प्रमुख समाचार

चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता


भदौ, ल्हासा । सभामुख कृष्णबहादुर महरा र चीनको तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटमा सभामुख महराले नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको तर्फबाट सहयोग गर्न आग्रह गरेका थिए । नेपालको विकास र सफलताले चीनलाई पनि फाइदा पुग्ने उनले बताए ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख महराले तिब्बत र नेपालबीचको ऐतिहासिक, साँस्कृतिक, सामाजिक सम्बन्धले नेपाल-चीन सम्बन्ध थप सुदृढ भएको पनि बताए ।

संघीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको जानकारी गराउँदै महराले संघीय पद्धति र प्रक्रियाको लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्ने बताए ।

भेटमा चीनको तिब्बत स्वायत प्रदेशका कम्युनिष्ट पार्टीकासचिव यु यिंग्जेले दुई देशबीचको सम्बन्धमा जोड दिँदै विकास र समृद्धिको एजेण्डामा आफूहरुको सहयोग जारी रहने बताएको महराको सचिवालये जनाएको छ । अहिले दुई देशबीच सम्झौता भएका निर्माणाधीन परियोजनाहरु कार्यान्वयनको तहमा रहेको भन्दै उहाँले आपसी सहयोग अझै बढाउनुपर्नेमा जोड दिएका थिए ।

चौथो चीन तिब्बत पर्यटन तथा सांस्कृतिक प्रदर्शनीमा प्रमुख अतिथिका रुपमा चीन आएका सभामुख महरालाई स्वागत गर्न तिब्बत जनकंग्रेसका उपाध्यक्ष च्यू च्यनहवा ल्हासा विमानस्थल पुगेका थिए ।

शनि, भदौ २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

बिम्स्टेक सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु नेपाल अन्तिम समयमा ब्याक

काठमाडौं:  भारतको पुणेमा सोमवारदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु भयो। सो सैन्य अभ्यासमा नेपाल अन्तिम समयमा ब्याक भयो। नेपालको यो निर्णयसँगै भारतले असन्तुष्टि व्यक्त गरेको छ। प्रतिवद्धताका बाबजुद पनि अन्तिम समयमा नेपाल सैन्य अभ्यासबाट...

पशुपति र स्वयम्भूका बाँदरमा भएको क्यान्सरले मानिसलाइ सर्ने खतरा

भदौ, काठमाडौं । स्वयम्भू र पशुपतिका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । बाँदरको दिसामा पाइएको क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम रहेको र त्यो सरे आन्द्राको क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् । स्ययम्भू र पशुपति क्षेत्रका धेरै बाँदरहरु बिरामी भएको जानकारी पाएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल...

चीनको मायाले तेस्रो मुलुकबाट आयातका लागि भारतीय बन्दरगाहसँगको परनिर्भरता अन्त्य हुने

२२ भदौ, काठमाडौं । नेपाल-चीन पारवाहन सम्झौताको ‘प्रोटोकल’मा लगभग सहमति जुटेको छ । बुधबारदेखि काठमाडौंमा भएको पारवहन सम्झौता प्रोटोकलको तेस्रो परामर्श बैठकले मस्यौदालाई अन्तिम रुप दिएको हो । यससँगै तेस्रो मुलुकबाट आयातका लागि भारतीय बन्दरगाहसँगको परनिर्भरता अन्त्य हुने भएको छ । सम्झौता अनुसार चीनले नेपाललाई आफ्ना...

महागनरीय प्रहरी वृत्त दरबारमार्गले ५ वटा रेड पाण्डासहित दुई जनालाई पक्राउ

१९ भदौ, काठमाडौं । महागनरीय प्रहरी वृत्त, दरबारमार्गले ५ वटा रेड पाण्डासहित दुई जनालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको विवरण खुलाइएको छैन । ठमेल लैजाने क्रममा रेड पान्डासहित दुई जनालाई पक्राउ गरिएको वृत्तका डिएसपी दानबहादुर मल्लले पुष्टि गरे...

पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो

१७ भदौ, ललितपुर । पाटनको प्रसिद्ध कृष्ण मन्दिरमा आज बिहानैबाट भक्तजनको घुइँचो लागेको छ । श्रीकृष्ण जन्माष्ठमीका अवसरमा काठमाडौं उपत्यकाका अधिकांश स्थान र उपत्यका नजिकका जिल्लाबाट दर्शनार्थी यहाँ आउन थालेका छन् । विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा...

बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी पुग्दै

१६ भदौ, काठमाडौं । बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना लुम्बिनी पुग्दैछन् । मायादेवी मन्दिरकाे पूजा तथा लुम्बिनी विकास कोषकाे गुरुयोजनाबारे जानकारी लिन उनी लुम्बिनी जान लागेका हुन् । चार्टर्ड विमानमार्फत भैरहवा विमानस्थल  अाेर्लिएर उनी त्यहाँबाट हेलिकोप्टर चढेर लुम्बिनी जाने छन्...