स्वास्थ्य

स्थापनाकालदेखि ओम अस्पतालमा आवद्ध बरिष्ठ डाक्टर भोला रिजालले ओम अस्पताल छाडे


काठमाडौं : स्थापनाकाल देखि ओम अस्पतालमा आवद्ध बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पताललाई यो स्थानमा ल्याउन महत्वपर्ण योगदान पुर्याएका रिजाल अस्पतालबाट एकाएक बाहिरिएका हुन्।

‘किन बाहिरिए रिजाल ओम अस्पतालबाट?’

ओम अस्पतालबाट डाक्टर रिजाल बाहिरिनुको भित्री कथा भने निकै रोचक छ।

रिजालले पहिलेदेखि नै ओम छाड्ने निर्णय गरेका थिए। अस्पतालले स्तरोन्नती गर्ने आशाका साथ उनी काम गरिरहेका थिए। तर, अस्पतालले वर्षौपछिसम्म उनलाई निराश बनायो। उनी ओम बसेर बिरामीलाई सेवा दिन नसक्ने निर्णयमा पुगे।

ओम छाड्दै गर्दा उनले भनेका छन्, ‘बिरामीलाई राम्रो सेवा दिनको लागि ओम छाड्नुपरेको हो। सबै नागरिकको लागि सेवा दिन ओम अस्पताल उपयुक्त भएन।’

अहिले उनी  नेपाल मेडिकल कलेजमा आवद्ध छन्। त्यहाँ उनको समेत लगानी छ। ओम अस्पतालमा पनि स्थापनाकालदेखि नै लगानी थियो।

आफ्नै लगानी रहेको अस्पताल छाड्नुको कारण सबै बिरामीलाई सेवा दिन नसक्नुमात्र हो त?

‘हैन’  डाक्टर रिजालका नजिक डाक्टरहरु भन्छन्, ‘व्यवस्थापनसँगको टकराव नै उनी बाहिरिनुको कारण हो। शेयरधनीबीच वर्षौदेखिको द्वन्द्व थियो। सहन नसकेर उनले अस्पताल छोडे।’

ओम अस्पताल कमलपोखरीको रामजन मीयाको घरबाट दुई दशकअघि सुरु भएको थियो। त्यहीबाट अस्पतालले गति लिएको थियो।  डाक्टर रिजालको सक्रियतामा नेपालमै पहिलोपटक सिटी स्क्यान, हिस्टो प्याथोलोजी र ल्याप्रोस्कोपिक सर्जरी सुरु भएको थियो। नेपालको प्रथम टेष्टब्यूब बेवीको जन्म पनि त्यही अस्पतालमा भएको थियो।

ओम अस्पतालको ‘हाइप’ निर्माण यिनै कुराहरुले गरेका थिए। तर, पछिल्लो समय ओम अस्पतालमा यस्ता गतिविधिहरु कम हुँदै गएका थिए। वर्षेनी ओम अस्पतालको क्रेज घट्दो थियो। नर्भिक, ग्राण्डी र मेडसिटी अस्पतालले ओम अस्पताललाई धेरै पछि छोडिसकेको थियो।

***

डाक्टर रिजाल अस्पतालबाट बाहिरिनुमा शेयरधनीको टकराव मात्र हैन। भित्री कारणहरु धेरै छन। अस्पतालले सेवा सुविधा भन्दा बेड बढाउन मात्र ध्यान दियो। लाभांश हेरेर पूर्वाधार र अस्पतालको इज्जत बढाउन ध्यान दिएन भन्नेहरु पनि छन्।

पछिल्लो समय यिनै कारणले ओम अस्पतालबाट धेरै नाम चलेका डाक्टरहरु बाहिरिए। अस्पतालले उनीहरुलाई रोक्न कुनै प्रयास गरेन।  ‘यिनीहरु गएर के नै हुन्छ र?’ अस्पताल यही बन्दै बसिरह्यो। डा रिजालको उनीहरुलाई रोक्न गरेको प्रयास असफल भयो।

नयाँ कार्यक्रम,  टेण्डर खरिद प्रकिया र महत्वपूर्ण मिटिङमा डाक्टर रिजाललाई सहभागी गराउन छाडियो। सबै कामको लागि पूर्व अध्यक्ष उद्धव पोडैल, एमडी र निर्देशकलाई जिम्मा दिइयो। रिजाल बाहिरिएपछि पौडेल ओम अस्पतालको अध्यक्ष भएका छन्।

