संस्कृति/धर्म

चोथा (चथाः) गणेश चतुर्थी र नाला तुपिचा टोलको पाषणकालको गणेश

-रत्न प्रसाद अनामानी श्रेष्ठ ,नाला ,काभ्रे


नेवार समुदाय   कुनै पनि शुभ कार्य गर्नको लागि अथवा प्रत्येक दिन सवैभन्दा पहिले टोल गणेशको पूजा गर्दछन् । तर चथाः अर्थात् गणेश चतुर्थीका दिन नेवार समुदायले विशेषरुपमा गणेश भगवानलाई पूजा गर्दछन् । गणेशपुराणको उपासनाखण्डमा भगवान् गणेशको जन्मवृत्तान्त छ। यस वृत्तान्तमा बताइएबमोजिम गणेशको जन्म भाद्र महिनाको शुक्ल पक्षको चतुर्थी तिथिका दिन भएको हो। प्रत्येक वर्ष यस दिनलाई ‘गणेश चौथी’ भनेर मान्ने गरेको पाइन्छ। सामन्यतया नेपाली परम्परामा यो पर्व तीजको भोलिपल्ट र ऋषिपञ्चमीको अघिल्लो दिन पर्ने गर्दछ। भगवान् गणेशको जन्म भएको उक्त दिन मङ्गलबार नै थियो भन्ने विश्वास गरिन्छ, त्यसैले चतुर्थी र मङ्गलबारको संयोग भएको दिनको महत्ता बढेको हो भन्ने विश्वास छ। हरेक वर्षको भाद्र शुक्ल चतुर्थीका दिन नेवार समुदायका हिन्दू र बौद्ध धर्मावलम्बीहरुले श्री गणेशको विशेष पूजा गर्दछन् ।यस दिनको पूजा सदाझैँ प्रातःकालमा नभई सायंकालमा पूजा गरिन्छ ।
ज्योतिषशास्त्रमा मङ्गलबारको प्रतीकात्मक सम्बन्ध मङ्गल ग्रहसँग रहेको मान्यता छ। त्यसैले मङ्गलबारलाई भगवान् गणेशको प्रियतम दिवस मानेर हप्तैपिच्छे श्रीगणेशको उपासना गर्ने परम्परा पनि विद्यमान छ। मङ्गल ग्रहको उत्पत्ति पृथ्वीबाट भएको हो। पृथ्वीको सन्तान भएकाले मङ्गल ग्रहलाई भौम पनि भनिन्छ। मङ्गलबार र मङ्गलग्रहका अधिदेवता भगवान् गणेश नै हुन्। त्यसैले भगवान् गणेशको जन्मतिथि चतुर्थी मङ्गलबार पर्दा यो दिन अझ महत्त्वको हुन गएको हो। भगवान् गणेशको उत्पत्ति र मङ्गल ग्रहको उत्पत्तिसैत जोडिएको चतुर्थी तिथिका बारेमा भिन्नभिन्न पुराण र ग्रन्थहरूमा बेग्लाबेग्लै कथाप्रसङ्ग र क्षेपकहरू भेटिन्छन्। कतिले मङ्गल चौथीलाई भगवान् गणेशकै जन्मदिन र कतिपयले मङ्गल ग्रहको उत्पत्ति भएको प्रसङ्गसित जोडेको पाइन्छ।
  नेवार समुदायले जमिनबाट उब्जिएको जस्तै केराउ, चना, भटमास, मकै, आरुको बियाँ भित्रको पनि बियाँ समेतलाई भुटेर श्रीगणेशलाई चढाईन्छन् । श्रीगणेशलाई मन पर्ने दुबो एक वा एक्काईस वटा गनेर चढाइन्छन् । दुवो चढाइँदा श्री गणेश अति नै खुशी हुनुहुन्छ भने गणेश पुराण उपासना खण्ड अध्याय६४ श्लोक ।।२१।। मा उल्लेखित छ ।
विना दुवाङकुरै पूजा फलं के नापि नाप्यते ।।
तस्मा दुयसि मद्भक्तै रेका वाऽप्येक विंसति ।।२१।।
अर्थ ः– मलाई जसले एक अथवा एक्काईस वटा दुवो मेरो प्रतिमामा अर्पण गर्दछ उसले ठूलो फल प्राप्त गर्दछ । सयौँ यज्ञ, दान, व्रत, तपस्या कोटी जन्ममा पालन गरेका नियमबाट प्राप्त गर्न सक्दैन, त्यो फल दुवो चढाएपछि प्राप्त गर्न सकिन्छ । श्री गणेश पूजा गर्दा मन्त्र यस प्रकार छन् ।
ॐ महोल्काय विद्यहे वक्रतुण्डाय धिमहि तन्नो दन्ति प्रचोदयात् ।।
यो मन्त्र ३, ७, १० वा २१ पटक जप्दा मनोवाञ्चित फल प्राप्त हुन्छ भनि उल्लेखछ ।
साभार ः अग्नि पुराण अध्याय १७९
पूजाको अन्तिममा भगवान गणेश हामीले हजूरलाई यथाशक्य पूजा सामानहरु जोडी पूजा गरेको छु हजूर प्रसन्न होईबक्सियोस् भनि प्रार्थना गरि सबै परिवार मिली श्री गणेशर्ला ढोगी घरको मूली (थकाली)को हातबाट टिका फूलप्रसाद लिने चलन छ । कसै कसैको पूजा कोठामा १, २ घण्टा लुक्ने चलन पनि छन् । यो दिन चन्द्रमा देख्दा मिथ्या आरोप लाग्दछ भनि लुक्ने गर्दछन् । चन्द्रमालाई श्री गणेशले दिएको श्राप यस प्रकार छ ।
