इतिहास परको कुरा

ल्हासा पासा सरस्वती गुफामा ध्यान गर्ने लामा मिलारेपा र नालाको फिरफिरे

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


एघारौ शताब्दीमा तिब्बतमा एक बालकको जन्म भएको थियो। उक्त बालकको नाम मिलारेपा राखेको थियो ।  मिलारेपा ७ बर्षको हुदा उसको बुवाको देहावसान भयो।  काकाका परिवारले सबै सम्पति लिएको हुदा मिलारेपाको बहिनि र उ खुब दुखमा परे।  आफ्ना काकासंग खुब बिन्ति भाव गरे तर उस्को कुरा सुनीएन।  जब १५ बर्षको उमेर हुदा मेलारेपा गित गुनगुनाउदै आफ्नो आमाको छेउमा गएछन। आमाले नजिकै रहेको लौरो टिपेर हान्दै “कस्तो कुपुत्र मैले जन्माएछु धिक्कार छ तँलाई दुस्मनसंग बदला लिनुको सट्टा गित गाएर हिड छस ” भनेछन त्यसपछि आँखा खुलेछ्न।

आमाले बेहोस् हुने गरि पिटेकोले घर छोडेर तन्त्र बिध्या सिक्नको लागि गुरु कहा गएछन। एकदम लगनशील भएर तन्त्र बिध्या सिके जुन बिध्याले भनेको बेलामा असिना तथा हिउ पार्न सक्थ्यो। उक्त बिध्या सिकेपछि आफ्नो काकाको खेतबालीमा असिना र हिम बर्षात गरेर हैरान पारे। जब उसको मन केहि बर्ष पछि शान्त भयो त्यसपछि तिब्बती लामाको सरसल्लाह अनुसार योग सिक्न भारतका प्रशिध्द योग गुरु मरपा कहाँ गए।  थुप्रे स्थानहरुमा खोजे पछि मरपा गुरुलाई भेटे। गुरुले अनेकौ परिक्षा लिए।  कठोर भन्दा कठोर परिक्षा लिंदै गर्दा मरेपाको श्रीमतीलाई नै दया लागेर अर्को गुरु कहा आफ्नो श्रीमानले थाहा नपाउने गरि पठाए।  नया गुरुले पनि झन् गालि गर्दै गुरु भनेको एउतै हुन्छ बरु म पनि जान्छु भनेर संगै मरपा को मा नै फर्किए।  फर्किए पछि मरपा खुब रिसाए।  मेलारेपाले मन मनै सोचे म यो जुनीमा योग साधना गर्न नसकिए पनि अर्को जुनीलाई बाटो खल्छु बरु आजीवन यिनै गुरु कहा सेवा गरेर बस्छु। यो सोचेको गुरुले चाल पाएर अँगालो हाले तिमी  मेरो शिष्य बन्न लायक छौ आजबाट तिमीलाई म योग सिकाउछु भनेर सिकाउन थाले।  मेलारेपाको गुरु प्रति निष्ठा ,दृढता ,तत्परता र समर्पण भावानाले राम्रो सिक्दै गए। एक नामुद तान्त्रिकका अलावा एक बरिष्ट योग गुरु पनि बने।  पछि गुरुले पहाड तथा हिमालयमा गइ तपस्या गर्नु भनेर पठाए।

मिलारेपाले काभ्रे नाला माथि रहेको ल्हासा पाको सरस्वती स्थानमा पनि ध्यान गरेको इतिहास भेटिन्छ। उहाले नाला क्षेत्रका कृषकको बालीनाली शुरक्षाको लागि असिना र आँधीहुरीबाट जोगाउन आफ्ना शिष्यलाई आफुले सिकेको बिध्या असिना तथा हावा हुरी रोक्ने अथवा अन्यत्र पार्ने तन्त्र बिध्या सिकाएर गए।  ती तन्त्र बिध्या सिकेका लामाले आजको दिनसम्म पनि असिना तथा हावा हुरी रोकेको जनविश्वास रहेको छ।

