इतिहास

तीज पर्व र नाला भगवतीमा घुइचो


हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज हो । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म पनि यो पर्व मनाउदै आएका छन् ।यो चाड भाद्र शुक्ल द्वीतिया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाचगान मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रूपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् ।

तिजको एक दिन अगाडी बाबु आमा,दाजुभाइले  छोरी/चेलीलाई घरमा गई लिएर आउने वा बोलाएर मीठा-मीठा परिकार खुवाउने तथा मनका भावना एवम् सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने-बस्ने चलन छ । यस दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । यहि दर खाने दिनबाट नै तिज पर्वको आरम्भ भएको मानिन्छ  तर  हिजो आज शहरिया महिला दिदी बहिनीहरु तथा नारीको समुहहरुले एक महिना अगाडी देखि दर खाने आयोजना गर्न थालेका छन्।  आधुनिकता सँगसँगै यसमा खाइने परिकारमा परिवर्तन आउँदै गएको छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट तिजको दिन दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढील्लासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो ।

धार्मिक ग्रन्थ अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान सँग गरिदिने वचन पार्वतीलाई मन नपरे पछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवको तपस्या गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइ सक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिव लिङ्गको स्थापना गरी पानी पनि नपिईकन निराहार व्रत बस्न बसिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भई ‘चिताएको कुरा पुगोस्’ भनी आशिर्वाद दिए पछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । पार्वती बरदान पाएको सोही तिथीदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले र यो तीजको रूपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ।महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको लागि यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्ना पतिको दीर्घायुको कामना गर्दै व्रत बसी नाचगान र मनोरञ्जन गर्छन् भने अविवाहिता सुयोग्य वरको आशा राखी व्रत बस्छन् । ब्रतको समयमा महिलाहरूले तीजको ब्रतकथा सुन्ने र समापनमा पूजा लगाई ब्राह्मणब्राह्मणीहरूलाई दान दक्षिणा गर्ने चलन रहेको छ। उग्रचण्डी नाला भगवतीमा साह्रे घुइचो लाग्दछ गित गाउने , नाच्ने र मादल ठोक्नेको गीतमा घम्सा घम्सी हुन्छन। पुराना पुराना लोक भाका देखि नयाँ नयाँ गीतहरु निकै चाख दिई स्वारमा स्वार मिलाएर गाउने र नाच्ने गरिन्छ।  हिजोआज नाला भगवती लगाएत शुभ चामुण्डा , महेस्वारी स्थानमा समेत नाच गान गर्दछन।

पंचमीको दिनमा ३६५ वटा दतिवनका डाँठ टाेकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरू सुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहायर सप्तऋषीको पूजा पुजा गर्दछन।  पुजा गरेपछि महिलाहरू पूर्णरूपमा सुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ। ३६५ वटा दतिवन दिनकाे एउटा ३६५ दिनसम्म टाेकेर तीजमा पञ्चमीको दिन खाेलामा बगायाे भने पनि रजस्वला हुँदाकाे समयमा भएकाे पापबाट माेक्ष भइने पनि विश्वाश छ।  जे होस् यस पर्वले नारीहरुको पाप पनि नास हुने , स्वतन्त्र तथा हषिर्त भएर घर बाहिर नाच गान पनि गर्न पाइने र नारि भित्रको उकुस मुकुस सबै बेदना , थिचो मिचो ,अन्याय अत्याचार बिरुध्द गीतको माध्यम बात ब्यक्त गर्ने हुँदा यो पर्वको आफ्नै खाले छुट्टै महत्व बोकेको छ। यस पर्वलाई हामीले जोगाइ राख्नु पर्दछ। यस भित्र आएका विसंगति र समाजले पचाउन नसक्ने सबै तत्वहरुलाई हटाउदै जानु नै उचित हुनेछ।

 

बुध, भदौ २७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा...

अनलाइन साहित्यिक पत्रकारिता : चुनौती र समस्या

भूमिका मानवको सृष्टिसँगै सूचना आदान प्रदान हुने पुरानो कुरा हो । समाजलाई चलायमान बनाउन एक अर्कासँगको सम्पर्क कायम राख्न तथा एक अर्काको हाल खबर बुझ्न सञ्चार जरुरी पर्दछ । सञ्चारका विभिन्न माध्यामहरू हुन्छन् । पहिले पहिले सीमित रूपमा चिठ्ठीपत्रकोे माध्यमबाट सूचना आदान प्रदान हुने गथ्र्यो भने...

‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ

काठमाडौं । भक्तपुरको बोडेका ६७ वर्षीय प्रेमचन्द्र अदुवा श्रेष्ठको जीवनमा हरेक वर्ष गाईजात्रा सकिनेबित्तिकै नयाँ चटारो सुरु हुन्छ । गाईजात्रापछिका पाँच दिन उनी ‘प्रेमचन्द्र अदुवा श्रेष्ठ’ रहँदैनन् । उनको सिङ्गो समाजले उनलाई ‘देउता’ भनेर पुकार्नेछ । उनी ‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ ।...

सारंगी बाजा

नेपाली लोक बाजामा लोकप्रिय बाजा मध्य सारंगी पनि एक हो ।  सारौँ  चराको जस्तो सुमधुर आवाज दिने भएकाले पनि यसको नाम सारंगी रहन गएको जनविश्वास रहेको छ । सारंगीको पुरानो रुपलाई नै अरबाजो बाजा  हो । अरबाजो बाजालाई   भाले स्वर बाजा र सारंगीलाई पोथी स्वर बाजा मानिंदै...

काठमाडौँ नगर प्रमुखलाइ चिठ्ठी

श्रीमान नगर प्रमुख ज्यु  काठमाडौँ महानगर पालिका ,काठमाडौँ   बिषय :  दुई सय चवालिस बर्ष अगाडीदेखि रुख काट्दै आएको बारे सहयोगको लागि हार्दिक अपिल महोदय , उपरोक्त सम्बन्धमा प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोराले काठमाडौँमा इन्द्र जात्राको दिन लिङ्गो गाड्ने चलन चलाएका थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि...

नालाको पौराणिक गढ पर्खाल

काठमाडौँ उपत्यका प्रवेश गर्ने चार भज्याङ्ग मध्य साँगा भन्ज्यांगदेखि पूर्वका सात नगर क्षेत्र उत्तर प्राचिन कालदेखि नै ज्यादै प्रशिध्द र एतिहासिक थलोको रुपमा मानिदै आइरहेको छ । वशावाली अनुसार राजा आनन्द देवले सर्ब प्रथम ती सातै स्थानलाई ग्रामको रुपमा स्थापना गरेको देखिन्छ। राजा आनंद देवले ग्रामको रुपमा मान्नु भन्दा पनि...