 तत परम क्रुध्दोऽसावशपत् तं विभु तदा ।
अदर्शनिय त्रैलोक्ये मद्वाक्यात् त्वं भविस्यसि ।।
अर्थ :  हे चन्द्रमा तिमी मेरो वचन अनुसार देख्नै नहुने पतित हुने छौ, कुनै खास समयमा तिमीलाई कसैले देख्यो भने त्यो दर्शक महापातक हुनेछ ।।
यसकारण तयो दिन चन्द्र दर्शन गर्दैन र देख्ला भनि कुनै कुनै लुक्ने गर्दछन् ।
कल्प वेदन अनुसार कुनै कल्पमा श्री गणेशको जन्म (उत्पत्ति) भाद्र शुक्ल चतुर्थीका दिन भएको भनि गणेश पुराण भूमिका खण्ड पेज ११३ मा उल्लेख गरिएको पाईन्छ ।
यस सम्बन्धी छोटो कथा यहाँ प्रस्तुत गरिएको छ ।
पहिले ब्रम्हाजीले श्री गणेशको तपस्या पछि श्री गणेश प्रकट भई ब्रम्हाजीलाई सोध्नुभो किन मलाई हजूरले आराधना गर्नुभएको भनि सोध्दा ब्रम्हाजीले भन्नुभयो– मलाई हजूरको आशिर्वाद चाहियो । श्री गणेश ः कस्तो आशिर्वाद ? ब्रम्हाजीले माग्नुभयो म जुन स्वर्ग, मत्र्य, पातालमा सृष्टि गर्छु त्यो सबै सफल एवं सिद्धि समेत प्राप्त होस् भनि माग्दा श्री गणेशले तथास्तु भनेर वरदान दिई सत्य लोकबाट आकाश मार्ग हुँदै आईरहेको बेला चन्द्रमाले श्री गणेशलाई देखेछ । श्री गणेशको भूँडी ठूलो छ सूँढ भएको देखि हेला गरि चन्द्रमा बेस्सरी हाँस्न थालेछ । त्यो हाँसेको कारण थाहा पाई भगवान श्री गणेश रिसले चूर भई आजको दिनमा तिमीलाई ज–जस्ले हेर्दछ त्यसलाई झुठ्ठा आरोपहरु लागोस् भनि श्राप दिएछ । चन्द्रमा लाजले भुतुक्क भई अँध्यारो अनुहार गरिरहनुभयो । उता देवताहरुलाई बर्वाद भएछ अब के गर्ने भनि देवताहरुले इन्द्रलाई अघिसारेर सबै ब्रम्हलोकमा पुगी ब्रम्हासँग स्तुति गर्न लागे । प्रभू श्री गणेशले चन्द्रमालाई यस्तो श्राप दिएछ भनि सम्पूर्ण कुराहरु ब्रम्हाजीलाई बताएछ । ब्रम्हाजीले भन्नुभयो– हे देवगण, हे देवेन्द्र ! श्री गणेशको श्राप म टाल्न सक्दिनँ र विष्णु स्वयं र महादेवले पनि सक्दैन, त्यसकारण उक्त श्राप निवारणको लागिश्री गणेशसँगै क्षमा माग्नुस् भनि पठाए । इन्द्र, देवगणले गुरु वृहस्पतिलाई चन्द्रमा कहाँ पठाए । गुरु वृहस्पतिले चन्द्रमालाई भन्नुभयो– अब तपाइँ आफैले नै श्री गणेशलाई स–भक्तिपूर्वक पूजा गरि आराधना गर्नुस्, श्री गणेश करुणामयि पात्र हुनुहुन्छ, उहाँले नै तपाइँलाई क्षमा दिनुहुन्छ ।
त्यही बमोजिम नै चन्द्रमाले श्री गणेशको ध्यानगरि पूजा गर्नुभयो– हे मोदक (लड्डु) प्रिय, लम्बोदर, पार्वतीसुत, एक दन्त गणनायक, सिद्धि विनायक, करुणामय, हे ममतामयि मैले हजूरलाई पूजा गरेको छु भनि प्रार्थना गर्दा श्री गणेशले प्रत्यक्ष दर्शन दिनुभयो र भन्नुभयो— हे चन्द्रमा किन मलाई आराधनागरेको के वर माग्ने हो हे चन्द्रमा भन्दा चन्द्रमाले वर यसरी मागे –हजूर करुणामय हुनुहुन्छ, कृपा गरि हजूरले मलाई दिनुभएको श्राप फिर्ता लिई बक्सियोस् भनि प्रार्थना गर्दा श्री गणेशले भन्नुभयो– मैले जुन श्राप दिएको थिएँ फिर्ता लिन सक्दिनँ । अरु वर माग म तयार छु, जब गणेशले त्यसरी भने अन्य देवगणलाई समेत आपत प¥यो । सबै देवगण र वृहस्पति समेतले गणेशको पुनः प्रार्थना गर्नुभयो । त्यसरी प्रार्थना गर्दा श्री गणेशले भन्नुभयो– यदि भाद्र शुक्ल द्वित्तियाका दिन चन्द्र दर्शन गर्न सक्यो भने तिमीहरुलाई भाद्र शुक्ल चतुर्थीका दिन चन्द्र दर्शन गरेपनि दोष लाग्दैन।

