोजू, प्रा. ज्ञानू अधिकारी, मोहन दुवाल, प्रल्हाद के.सी लगायतले आ आफ्ना मन्तब्य ब्यक्त गरेका थिए ।

सोम, भदौ १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...

पुस्तक परिचय:- बर्णमालामा गीत

नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै अाउनु भएकि द्वारिका कुइकेल पछिल्लाे समय वर्णमालामा गीत भन्ने बालगीत संङ्ग्रह लिएर बालसाहित्य क्षेत्रमा प्रवेश गर्नु भएकाे छ। उहाँकाे मुल बिधा चहि हास्यब्यङ्ग नै हाे। समाजमा घट्ने विभिन्न बिसंगति र बिकृर्तिहरूलाई हास्य रसले सिङ्गारेर ब्यङ्ग हान्न उहाँ खपिस् देखिनु...