प्रमुख समाचार

बिम्स्टेक सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु नेपाल अन्तिम समयमा ब्याक


काठमाडौं:  भारतको पुणेमा सोमवारदेखि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रहरुका सेनाहरुको संयुक्त सैन्य अभ्यास शुरु भयो। सो सैन्य अभ्यासमा नेपाल अन्तिम समयमा ब्याक भयो। नेपालको यो निर्णयसँगै भारतले असन्तुष्टि व्यक्त गरेको छ।

प्रतिवद्धताका बाबजुद पनि अन्तिम समयमा नेपाल सैन्य अभ्यासबाट ब्याक हुँदा भारत असन्तुष्ट भएको हिन्दुस्तान टाइम्सले जनाएको छ। पत्रकार प्रशान्त झाले पछिल्लो विकास क्रमसँग नजिक रहेका जानकार रहेका व्यक्तिलाई उद्धृत गर्दै नेपालको निर्णय असान्दर्भिक तथा नेपालले दिएको ‘आन्तरिक राजनीतिक दबाब’को कारणसमेत विश्वासयोग्य नभएको भन्दै दिल्लीले काठमाडौंसँग असन्तुष्टि व्यक्त गरेको लेखेका छन्।

नेपालको शुक्रवारको निर्णयले भारत र क्षेत्रीय समूहबीच विस्वासको संकट उत्पन्न गराएको टिप्पणी समाचारमा गरिएको छ। आधिकारिक रुपमा भारतको विदेश मन्त्रालय र रक्षा मन्त्रालयले यस विषयमा प्रतिक्रिया दिएका छैनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार मात्र रक्षा सचिवमार्फत नेपाली सेनालाई सैन्य अभ्यासमा सहभागी नहुन निर्देशन पठाएका थिए। त्यस्तै सोही दिन उनले भारतीय राजदूत मञ्जिभसिंह पुरीलाई सैन्य अभ्यासमा नेपाल सहभागी हुन असमर्थ भएको जानकारी गराएका थिए।

दिल्लीस्थित अधिकारीले प्रधानमन्त्रीले असमर्थताको कारण आन्तरिक राजनीतिक दबाब भनेका थिए। जुन कारणले दिल्ली विश्वस्त नभएको बताइएको छ।

सैन्य अभ्यासको विषयमा राजनीतिकस्तरमा विरोध भएको थियो।

नेपालको यो कदमले कुटनीतिक रुपमा नकरात्मक सन्देश जाने नेपालका लागि एक पूर्व भारतीय राजदूतले बताएको समाचारमा उल्लेख छ। ‘नेपालले एकतिर चीनसँग चिनियाँ बन्दरगाह प्रयोगका लागि प्रोटोकलमा हस्ताक्षर गरेको छ। अर्कोतिर भारतमा आयोजना भएको सैन्य अभ्यासमा सहभागी हुनबाट पछि हटेको छ। यो सन्देश ठिक होइन्, ‘ती राजदूतले भनेका छन्।

टाइम्स अफ इन्डियाले नेपालको निर्णयलाई आघातपूर्ण तिरस्कारको संज्ञा दिँदै नेपालले चीनसँग संयुक्त सैन्य अभ्यास गर्ने भन्दै समाचार लेखेको छ। नेपालको यो निर्णय नेपालले चीनसँग संयुक्त सैन्य अभ्यासमा सहभागी हुँदै गर्दा भारतका लागि खराब समयमा आएको समाचारमा टिप्पणी गरेको छ।

नेपालले यही सेप्टेम्बरदेखि चीनको छेङ्दुमा आयोजना हुने संयुक्त सैन्य अभ्यास सगरमाथा फ्रेण्डसिप-२ मा सहभागी हुँदै छ।

नेपालले चीनसँग गत वर्ष अप्रिलमा संयुक्त सैन्य अभ्यास गरेको थियो।

भारतको सैन्य अभ्यासको कार्यक्रमप्रति नेपाल सरकार सकरात्मक नभएकोसमेत समाचारमा उल्लेख छ।

भारतका पूर्व विदेशसचिव कुनवाल सिवालले बिम्स्टेक सैन्य अभ्यासमा सहभागी भएको भए चीनसँगको अभ्यासलाई सन्तुलन गराउने बताए। उनले नेपालको यो कदमले नेपाल भारतलाई असान्दर्भिक रुपमा चिड्याएर सन्तुष्ट हुन खोज्नु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

‘यस किसमको अविवेकी कदमको मूल्य नेपालले भविष्यमा आइपर्ने संकटमा देखापर्ने छ। उनीहरुले (नेपालले) भारतसँगको सम्बन्धलाई मजबुद बनाउनुपर्छ नकी अविश्वास पैदा गर्नुहुन्छ,’ उनले भनेका छन्।

चीनसँगको सैन्य अभ्यासमा २० नेपाली सैनिकको टोली सहभागी हुँदै छ। नेपालले भारतसँग सूर्यकिरण सैन्य अभ्यास गर्दै आएको छ। १३ औँ संस्करणसम्म पुगेको यो सैन्य अभ्यासमा ३०० नेपाली सैनिक सहभागी हुन्छन्।