गणेश चौथीका अवसरमा देशभरका गणेश मन्दिरमा घुईंचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायकसहित कमलादी गणेशको मन्दिरमा विशेष पूजासहित भक्तजनको भीड लागेको छ ।गणेशलाई लड्डु चढाएर आफ्नो मनोकामना पुरा हुने विश्वास अनुसार अधिकांश गणेश मन्दिरमा भक्तजनहरु लड्डु बोकेर पुगेका हुन्छन ।चन्द्रमालाई आज चोर देवताका रुपमा पूजा गरिन्छ । केटा केटीहरु गणेश चौथीराती काक्रो ,नासपाती ,तथा फलफुल चोर्ने गर्दछन /त्यस दिन चोरेको चोरको दोष लाग्दैन भन्ने जनबिस्वास रहेको छ /  कमलको फूल, चथा फूल, समयबजी, फलफूल, अदुवाको बोटलगायत राखेर चन्द्रमाको पूजा गर्ने चलन छ । आज पानी परेमा दसैंमा पनि पानी पर्ने जनविश्वास छ ।

त्यस दिन नाला तुपिचा टोलमा रहेको गणेश मन्दिरमा गणेशको मुर्ति ल्याई पुजा गरिन्छ /नेपालमा सबै भन्दा थोरै मानिसले दर्शन गर्ने मुर्ति भित्र पर्दछ / पुजा गरिंदा मात्र प्रदर्शन गरिन्छ अरु बेला यो मुर्ति दर्शन गर्न पाइन्दैन /उक्त मुर्ति नाला तुपिचा टोल निबासी राम काजी अनामणि श्रेष्ठको घरमा दैनिक पुजा गरि राखिन्छ /उक्त घरमा राख्दा बिहे गरेको छोरी बेटिहरुले पुजा गर्नु हुदैन भने मान्यता रहेको छ /सो मुर्ति कहिले र कसले बनायो भन्ने एकिन थाहा पाइन्दैन /हाल सम्म पनि उक्त मुर्तीको फोटो पनि खिचेको छैन /मुर्तिको बनावट हेर्दा निकै पुरानो र एतिहासिक देखिन्छ / नालाबासीहरुलाई नै यस बारे थोरैलाई जानकारी छ भने अरुलाई थाहा पाउने त कुरै भएन / यस मन्दिरमा सधै राख्ने देवता पनि पाषण कालको भन्ने उल्लेख ठाउँ गरिएको छ /विश्वमा दुर्लभ पाको इट्टाको अभिलेख पनि यसै मन्दिरमा पाइन्छ /