डाक्टर रिजालले अस्पताल सुधारका धेरै योजना अघि सारेका थिए। पटक पटक उनको योजना सफल हुन सकेको थिएन। योजना असफल हुन थालेपछि उनले अस्पतालको अध्यक्ष पद धेरै अघि छाडेका थिए। रिजालको चाहना सञ्चालक समितिबाट बाहिरिनु थियो। सोही कारण उनले डा ध्रुव शर्मा मुडभरी र उद्धव पौडेलाई अध्यक्षको पद दिएका थिए। तर, सञ्चालक समितिले कसैले पद नदिइकन उनलाई नै पदमा राख्यो। पदमा फेरि राखे पनि काम गर्ने वातावरण भने दिएन।

त्यसपछि अस्पतालमा केही सुधार त भए तर आधुनिक प्रविधी भित्रिएन। पूर्वाधारहरु थपिएन। अस्पतालको स्थिति खस्कदै गयो। रिजाल पदमा भए पनि काम गर्न असफल रहे।

अस्पतालका शेयरधनीबाट अस्पतालको स्तरोन्नती गर्न १० प्रतिशत रकम उठाइयो। तर पनि काम बनेन्। रकम उठाएको १० महिनासम्म एउटै काम नभएपछि उनी आजित भए।

उनी बिहान ६ बजेदेखि राती अबेरसम्म खटिन्थे। अन्य सदस्य त्यसरी खटेनन्। उनको कामको मूल्यांकन पनि गरेनन्। अस्पतालको अपरेशन थियटरको पुनर्निमार्ण भएन। अपरेशन थियटरको पोष्ट अपरेटिभ वार्डमा माथिको वार्डबाट फोहोर पानी चुहियो। तर पनि पुनर्निर्माणमा ध्यान दिइएन। नयाँ उपकरणहरु थपिएनन्।

अस्पतालको स्तरोन्नती गर्न बैकबाट ऋण लिने सञ्चालक समितिको सल्लाह भयो। अस्पताल र बैंक अफ काठमाडौंका केही पधाधिकारी बसेर छलफल चलिसकेको थियो। बैंक अफ काठमाडौंले अस्पताललाई ऋण दिन राजी भयो। तर, अस्पतालका एमडी र अन्य पधाधिकारीहरु पछि हटे। त्यसपछी रिजाललाई लाग्यो, अस्पतालले प्रगति चाहेको छैन।

यिनै कारणले एक पछि अर्को गरेर विशेषज्ञ डाक्टरहरु बाहिरिँदै गए। डाक्टर रिजालबाहेक अन्य पदाधिकारीले न  विशेषज्ञ डाक्टर रोक्न कोसिस गरे न त अस्पतालको स्तोरन्नोति गर्न अघि सरे। अस्पताल जुन अवस्थामा चलिरहेको थियो, उनीहरु त्यसमै रमाइरहे।

अस्पतालमा बिरामीको सङ्ख्या घट्दै गएको थियो। ओ टी र वार्डहरु खाली हुँदै गयो। सञ्चालक समितिमा टकराव बढ्दै गयो। एउटै संस्थाका सदस्यहरुबीच ग्रुपिज्म उत्कर्षमा पुग्यो।

बिना टेण्डर औषधि पसलहरु भाडामा लगाउने काम भयो। विभिन्न हिसाव किताव पारदर्शी भएन। यो काम रोक्न उनको कोसिस सफल भएन। उनले गर्ने प्रश्नको जवाफ नै आएन। उनी एक्लिँदै गए। उनको अस्पतालको कर्मचारीहरुसँग दोहोरो कुरा गर्ने वातावरण बनेन्। शेयरधनीसदस्यहरु समेत उनीबाट टाढिँदै गए।

२ करोड लगानी गर्ने भनिएको भवनमा १६ करोड लगानी पुग्यो। ६ महिनामा सक्ने भनेको काम समयमै सकिएन। लाभांश र बोनश वितरण गर्न ऋण लिनुपर्यो। अस्पतालका कर्मचारीहरुको उपचारमा दिइने भनेको १५ प्रतिशत छुट समेत बन्द गरियो। विभिन्न महत्वपूर्ण निर्णय रिजाललाई थाहा दिइएन।
अस्पतालको कष्टप्रद वातावरणमा टिक्न नसक्ने भएर रिजालले अन्तत: राजिनामा दिए।

