साहित्य गतिबिधि

आलोकको म देश भएको छैन लोकार्पण


काठमाडौँ, असोज ५ गते ।
साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र गलत संस्कृतिलाई भत्काएर नवीन संस्कृति बनाउन उद्यत् छन्, भन्ने बताउनुभयो ।
कृतिको समीक्षात्मक मन्तव्य राख्दै कवि चारुभा घिमिरेले खनालका कविताले युद्ध, राजनीति, प्रेम, सामाजिक वाध्यता आदिलाई समातेका छन्, भन्नुभयो । त्यस्तै अर्का समीक्षक हेम भण्डारीले आलोक तेजिला कवि भएको भन्नुहुँदै कवितामा राष्ट्रवादी चिन्तन, महिला अधिकारका कुरा, साँस्कृतिक अभिलक्ष्यणा, प्रतिरोध चेतका कुरा आएका छन् र त्यसैगरी पर्यावरणीय चिन्तन, प्रकृति प्रेम र साइवर संस्कृतिका कुरा पनि कवितामा प्रशस्तै भेटिन्छन्, भन्ने बताउनुभयो ।
सर्जक आलोकले मैले कुनै वाद, सिद्धान्त र चेत पढेर र बुझेर कविता लेखेको हैन, यी मेरा मनका भावना र तरङ्ग हुन् भन्दै मलाई हैन मेरो कविता कृतिलाई बुझिदिनोस् र त्यसलाई माया गरिदिनोस् भन्नुभयो ।
कार्यक्रममा नोबेल साकोस साहित्य समाजकी अध्यक्ष सरस्वती गौतम र शैली साहित्य समाजकी अध्यक्ष मन्जुश्री प्रधानले स्वागत तथा धन्यवाद मन्तव्य राख्नुभएको थियो । दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष, काठमाडौँले आयोजना गरेको लोकार्पण समारोहको सभापतित्व कमला खनालले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन शान्ति गिरीले गर्नुभएको थियो ।
युवा कवि खनालको यो पहिलो कृतिभित्र उनका ४० वटा गद्य कविताहरू रहेका छन् ।
(तपाईं यो समाचार खोज अनलाइनमा पनि हेर्न र पढ्न सक्नुहुने छ। )

शनि, अशोज ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

कुलपति उप्रेतीलाई बधाई तथा शुभकामना

काठमाडौँ, असो २२ गते । दोस्रो कार्यकालको लागि पुनः नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त भएर आउनुभएका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीलाई संसाक मासिकको अगुवाइमा आज विभिन्न साहित्यिक संस्थाहरूले बधाईको साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । संसाक मासिकका सम्पादक तथा प्रकाशक एवम् बधाई तथा शुभकामना कार्यक्रमका संयोजक...

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला तथा बिजय दशमीकाे शुभकामना कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला सष्टा सम्मान तथा बिजय दशमीकाे शुभकामना अादान प्रदान कार्यक्रम भब्य साथ लुनार स्कुल गाेङ्गबुमा सम्पन्न गरियाे। कविता बिधाका शिखर पुरूष तुलसी दिवसकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा सिक्किमबाट अाउनु भएकि गायिका, नायीका तुलसा शर्मलााई स्वागत तथा सम्मान गरिएकाे थियाे...

साहित्यकार छविरमण सिलवालको नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ बिमोचन

काठमाडौं: साहित्यकार छविरमण सिलवालले आफ्नो एक हप्ते लण्डन यात्रा वर्णनलाई समेटेर नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ पस्केका छन्। बुधबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कृति सार्वजनिक भयो। विमोचनमा समारोहमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा लक्ष्मणप्रसाद गौतम, डा गीता त्रिपाठी,  साहित्यकार एव‌ं पत्रकार फुलमान वल, ज्ञानु अधिकारीलगायत सहभागी थिए। शाब्दिक बुक्सले...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...