कविता

गौरबशाली यात्रामा अगाडी बढौ

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


मन्दिरका ती  सुमुधुर घण्टहरु

अचेल कम बज्न थालेका छन्

बिहान सबेरै भालेका डाकसंगै

प्रत्येक दिन बज्ने घण्टहरु

कम बजेको सुनेर

हिजो आज

त्यो भाजमन बाजे

निरास निरास छन्

मन्दिरको वरपर बस्तीसम्म पनि

आउने गोकुलधुपका बास्नाहरु पनि

बास्ना आउन छाडेका छन

*****************************

अस्ति भेटमा त्यो रसुवाको

ठिटो पनि हिमालका गुम्बाहरुमा

बाइबल पसेकोमा चिन्ता गरेका थिए

इतिहास बोकेको गुम्बामा

ओम माने पेमे हुँ

कम सुनिन थालेका छन् रे

त्यो जिर्ण गुम्बाको ध्वजाहरु 

आफ्नै सुरमा पबित्र हावाको

झोक्काहरुमा हल्लिरहेका छन रे

पल्लो घरको ठाडो टिका बाजे पनि

पाखुरा सुर्कन्दै

देश बेच्ने नेताहरुले

धर्म बेच्न कुन ठुलो कुरा रह्यो र ?

भन्दै घाँटीको नशा फुलाएर

कद्किन्दै थिए

*************************

उधारोमा गणतन्त्र ल्याउनेहरु

अनुहारहरुमा डलरका पाउडर घस्नेहरु

गरिबी चेतनाको मस्तिष्कमा कुल्चिनेहरुले

दिनु पर्ने सार्वजनिक बिदा दिएन रे

नदिनु पर्ने बिदा दियो भन्दै

अफिसको क्यालेन्डर त्यो पिउन बाजेले

हिजो मात्रै च्यातेका थिए रे

भ्रमको विश्वासमा अड्किएकाहरु

बाइबल घोकाउनेहरु

तराइ टुक्राउनेहरु

बिरोधको होलसेल पसल

थपेर बसेकाछन रे

**********************

देशले एक झोक्का हुरी मागेको छ

उत्सुकताका गुन्टाहरु कसेर

इतिहासको पन्नाहरुलाई ब्यबस्थित गर्न

न्यायको संगीत गुनगुनाउदै

सम्भावनाको दिप सल्काउदै

सुगन्धित भबिश्यको रेखाचित्र कोर्दै

चेतनाको लालीगुराँस फुलाउन

हुर्केका बिचारहरु लिएर

आशाका मुस्कान हरु संगै

दुख लाइ किनारा लगाउन

कमजोर ठानिएका पाखुराहरू उचाली

गौरबशाली यात्रामा अगाडी बढौ

अगाडी बढौ

अगाडी बढौ

+++     +++     +++

 

 

 

 

 

 

 

 

 

बिहि, भदौ २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जन्म घर

जन्मघर सबैभन्दा ठूलो रैछ ठान्छु यसपाली दशैमा त आफ्नै गाँउ जान्छु विदेशमा बस्ने भाई आउनु है घर सधैभरि विदेशको हुदैन नि भर दशमीको टिका थाप्न कुलघर जाउँ दाजु भाई रमाएर सँगै बसि खाउँ बा आमाले पढाउन धेरै गरे कर्म त्यो कुराको मैले त बुझिनछु मर्म शिक्षा दिक्षा पाइकन सहरमा आएँ रवाफिलो सहरीया भएर नै खाएँ अहिले...

शब्द र सभ्यता

 जसले, संसारले सबैभन्दा फराकीलाे भनेर मानेकाे अाकाशलाई तीन अक्षरकाे अाफु भित्र समेट्न सक्छ। जाे संसार भरीका छापाखानामा अाफ्नाे एकताकाे तागत देखाउदै प्रीन्टरहरूलाई एका एका गरीचुम्दै हरेकका टि,टेबलमा एकाकपहानै पछारीदिन्छ ऊ, नाली देखि नेतासम्म चाेर देखी पुलिससम्म डाक्टर देखि बिरामी सम्म वकिल देखि अदालतसम्म र बाँकी सबै सबैकाे अन्तस्करण वा अाबरणबाट अंङ्कुराएकाे छ तर,डक्टरकाे एक शब्दमा बिरामीकाे प्रमाणकाे निरन्तरता या मरण जस्ताे विशिष्ट शब्दहरू लुप्त हुन सक्छन् न्याधिशकाे एकशब्द अर्थात”फैसलाले” एक साथखुशीर राेदन नामक दुई शक्तीशाली शब्दकाे जन्म हुन्छ चुनाब अगी स्टेजमा फुकेका र संसदीय शब्द सेटीङ...

कविताको उदय

एक दिन गरिब आयो शासक पोलेको चिहानमा शासकको अत्याचार सम्झ्यो खुब मनन गर्यो खरानीलाई हेरी रह्यो  हामी मर्दा जनताको शिर उठाई मर्छौ  भन्ने गीत गुण गुनायो  त्यो अत्याचारीको जमिन  हात्ती ,घोडा ,धन,दौलत दुइ ,तिन वटी मयालुहरु कोइ थिएन सिबाहेक खरानी   चिहान  डाँडोबाटै गरिबी झुप्रो बस्तीबाट बिस्तारै धुवाँ निस्केको देख्यो ईश्वर मरेको छैन मरेको भए त्यो धन ,दौलत र श्री सम्पति सबै लान्थ्यो गरिबको...

गुरु भक्ति

कविता गुरु ब्रह्म, गुरु विस्नु, गुरु महेस्वर गुरु पर ब्रह्म, गुरु साक्षात् इस्वर गुरुको महिमा हुने रैछ अपारको गुरु नै केवट हुन् यो भव सागरको //१//   धेरै छन् यहाँ गुरु सत्गुरु पहिचान तब मात्र मिल्छ तिमीलाई दिव्य ज्ञान गुरु महिमा ब्याख्या गरेर सकिदैन चेहरा हेरेर गुरु, चिनिने हुदैन //२//   ध्यान गरौं सधैं हामी,...

धन्यवाद दियौँ

कामदार मौंरी जति रसलिन जानी रानो मौरी घरबसी मह मात्र खानी यस्तै बानी हाम्रो पनि बसीसक्यो हेर कुर्चीतिर बसी खानी भयौ हामी धेर ।१। आम्दानीको स्रोत भने जनताको कर सबैलाई पाल्नै पर्ने यसैको छ भर पैसा जति आन्तरिक खर्चतिर भयो दिनदिनै ढुकुटी त रित्तो हुँदै गयो ।२। उपाय नै अरू छैन कसो गरौ...

गाँस,बाँस,कपास

 झर्को लाग्दो कुरा गरी नबिगारौं नाम। जनताको भोक मेट्न पैला गरौँ काम। गाँस,बाँस,कपासको पैला कुरा सोचौं । रेलमार्ग सुरूङ्ममार्ग अनि खन्न खोजौ। गरिबीको रेखामुनि हामी पर्यौ तल। छिमेकीको दाजोतीर पुग्न गरौँ बल। मिलजुल काम गरौँ देश बन्छ राम्रो । जडीबुटी खनिजको भण्डार छ हाम्रो । जलस्रोत भा`को देश...