साहित्य गतिबिधि

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना


काठामाडौँ, भाद्र २० गते बुधवार ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको आयोजना गरी हार्दिक बधाई तथा कार्यकालको सफलताको लागि शुभकामना व्यक्त गरेका छन् । 
शुभकामना कार्यक्रममा अध्यक्ष लेकालीले नेपाललाई अध्यक्ष नदिन निकै चलखेल भएको र ठूलो शक्ति लागेको बताउनुभयो । आपूmले अब सहकार्यको आधारमा सबैसँग मिलेर काम गर्ने र निस्कृय रहेका च्याप्टरहरूलाई सकृय पार्दै लगिने बताउँदै नेपाली भाषा साहित्यको विश्वप्यापी प्रचार–प्रसारको लागि लागिरहने बताउनु भयो । ‘मैले पाएको यो सम्मान र बधाईले ममा ठूलो जिम्मेवारी थपिएको छ’, लेकालीले भन्नुभयो, ‘तपाईंहरूको यो पूmलको वर्षा राम्रो काम गर, गरिनस् भने पूmलको बदला ढुङ्गाले हान्न नगरोस् भन्ने प्रतिकात्मक हो ।’ अध्यक्ष लेकालीले म नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय विकास र विस्तारको लागि आगामी दुई वर्षे योजनाले हैन अबको दुई सय वर्षको योजनाकासाथ काम गर्नेछु, भन्ने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.शर्मा, सभापति डा.नेपाल र आयोजक रत्नप्रसाद श्रेष्ठ अनामणिले आफ्नो पदको गरिमालाई इमानदारिताका साथ पूरा गरी नेपाली भाषा, साहित्य र सिर्जनाको अन्तर्राष्ट्रिय विकास, विस्तार र प्रचारमा लाग्न यो शुभकामना छ, भन्नुभयो ।
त्यस अवसरमा पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, डा.बमबहादुर थापा जिताली, डा.सत्यराज थपलिया, पूर्व प्रवउ गुप्तबहादुर श्रेष्ठ, गुरू नारायणाचार्य कौशिक, साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, पत्रकार त्रिभुवनचन्द्र वाग्ले र सीता बिष्ट कार्कीले लेकालीलाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो । त्यसैगरी पूर्व सेनानी टंकबहादुर बज्गाईं खत्री, अधिवक्ता कृष्णप्रसाद अधिकारी, शिक्षिका भवानी मैया पन्त, भगीरथ काफ्ले, साहित्यकार सानु शर्मा, कवि प्रशान्त डङ्गोल, सर्जक धरणीधर गुरागाईं र उदेश पाण्डेले पनि शुभकामना व्यक्त गर्नुभएको थियो । निष्पक्ष मिडिया प्रा.लि.को कार्यालय गोंगबुँमा सम्पन्न कार्यक्रमको संयोजन उमेश पाण्डेले गर्नुभएको थियो ।

त्यसैगरी असोज ५ गते एक कार्यक्रमकाबीच अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को भरखरै सम्पन्न केन्द्रीय समितिको निर्वाचनमा केन्द्रिय अध्यक्षमा विजयी हुनु भएका लेकालीलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति गङ्गाप्रसाद उप्रेतीलगायत विभिन्न २० भन्दा बढी संघ–सस्थाका प्रतिनिधिहरूलेसमेत सम्मान–पत्र प्रदान गर्नुको साथै शुभकामना तथा बधाई ज्ञापन गरेका थिए ।
(तपाईं यो समाचार खोज अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुने छ।)

शनि, अशोज ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

कुलपति उप्रेतीलाई बधाई तथा शुभकामना

काठमाडौँ, असो २२ गते । दोस्रो कार्यकालको लागि पुनः नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त भएर आउनुभएका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीलाई संसाक मासिकको अगुवाइमा आज विभिन्न साहित्यिक संस्थाहरूले बधाईको साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । संसाक मासिकका सम्पादक तथा प्रकाशक एवम् बधाई तथा शुभकामना कार्यक्रमका संयोजक...

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला तथा बिजय दशमीकाे शुभकामना कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला सष्टा सम्मान तथा बिजय दशमीकाे शुभकामना अादान प्रदान कार्यक्रम भब्य साथ लुनार स्कुल गाेङ्गबुमा सम्पन्न गरियाे। कविता बिधाका शिखर पुरूष तुलसी दिवसकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा सिक्किमबाट अाउनु भएकि गायिका, नायीका तुलसा शर्मलााई स्वागत तथा सम्मान गरिएकाे थियाे...

साहित्यकार छविरमण सिलवालको नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ बिमोचन

काठमाडौं: साहित्यकार छविरमण सिलवालले आफ्नो एक हप्ते लण्डन यात्रा वर्णनलाई समेटेर नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ पस्केका छन्। बुधबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कृति सार्वजनिक भयो। विमोचनमा समारोहमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा लक्ष्मणप्रसाद गौतम, डा गीता त्रिपाठी,  साहित्यकार एव‌ं पत्रकार फुलमान वल, ज्ञानु अधिकारीलगायत सहभागी थिए। शाब्दिक बुक्सले...

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...