यो कार्य गरे बापट नाला इलाकामा रहेका प्रत्यक घरले हरेक बालि भित्रयाउने समयमा पाथी धान र एक पाथी गहु दिनु पर्दथ्यो। यसलाई लामा पाथी भने गरिन्थ्यो। हिजो आज यो चलन बिस्तारै लोप हुँदै गएको छ।  मिलारेपाका शिष्यले नालाको अहिला गनेध्यो , काजि बहादुर बैद्यको घर अगाडीको शार्वाजनिक जग्गा जसलाई लामात्वपुचा भनिन्थ्यो त्यसमा बाँस गाडेर बाँस कै फिरफिरे राखिन्थ्यो।  फिर्फिरेले बालीनालीमा असिना पर्दैन भन्ने जनविश्वास थियो।  फिरफिरेमा  लामा अक्षरको मन्त्र लेखिएको हुन्थ्यो। फिरफिरे गाडिसके पछि मात्र नाला क्षेत्रमा चंगा उडाउन पाइन्थ्यो नत्र बुढा पाखाहरुले गालि गर्दथ्यो। बुढा पाखाहरुले गालि गर्नुको कारण चंगा उडाउनु भनेको देवराज इंद्रलाई पानी पार्न चिठ्ठी पठाउनु हो रे। फिर्फिरेले बालि शुरक्षा नगरिकन नै चंगा उदायो भने असिना पानीले पाकेको बालि शुरक्षा नहुने भएर चंगा उदायो भने गालि गरेको रहेछ।  जे होस् पहिले देखि नै नाला क्षेत्र तन्त्र विद्याको चल खेल रहेछ भन्ने थाहा हुन्छ। नेपाल ,भारत ,तिब्बतका साथै बिभिन्न स्थानका  शिध्द पुरुष हरुले तपस्या तथा ध्यान गर्ने स्थान नै उग्रचण्डी नाला क्षेत्र रहेछ भन्ने स्पष्ट थाहा हुन्छ।

 

 

 

 

शनि, भदौ ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

तीज पर्व र नाला भगवतीमा घुइचो

हिन्दु नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड तीज हो । भनिन्छ, आद्य शक्ति भगवानशिवकी अर्धाङ्गीनी हिमालय पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै वाधा उत्पन्न नहोस् भनेर पहिलो वत्र राखेकि थिईन् त्यो दिन यहि हरितालिका तिजको दिन थियो त्यसै दिन आजसम्म पनि यो पर्व मनाउदै आएका छन्...

अनलाइन साहित्यिक पत्रकारिता : चुनौती र समस्या

भूमिका मानवको सृष्टिसँगै सूचना आदान प्रदान हुने पुरानो कुरा हो । समाजलाई चलायमान बनाउन एक अर्कासँगको सम्पर्क कायम राख्न तथा एक अर्काको हाल खबर बुझ्न सञ्चार जरुरी पर्दछ । सञ्चारका विभिन्न माध्यामहरू हुन्छन् । पहिले पहिले सीमित रूपमा चिठ्ठीपत्रकोे माध्यमबाट सूचना आदान प्रदान हुने गथ्र्यो भने...

‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ

काठमाडौं । भक्तपुरको बोडेका ६७ वर्षीय प्रेमचन्द्र अदुवा श्रेष्ठको जीवनमा हरेक वर्ष गाईजात्रा सकिनेबित्तिकै नयाँ चटारो सुरु हुन्छ । गाईजात्रापछिका पाँच दिन उनी ‘प्रेमचन्द्र अदुवा श्रेष्ठ’ रहँदैनन् । उनको सिङ्गो समाजले उनलाई ‘देउता’ भनेर पुकार्नेछ । उनी ‘देउता’ बन्न थालेको पनि ६० वर्ष पुगिसकेको छ ।...

सारंगी बाजा

नेपाली लोक बाजामा लोकप्रिय बाजा मध्य सारंगी पनि एक हो ।  सारौँ  चराको जस्तो सुमधुर आवाज दिने भएकाले पनि यसको नाम सारंगी रहन गएको जनविश्वास रहेको छ । सारंगीको पुरानो रुपलाई नै अरबाजो बाजा  हो । अरबाजो बाजालाई   भाले स्वर बाजा र सारंगीलाई पोथी स्वर बाजा मानिंदै...

काठमाडौँ नगर प्रमुखलाइ चिठ्ठी

श्रीमान नगर प्रमुख ज्यु  काठमाडौँ महानगर पालिका ,काठमाडौँ   बिषय :  दुई सय चवालिस बर्ष अगाडीदेखि रुख काट्दै आएको बारे सहयोगको लागि हार्दिक अपिल महोदय , उपरोक्त सम्बन्धमा प्रताप सिंह शाह पृथ्वी नारायण शाहका जेठा छोराले काठमाडौँमा इन्द्र जात्राको दिन लिङ्गो गाड्ने चलन चलाएका थिए। २७ वर्षको उमेरमा राजा भएका यिनी पनि...

८० वर्षअघिसम्म उपत्यकामा घर भनेकै ढुङ्गा, ईंटा, माटो, काठ, बाँस, खर, पराल, झिंगटी, सिलेट, खपडाजस्ता वस्तुबाट बन्थ्यो। तर, अहिले गिट्टी, बालुवा, सिमेन्ट, रड, ईंटा, ब्लक, ढुङ्गा, टीन (जस्तापाता), स्टील, आल्मुनियम, सिसा, प्लाष्टिकजस्ता सामान विना घर निर्माण असम्भव जस्तै भएको छ। संस्कृतिविद् सत्यमोहन जोशी १९९० सालको भूकम्पपछि...