प्रमुख समाचार

पशुपति र स्वयम्भूका बाँदरमा भएको क्यान्सरले मानिसलाइ सर्ने खतरा


भदौ, काठमाडौं । स्वयम्भू र पशुपतिका बाँदरहरुमा झाडापखाला फैलाउने जीवाणु देखिएको छ । बाँदरको दिसामा पाइएको क्याम्पिलो ब्याक्टेरिया मानिसमा सर्ने जोखिम रहेको र त्यो सरे आन्द्राको क्यान्सरसम्म हुने जानकारहरु बताउँछन् ।

स्ययम्भू र पशुपति क्षेत्रका धेरै बाँदरहरु बिरामी भएको जानकारी पाएपछि सेन्टर फर मनिक्युल डाइनामिक नेपाल (सीएमडीएन) नामक संस्थाले बाँदरको दिसाको नमूना संकलन गरी परीक्षण गरेको थियो । परीक्षणको क्रममा अनुसन्धानका क्रममा क्याम्पिलो ब्याक्टेरीया फेला परेको हो ।

‘तीन महिना लगाएर गरेको अनुसन्धानमा पाइएको क्याम्पिलो व्याक्टेरिया अर्थात् झाडापखाला गराउने जीवाणु मानिसहरुमा पनि सजिलै सर्न सक्ने भएकाले सो क्षेत्र वरपरका मासिनहरु बढी जोखिममा छन्,’ अनुसन्धानमा संलग्न सीएमडीएनकी मनिषा विष्टले भनिन् ।

बाँदरमा क्याम्पिलो ब्याक्टेरिया देखिनु जनस्वास्थ्यको हिसावले मानिसहरुलाई सचेत बन्ने अवसर हो

विष्टका अनुसार सीएमडीएनले १ सय ११ नमूना परीक्षण गरेकोमा ६३ वटामा क्याम्पिलो ब्याक्टेरिया पोजेटिभ देखिएको थियो ।

मानिसमा क्यान्सरको खतरा

मानिसमा यो ब्याक्टेरियाले सामान्य झाडापखाला गराउनेदेखि अल्सर, ग्याष्ट्रिक र आन्द्राको क्यान्सरसम्म गराउने विष्ट बताउँछिन् ।

तर मानिसमा झाडापखाला लागिहालेमा क्याम्पिलाको संक्रमण छ कि छैन भनेर परीक्षण गरिँदैन । त्यसैले विष्ट भन्छिन्, ‘बाँदरसँग सम्पर्कमा आएका वा बाँदर पाइने क्षेत्र वरपर रहेका कुनै व्यक्तिमा झाडापखाला, अल्सर जस्ता समस्या भए क्याम्पिलो ब्याक्टेरियाको संक्रमण छ कि छैन भनेर जाँच गराउँदा राम्रो हुन्छ ।’

पशुपति र स्वयम्भुमा पाइने बाँदरका प्रजाती र मानिसमा लाग्ने कतिपय रोगको प्रकृति मिल्दाजुल्दा हुन्छन् । त्यसैले सो क्षेत्रका बाँदरमा क्याम्पिलो ब्याक्टेरिया देखिनु जनस्वास्थ्यको हिसावले मानिसहरुलाई सचेत बन्ने अवसर हो ।

अनुसन्धानकर्ताले बाँदरमा कहाँबाट क्याम्पिलो ब्याक्टेरिया सर्‍याे भन्ने खोजीको बिषय भएको बताए । विशेषत बालबालिका र रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरुलाई क्याम्पिलो व्याक्टेरिया नामक जीवाणुले आक्रमण गर्दछ ।

के हो क्याम्पिलो, कसरी सर्छ मानिसमा ?

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार विश्वमा झाडापखाला गराउने गम्भीर प्रकारका चार ब्याक्टेरियामध्ये क्याम्पिलो पनि एक हो । यो जनावरबाट मान्छेमा सर्ने जीवाणुहरुमध्येमा पर्छ । विशेष गरी कुखुरा, गाई, भैंसी, सुँगुरहरुमा पाइने यो जीवाणु कुकुर र बिरालोमा पनि व्यापक मात्रामा देखिन्छ । क्याम्पिलो ब्याक्टेरिया वातावरण, पानी र खानेकुराका माध्यमबाट सहजै मानिसमा सर्न सक्छ ।

पशुपति र स्वयम्भूका बाँदरहरु मानिसको नजिक आउने, खानेकुरा खोसेर खाने, मानिसहरु पनि बाँदर नजिकै गएर जिस्किने गर्दछन् । त्यतिमात्रै होइन, बाँदरले दिसा गरेको स्थानमा कुकुर, बिरालो, कुखुरा लगायतले छुन सक्छन् । जसले गर्दा यी जनावरहरु पनि संक्रमित हुन्छन् र यी जनावरहरुको सम्पर्कमा आउने मानिस पनि जोखिममा पर्छन् ।

क्याम्पिलोको परीक्षण नहुनु दुर्भाग्यः डा. पुन

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेरबहादुर पुनका अनुसार क्याम्पिलो ब्याक्टेरियाको परीक्षण नेपालमा गरिँदैन । झाडापखालाको कुनै बिरामी उपचारका लागि आएमा नेपालमा कलेरा, साल्मोनेला र सिकेला मात्रै परीक्षण गरिन्छ ।

डा. पुनले भने, ‘हामीकहाँ झाडापखाला लागेर आएका बिरामीलाई अनिवार्य क्याम्पिलो ब्याक्टेरीयाको परीक्षण गर्नुपर्ने हो तर, नेपालमा त्यस्तो परीक्षण हुँदैन, यो दुर्भाग्य हो ।’

यसबाट जोगिन आफू वरपरको सरसफाइमा ध्यान दिने, राम्रोसँग पाकेको मासुमात्रै खाने, शुद्ध पानी पिउने र आफू वरपर भएका जनावरहरुको स्वास्थ्य स्थितिबारे सचेत हुनुपर्ने चिकित्सक बताउँछन् ।

आइत, भदौ २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना

असोज, काठमाडौं । आज नवरात्रको आठौं दिन हो । आजको दिनलाई महाअष्टमी भन्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिन्छ । महागौरीको पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । माहागौरी माता दूर्गाको आठौं शक्तिको नाम हो...

आज फूलपाती अर्थात् कालरात्री

असोज, काठमाडौं । आजदेखि हिन्दुहरुको दशैंको खास दिन शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउाघरमा पुगिसक्ने प्रचलन छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ ।...

टोखा नगरपालिकाका कार्यकारी प्रमुख पक्राउ र नगरमा घुसखोरीको बिगबिगी

सेवाग्राहीसँग बार्गेनिङ गरेर एक लाख रुपैयाँ असुलेको अख्तियारको दाबी भुक्तानी रोकेर घुसको बार्गेनिङ गर्ने टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद सुवेदी पक्राउ परेका छन् । एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार कार्यकक्षबाटै पक्राउ गरेको हो । टोखा–७ मा उपभोक्ता समितिमार्फत निर्माण गरिएको कामको...

आज नवरात्रको पाँचौं दिन नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना

२८ असोज, काठमाडौं । आज नवरात्रको पाँचौं दिन हो । आज नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् । उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् । यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ । नवरात्रको...

नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना

 असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् । ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ...

आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन

दशैं आयो खाउँला पिउँला कहाँबाट ल्याउँला, चोरी ल्याउँला धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ । आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन्को हार्दिक मङ्गलमय शुभकामना । चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या...