साहित्य गतिबिधि

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको अध्यक्षमा निर्वाचित लेकालीलाई बधाई तथा शुभकामना


काठामाडौँ, भाद्र २० गते बुधवार ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी हार्दिक बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । 
शुभकामना कार्यक्रममा अध्यक्ष लेकालीले नेपाललाई अध्यक्ष नदिन निकै चलखेल भएको र ठूलो शक्ति लागेको बताउनुभयो । आपूmले अब सहकार्यको आधारमा सबैसँग मिलेर काम गर्ने र निस्कृय रहेका च्याप्टरहरूलाई सकृय पार्दै लगिने बताउँदै नेपाली भाषा साहित्यको विश्वप्यापी प्रचार–प्रसारको लागि लागिरहने बताउनु भयो । ‘मैले पाएको यो सम्मान र बधाईले ममा ठूलो जिम्मेवारी थपिएको छ’, लेकालीले भन्नुभयो, ‘तपाईंहरूको यो पूmलको वर्षा राम्रो काम गर, गरिनस् भने पूmलको बदला ढुङ्गाले हान्न नपगरोस् भन्ने प्रतिकात्मक हो ।’ अध्यक्ष लेकालीले म नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय विकास र विस्तारको लागि आगामी दुई वर्षे योजनाले हैन अबको दुई सय वर्षको योजनाकासाथ काम गर्नेछु, भन्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.शर्मा, सभापति डा.नेपाल र आयोजक रत्नप्रसाद श्रेष्ठ अनामणिले आफ्नो पदको गरिमालाई इमानदारिताका साथ पूरा गरी नेपाली भाषा, साहित्य र सिर्जनाको अन्तर्राष्ट्रिय विकास, विस्तार र प्रचारमा लाग्न यो शुभकामना छ, भन्नुभयो ।
त्यस अवसरमा पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, डा.बमबहादुर थापा जिताली, डा.सत्यराज थपलिया, पूर्व प्रवउ गुप्तबहादुर श्रेष्ठ, गुरू नारायणाचार्य कौशिक, साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, पत्रकार त्रिभुवनचन्द्र वाग्ले र प्राध्यापक तथा साहित्यकार सीता बिष्ट कार्कीले लेकालीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी पूर्व सेनानी टंकबहादुर बज्गाईं खत्री, अधिवक्ता कृष्णप्रसाद अधिकारी, शिक्षिका भवानी मैया पन्त, भगीरथ काफ्ले, साहित्यकार सानु शर्मा, कवि प्रशान्त डङ्गोल, सर्जक धरणीधर गुरागाईं र उदेश पाण्डेले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।
निष्पक्ष मिडिया प्रा.लि.को कार्यालय गोंगबुँमा सम्पन्न कार्यक्रमको संयोजन उमेश पाण्डेले गर्नुभएको थियो ।

बिहि, भदौ २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बि.सी.को युरोप डायरी विमोचन

काठमाडौँ, कात्तिक २१ गते । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, थममाया थापाले एक कार्यक्रमकाबीच साहित्यकार नरबहादुर बि.सी.को ‘युरोप डायरी’ को लोकार्पण गर्नुभयो । पुस्तक विमोचन गर्दै मन्त्री थापाले नरबहादुुरको युरोप डायरीले आम पाठकहरूलाई युरोप बुझ्न सजिलो हुने बताउँदै यतिबेला सरकारले थुप्रै कानुनहरू निर्माण गर्नुपर्ने भएकोले कानुन...

नेपाल–चीन संस्कृति प्रवद्र्धन तथा अनुवाद सम्मेलन आयोजित

काठमाडौँ । यही कार्तिक १३ र १४ गते प्रज्ञा भवन काठमाडौँमा नेपाल प्रज्ञा–प्रतिष्ठान र चीन सरकारको संस्कृति मन्त्रालयअन्तर्गत स्थापित संस्था चिनियाँ संस्कृति अनुवाद एवं अध्ययन सहयोगद्वारा संयुक्त रूपमा ‘नेपाल–चीन संस्कृति प्रवद्र्धन, अनुवाद तथा प्रकाशनसम्बन्धी काठमाडौँ सम्मेलन–२०७५’ आयोजना गरियो । दुई दिनसम्म चलेको सम्मेलनको संस्कृति, पर्यटन तथा...

पाल्पा साहित्य समाजको अध्यक्षमा साहित्यकार तथा पत्रकार पुष्करराज रेग्मी चयन

पाल्पा, कार्तिक १५/ पाल्पा साहित्य समाजको अध्यक्षमा साहित्यकार तथा पत्रकार पुष्करराज रेग्मी चयन भएका छन् । समाजको विहिबार बसेको बैंठकले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । नेपाल प्रेस युयिनका जिल्ला उपाध्यक्ष समेत रहेका रेग्मीले जिल्लाको साहित्यक, समाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका छन्...

कवि सूर्यप्रसाद लाकोजूको हिन्दीमा अनुवादित कविता संग्रह दिवाकर का चुम्बन लोकार्पण

कवि सूर्यप्रसाद लाकोजूको कविता संग्रह घामको चुम्बनको हिन्दीमा अनुवादित कविता संग्रह दिवाकर का चुम्बन लोकार्पण भएको छ ।सो कविता संग्रह राष्ट्रकवि माधबप्रसाद घिमिरेले एक कार्यक्रम बिच गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै राष्ट्रकवि घिमिरेले नेपाली कविता हिन्दी भाषामा अनुवाद हुनु भनेको ठूलो कुरा भएको बताउनु...

११० औँ महाकवि देवकोटा जन्मजयन्तीमा कविता वाचन

काठमाडौँ, कार्तिक १० गते । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्तीको कार्यक्रमा प्रा.डा. कुमारप्रसाद कोइरालालाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि कुलपतिले यस वर्षको पहिलो कार्यक्रममा नै महाकविप्रति श्रद्धासुमन व्यक्त गर्न पाएकोमा खुशी...

बङ्गलापिताको पुस्तक नेपाली भाषामा प्रकाशित

काठमाडौँ, ४ कार्तिक । नेपाल प्रज्ञा–प्रतिष्ठानले बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानद्वारा लिखित ‘द अनफिनिस्ड मेम्वायर्स’ (ती अधुरा संस्मरणहरू) नामक पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरेको छ । बङ्गलादेश राष्ट्रका रूपमा स्थापित हुनुभन्दा अगाडिका विषयवस्तु तथा सन् १९७१ का राजनीतिक घटनाक्रमका सेरोफेरोमा केन्द्रित उक्त पुस्तक हालै...