कविता परको कुरा

पल्ला घरे ठुली आमाको नक्कली छोरी र म

-रत्नप्रसाद अनामणि श्रेष्ठ ,नाला ,काभ्रे


बुबा सधै भनु हुन्थ्यो

छोरो पैसा छ भन्दैमा

अरुले देख्ने गरि सबैको अगाडी

नदेखाउ छोरा !

तँ कुनै दिन लुटिन्छ हेर

मार्न पनि सक्छ

सचेत भै हिड्नु ल !

जमाना अर्कै छ

त्यो पनि कली युग हो

कसैले कसैलाई बिश्वास गर्न

एकै चोटी हुन् हेर

आफ्नो सम्पतिको आफैले

ख्याल नगरे कसले गर्छ ?

त्यसैले छोरा ख्याल राखेस है /

*************************

मलाइ जस्तै पल्ला घरे

ठुली आमाले

आफ्नो बुढेस कालको बेलामा

पाएको छोरीलाई सचेत

गराउने गर्द्थिन

छोरी त्यसरी नहिड नानु

तिमी हरेक गल्ली गल्ली

चोक चोक असुरक्षित छौ

चाहे गाँउ होस् या शहर

चाहे धनी होस् या गरिब

चाहे स्कुल होस् या कलेज

चाहे आफन्त होस् या पराई

तिमी जुनसुकै ,जहासुकै

अशुरक्षित छ

त्यसैले छोरी भनेको मान

तिमीसंग लुटिने बस्तु छ

देखाउने भन्दा लुकाएर

जोगाउनु नै राम्रो

*************************

ठुली आमा आँखा भरि आँशु राख्दै

भन्नु हुन्थ्यो

तेरो जस्तो जवानीमा मैले

साँढे दुइ मिटरको पेटिकोट

बाह्र हातको साडी

दश हातको पटुका

अनि

आठ वटा तुना भएको चोली

साँढे दुइ मिटरको पछ्यौरा

लाउथ्यो बुजिस

जवान छ भन्दै सबैलाई

प्रदर्शन गर्ने बस्तु होइन नि

ठाउँ ठाउँ मा प्वालै प्वाल

भएको लगाएर नहिड छोरी

एक दुइ अमल को

कपडाको टालो लगाएर

के तिम्रो इज्जत जोगिन्छ त ?

तैले जे लगाए पनि

तेरो स्वतन्त्रता हो भन्दैमा

तेरो स्वतन्त्रताले अरुको

स्वतन्त्रता खलबल गर्नु

हुन्न हेर छोरी

*******************

पल्ला घरे ठुली आमाको

छोरी असुरक्षित

आफ्नै ब्यबहार र अंगले

म पनि असुरक्षित

आफ्नै ब्यबहार र धनले

त्यसैले दुबैले लुकाउनु

पर्ने ठाउमा लुकाउनु

पर्दो रहेछ बुबा ले भनेको

म घरि घरि सम्झन्छु

पल्ला घरे ठुली आमाको छोरीले

पनि ठुली आमाले भनेको

सम्झी रहून /

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

शनि, अशोज ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

बाल दिवसको शुभकामना

खुसी छैनन् बालबालीका बालअधीकार पाईयो भनी। हात पसानेॅ कती अब बालअधिकार चाईयो भनी। सोकको सिकार भाछन् सुत्नुपछॅ चिसो गल्ली धेरै भने बाल श्रम प्रती बन्ध लाईयो भनी।। कलम बोक्ने हातहरूले धोक्रो बोक्न परेपछी कहिल्ये भन्ने सफलताको थुम्की आइयो भनी। कोही बलात्कार,अपहरण कोही फोहोर थुप्रोमा भने हुन्छ शोषकहरू स्वाभीमान नै खाइयो भनी। प्रगतीका नक्षत्र...

कमिसनको खेती

निरङ्कुस शासनको कुनै काम छैन गणतन्त्र नेपालमा अब नभै भै’न भन्ने पनि हामीनै हो गणतन्त्र आयो अहिले त जनताले झनै दुःख पायो   थोरैलाई दिए पुग्थ्यो धेरै भए खाने जम्बोटोली लिएर नै विदेशमा जाने रोजगारी मिल्ला भन्ने मरिसक्यो आशा नेपालीका छोराछोरी विदेशको बास   न्याय माग्न जाँदाखेरी पुलिसको डन्डा सत्ता भत्ता यिनैको भो गरे भागबन्डा जनताको पिरमर्का...

दशै पर्व वैज्ञानिकता नजिक र शक्ति संचय

नेपालीहरूको सबैभन्दा विशेष पर्व दशैं हो । आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवकासाथ मनाइने चाड भएको हुनाले यसलाई दशैं वा ‘विजया दशमी’ का नामले पनि चिनिन्छ।  दशैं आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पुर्णिमा  (कोजाग्रत )सम्म...

संसारले देख्छन्

मन, बुद्धि अहंकार चित्त दुई जोडा यिनैलाई ख्यालगरि चढ्नु मन्का घोडा राम्रा काम गर्नलाई बुद्धिबाटो लिन्छ अहंकारी चित्तआई बाटो छेकी दिन्छ । यिनै दुई आइबस्छन् डेरा जमाएर जान्ने सुन्ने वनिकन आफै रमाएर चारै वेद ज्ञाता थियो त्यो रावण पनि मुनुष्यको कर्म छाडी दैत्य भयो अनि ।। आन्तरिक स्थितीमा हेरफेर हुदा ठुलालाई पनि हेर कुबुद्धिले छुदा चन्द्रमाले...

जन्मजात भोटेको विज्ञप्ति

  नाकै थेप्चिने गरी कसैले चोर औँलाले ठेलेदेखिन दिमाग रन्थन्याएर सोचिरहेछु- एउटै बेन्चमा राखेर मास्टरले मलाई मात्र बाठो बनाउने गरी  कुन पुस्तक पढाए होलान् त्यतिबेला?  मैले पुर्ख्यौली छाला बेचेर  हालेको होइन यो चुच्चो नाक कसैले जन्मदिनको उपहार स्वरूप  दिएका होइनन् यी बल्ड्याङ्ग्रे आँखा टेलिभिजनको आकर्षक विज्ञापनको...