यस मन्दिरको भित्तामा नेपाल भाषामा प्रचलित लिपिमा दक्षिणा भिमुख अभिलेखमा यसरी लेखेको पाइन्छ

शुभ ।। सम्बत ( ६ )०५  फागुन सुदी २ रोज ५ ,श्री श्री गणपति प्रितिन भोत देसया कोथु त्वल या जजे नारायण कमेचा जि न  पाहासंरी ।।

नेम्हा त्रिपुरुष समुचयन थौ …….. र दायकाव दुंता जुरो शुभ ।।

यो अभिलेख अनुसार बनेपा कोथु टोल निवासी जजे नारायणका छोरा पाहासरी भन्ने दुइ स्त्री पुरुषले यो मन्दिर बनाएको कुरा उल्लेख गरेको छ / नालामा अनामणि परिवारहरु बनेपाबाट बसाइ सराइ गरेर आएको र तिनै व्यक्तिले यो मन्दिर बनाएको देखिन्छ /सयौ बर्ष आगाडी यो मन्दिरको रुप अर्कै थियो /पुन निर्वानमा हालको अवस्था आएको देखिन्छ /यहि मन्दिरको मुर्ति हाल सम्म पनि अनामणि खलक मा नै शुरक्षित रहेको छ / पहिले पहिले गणेश चौथीको दिन यसको भब्य जात्रा चलाएको हुनु पर्दछ /

 

 

 

मङ्ल, भदौ २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपाल संवत् ११३९ देशभर विविध कार्यक्रम

कात्तिक, काठमाडौं । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । नेपाल संवतले...

संस्कृत भाषा देवभाषा वा देववाणी

  संस्कृत भाषा नेपाली देवनागरिक लगायत समस्त भारतीय उपमहाद्वीपका भाषाहरूकाे जननी हाे / विश्वकाे सबभन्दा प्राचीन भाषा हाे। ‘संस्कृत’शब्दकाे शाब्दिक अर्थ परिपूर्ण भाषा हाे । संस्कृत भाषा  पूर्णतया वैज्ञानिक तथा सक्षम भाषा हाे। संस्कृत भाषाकाे व्याकरणले विश्वभरिका भाषा विशेषज्ञहरूकाे ध्यानाकर्षण गरेकाे छ। यसकाे व्याकरणलार्इ देखेर नै अन्य भाषाहरूका...

सिएनएनको संसारका ५० मीठो पेयपदार्थको सूची ‘नेवा: ऐला’

अमेरिकी सञ्चार संस्था ‘सिएनएन’ ले संसारका ५० मीठो पेयपदार्थको सूची निकालेको थियो। नेपालको एउटा पेय सूचीको ४१ औं स्थानमा थियो। त्यो हो, ‘नेवाः ऐला’। अर्थात्, रक्सी। उक्त रक्सी वर्णन गर्दै सिएनएनले भनेको छ, ‘कोदो वा चामलबाट बनाइने रक्सीको गन्ध नाकले थाहा पाइहाल्छ। यो पिउँदा घाँटीमा एकैछिन पोले...

सोह्र श्राद्ध

हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ/ सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ ।श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने...

“थारू समुदायको महान पर्व अटवारी”

थारू समुदायमा थारू पुरूषले निराधार वर्तबसि मनाईने पर्व अटवारी पश्चिम तराई दाङ, बाँके, बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर र अहिले काठमाडौंमा बस्ने थारू समुदायमा यति बेला उल्लासमय  छ । अाइतबार दाजुभाइ व्रत मात्रै बसेनन् दिदिबहिनिहरू लाई दिने अग्रासन (कोसेली) समेत छुट्याए । सोमबार दिदिबहिनिहरूले माईतबाट अाउने...

उग्रचण्डी नालामा पंचदान पर्व

हरेक वर्षको भाद्र कृष्ण त्रयोदशीका दिन नालाको करुणामय मन्दिरबाट दिपंकर बुद्ध निस्केर नाला नगरको परिक्रमा गरी पञ्चदान पर्व मनाउने परम्परा रहेको छ ।यो पर्ब सत्ययुगबाट सुरुवात भएको बिश्वास रहेको छ / यसको उत्पतिको बारेमा ” नेपाल बर्ष क्रिया” नामक पुस्तकमा लेखीए अनुसार यसै दिन यल (ललितपुर)...