प्रविधि

नितम्बको आकार बढाउने यो फेसन


फेसनको दुनियाँमा कहिले कुन ट्रेण्डको हावा चल्छ भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो हुन्छ । अहिले ब्राजिलियन बट लिफ्ट अर्थात् बिबिएल फेसन यस्तो गरी बढिरहेको छ कि मानिसहरु आफ्नो ज्यानसम्म दाउमा लगाइरहेका छन् ।

एकजना महिला, जो ३ सन्तानकी आमा हुन् उनी यहीँ सर्जरीका लागि इंगल्याण्डबाट टर्की पुगिन् र उक्त ज्यानमारा सर्जरीका क्रममा उनको मृत्यु भयो ।

टर्कीको इजमिर सहरस्थित एक क्लिनिकमा नितम्ब बढाउने शल्यक्रियाका क्रममा उनलाई तीनपटक हृदयाघात भयो । अन्ततः उनको मृत्यु भयो ।

नितम्बको आकार बढाउने यो फेसनमा गरिने शल्यक्रियाका क्रममा पेटको बोसोलाई निकालेर नितम्बमा प्रत्यारोपण गरिन्छ ।

विज्ञहरुका अनुसार यस सर्जरीका क्रममा मृत्युको दर हर ३ हजारमा एक रहेको छ । तर पनि पछिल्लो समयमा नितम्ब बढाउने शल्यक्रिया गराउने मानिसहरुको संख्या बेलायतमा बढिरहेको छ ।

आखिर महिलाहरुलाई ठूलो नितम्ब किन रुचिरहेको छ ? वास्तवमा महिलाहरु सानो पेट र ठूलो नितम्बसहितको कर्भी फिगरतर्फ आकर्षित भैरहेका छन् ।

किम कार्दाशियन, केइली जेनर, कार्डी बीजस्ता सेलिब्रेटीको फिगरको सिको गर्ने महिलाहरुको संख्या पश्चिमा मुलुकहरुमा निकै बढिरहेको छ । यी सेलिब्रेटीहरुले आफ्ना बडेमाका नितम्बसहितका कामुक तस्वीरहरु इन्टरनेटमा सार्वजनिक गरिरहन्छन् । जसका कारण महिलाहरु प्रेरित हुन्छन् ।

शनि, भदौ ३०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

खान मिल्ने कपडा उत्तर कोरियाले बनायो

काठमाडौं । कपडा पनि खान मिल्छ र ? सुन्दा अचम्म लाग्न सक्छ । उत्तर कोरियामा खान मिल्ने कपडाको विकास गरिएको छ । भोकमरीसँग जुधिरहेको उत्तर कोरियाले प्राण धान्न सकिने गरी खान मिल्ने कपडा बनाएको हो । अनौठो प्रयोग गर्न माहिर उत्तर कोरिया कहिले आणविक हतियार परीक्षणका...

टुटलका सेवाका समबन्धमा उठेका केही प्रश्नहरु

हामीलाई २०४९ मा बनेको यातायात व्यवस्था ऐनमा टेकेर कारबाही थालिएको छ । २०४६ पछि देश कहाँबाट कहाँ पुग्यो, विश्वले प्रविधिमा कसरी फड्को मा¥यो ? यो सबै अब हामीले सरकारलाई सम्झाउनुपर्ने हो र ? नेपालमा  संवैधानिक राजतन्त्र खारेज भएर गणतन्त्र पनि आइसक्यो । अब पनि हामी त्यही...

चीनले पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराए

काठमाडौं । चीनले हालै पृथ्वीबाट नदेखिने चन्द्रमाको सतहमा पहिलोपटक रोबोट अन्तरीक्षयानको सफल अवतरण गराएको छ । चिनिया रोबोट यान चांग ए फोर चन्द्रमाको दक्षिणी ध्रुवस्थित एटकेन बेसिनमा उत्रिएको छ । उक्त यानले चन्द्रमाको त्यस सतहका तस्वीर मात्र पठाउने होइन सुक्ष्म परीक्षण पनि गर्नेछ । चिनिया मिडियाहरुका अनुसार...

‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान मंगल ग्रहमा अवतरण

११ मंसिर, काठमाडौं । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको यान मंगलग्रहमा सफलतापूर्वक अवतरण गरेको छ । ‘इन्साइट ल्याण्डर’ नाम दिइएको अन्तरिक्ष यान नेपाली समयअनुसार मंगलबार बिहान करिब पौने २ बजेतिर मंगल ग्रहमा अवतरण गरेको हो । मंगल ग्रहको जमिन र आन्तरिक भागको अध्ययन गर्ने लक्ष्यसहित नासाले ‘इन्साइट ल्याण्डर’ नामक...

युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ,अर्बौं कमाउँछन् २७ वर्षे तन्नेरी

फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् । युट्युब भनेको भिडियोहरु हेर्नको लागि मात्रै हो भन्ने हाम्रो मान्यता रहेको छ । तर, युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह...

‘हो, म वीर्य बेच्छु तर मैले कुनै अपराध गरेको छैन’

‘विक्की डोनर’ मा त अडल्ट तस्बिर लगाइएको थियो तर यहाँ त एउटा वाशरुम छ जहाँ पर्खाल, कमोड, धारा र वाशबेसिन छ । पहिलो पटक निकै असहज महसुस भैरहेको थियो । आफ्नो कोठामा हस्तमैथुन गर्नु र बेच्नका लागि गर्नुमा निकै ठूलो फरक छ । वाशरुममा एउटा प्लास्टिकको कन्टेनरमा...