समाचारमा नेपालले सैन्य अभ्यासबाट पछि हटेर भारतमाथि नेपालले सार्कको गतिरोध अन्त्यका लागि दबाबसमेत दिएको उल्लेख छ। भारतकै कारण पाकिस्तानमा सन् २०१६ मा हुनुपर्ने सार्क शिखर सम्मेलन अझै हुन सकेको छैन।

पुणेमा आयोजना भएको सैन्य अभ्यासमा नेपालसँगै थाइल्याण्डको असहभागिताले पाकिस्तानलाई किनारा लगाउँदै सार्कको विकल्पको रुपमा बिम्स्टेकलाई अगाडि सार्ने भारत सरकारको कुटनीतिक दुस्साहसमा प्रश्न उठेको स्पुतनिक न्युजले उल्लेख गरेको छ।

‘बिम्स्टेक सैन्य अभ्यासबाट पछि हट्ने नेपालको यो निर्णय पछाडि धेरै कारणहरु छन्। अधिकांशहरु आवश्कयता बिनाका छन्। तर, यसले भारतका लागि एउटा पाठको रुपमा काम गरेको छ,’ नयाँ दिल्लीस्थित फरेन पोलिसी स्टडिजका फेलो कन्स्टान्टिनो जेभियरले भनेका छन्।

त्यस्तै इन्डिया टुडेले नेपालले भारतको अपमान गरेको लेखेको छ।

इन्डिया टुडेको समाचारमा चीनसँगको नयाँ व्यापार नाका प्रप्तिसँगै भारतीय एकाधिकारको अन्त्य भएकोले नेपालले भारतमा आयोजना भएको सैन्य अभ्यासमा सहभागी नभएको उल्लेख छ।

चीनले अगाडि सारेको वेल्ट एण्ड रोड इनिसियटिभको काउन्टरको रुपमा बिम्स्टेक कनेक्टिभिटि अगाडि आउँदा नेपालको सहभागिता नहुनु राजनीतिक अर्थ राख्ने समाचारमा उल्लेख छ।

मङ्ल, भदौ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मकवानपुरको मनहरी क्षेत्रमा गोली चले

५ साउन, काठमाडौं । मकवानपुरको मनहरी क्षेत्रमा गोली चलेको छ । गाँजा तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने क्रममा गएराति गोली चलेको हो । मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले अनलाइनखबरलाई बताएअनुसार घटनामा संलग्नलाई सार्वजनिक गर्न अहिले पत्रकार सम्मेलन आयोजना गरिएको छ । उनले पक्राउ पर्नेको नाम भने...

अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगे

२९ असार, काठमाडौं । बिहीबार रातिदेखि परेको अविरल वर्षाका कारण ज्यान गुमाउनेको संख्या ५० पुगेको छ । वर्षाका कारण आएको बाढी र पहिरोका कारण आइतबार विहानसम्म ज्यान गुमाउनेको संख्या ५० पुगेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार २५ जना घाइते छन् । घाइतेको सम्बन्धित जिल्लाका अस्पतालहरुमा...

भारतले खोल्न नमानेको बाँध बाढीले भत्कायो,गरिबको कोही नभए पनि भगवान त रहेछ नि

रौतहट । भारतले खोल्न नमानेको बाँध बाढीले भत्काउँदा रौतहटमा पानीको सतह घट्न थालेको छ । भारतको बैरगनिया र रौतहटको गौरकोबीचमा पर्ने भारतीय बाँधका कारण सदरमुकाम गौरसहित रौतहटका अधिकांश बस्ती डुबानमा परेर खोल्न आग्रह गर्दा पनि भारतीय पक्षले खोल्न अटेरी गरेको बाँध अन्ततः बाढीले भत्काएको हो...

पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु

काभ्रे — पहिरोले घर पुरिँदा बनेपा-३, चुनातालमा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ । रामप्रसाद दंगालको घर पुरिँदा उनकी श्रीमती अन्दाजी ५५ वर्षीय गोमा र उनकी ७ वर्षीय नातिनी सुहावीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । घटनामा परी उनकी बुहारी ३० वर्षीय...

दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा देखिन थाले

असार, कैलाली । दुर्लभ गङ्गेटिक प्रजातिको डल्फिन कैलालीको नदीमा देखिन थालेको छ । नदीमा जलस्तर बढेपछि मोहना, पथरैया, कांडलगायतका नदीमा डल्फिन देखिन थालेका हुन् । यहाँको नदीमा हरेक मनसुनमा चेतनशील जलप्राणी डल्फिन देखिने गर्दछ । यो वर्ष अहिले कम्तीमा चार वटा डल्फिन देखिएको स्थानीय संरक्षणकर्मी भोजराज...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको ट्वीटले आइतबार सामाजिक सञ्जाल गर्मायो

२२ असार,काठमाडौं । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बिष्णु रिमालको ट्वीटले आइतबार सामाजिक सञ्जाल गर्मायो । यो बहसमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता कार्यकर्ता छन् । केहीले रिमालको ट्वीटको समर्थन गरेका छन् भने केहीले विरोध । के लेखेका छन् रिमालले ? रिमालले ‘छौंडाहरुलाई कसैले छाडेको हो कि आफैं...