स्थापनाकालदेखि कार्यरत अस्पतालबाट रिजाल एनएमसीमा पुगेका छन्। उनी भन्छन्, ‘म कसैलाई जित्न चाहन्न। आफूले चाहेको धेरै काम गर्न सकिन। अरुलाई दोष दिनुभन्दा ती अपूरा कामहरु अब पूरा गर्ने कोसिस गर्ने छु।’

शनि, भदौ २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गुणस्तरीय स्वास्थ्य प्रणालीसम्बन्धी ल्यानसेटको विश्वव्यापी प्रतिवेदन सार्वजनिक

काठमाडौं-  उच्च गुणस्तरीय स्वास्थ्य प्रणालीसम्बन्धी ल्यानसेट कमिसनको विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरिएको छ। बिहिबार काठमाडौंमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपन्द्र यादवले र द ल्यान्सेट ग्लोबल हेल्थ कमिसनकी अध्यक्ष डा मार्गरेट क्रुकले संयुक्त रुपमा सो प्रतिवेदन सार्वजनिक गरेका हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र पब्लिक पोलिसी पाठशालाले राजधानीमा...

लागु पदार्थ सेवन (लापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिए

जनकपुरधाम । मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई कारबाही गर्न थालिएको अभियान ‘हिट’ भयो । प्रहरीले पनि सयौंलाई कारबाही गर्‍यो, मापसे गरेर सवारी चलाउने पनि सचेत भए । अब प्रहरीले मापसे जस्तै अर्को अभियान सुरु गरेको छ, लापसे । अर्थात् लागुपदार्थ सेवन जाँच । प्रदेश २...

प्रा.डा. उत्तम कृष्ण श्रेष्ठ पुनः ४ वर्षका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यकारी निर्देशकमा

नाम अनुसारको सफलता प्राप्त गरेका प्रा.डा. उत्तम कृष्ण श्रेष्ठ पुनः ४ वर्षका लागि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको छ । सेन्टरमा ४ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरिसक्नुभएका उहाँको कार्यकुशलताका आधारमा पुनः कार्यकारी निर्देशक नियुक्त गरिएको हो । सबैभन्दा धेरै समय कार्यकारीको...

“युवा नेत्र सेवा” काे “नवाैं एक कप चिया दान” अभियान कार्यक्रम सम्पन्न

भनिन्छ पुण्य कमाउन टाढा जानु पर्दैन ,समाजसेवा गर्न धेरै पैसा खर्च गर्नु पर्दैन यसै भनाइलाई आत्म साथ गर्दै खोलेको संस्ठा हो युवा नेत्र सेवा /एक कप चिया बराबरकाे रकम दैनिक जम्मा गरेर दृष्टिविहीनलाई दृष्टि प्रदान गर्दै आएकाे “युवा नेत्र सेवा” काे “नवाैं एक कप चिया...

डा. प्रेम ज्ञावलीको मार्मिक पत्र डा गोविन्द केसीलाई

डा. गोबिन्द के. सी. दाई अभिवादन। अब त अति नै भयो दाई कुनै बिरामीलाई बोलायर जुस पिलाई दिन भन्नुस र यो अनावस्यक तिगड्म छोड्नुस। तपाईलाई त गाह्रो भयो भयो तर त्यस भन्दा धेरै सास्ती त बिरामीहरुलाई भईराखेको छ। त्रि. बि. शिक्षण अस्पताल त दिनहुं-दिन धरासायी नै...

चिनी रोगसँग नडराऔं, क्यालोरी नापेर खाऊँ

 २८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको तीन दिन पहिले आइतबार डा. अंशुमाली जोशी आफ्नो क्लिनिकमा आएका मधुमेहपीडित भोजपुरका दुर्गाबहादुर राई (७५) लाई सम्झाउँदै थिए, ‘ ‘सुगर भयो भन्दैमा आत्तिइहाल्नुपर्दैन, चार कुरामा ध्यान दिए यो नियन्त्रणमा आउँछ ।’ डा. जोशीले भनेका चार कुरा यी हुन्:...