राजनिति

दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत


असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो ।

हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए ।

शनिबार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा भएको वार्तामा हालै भएको इन्धनको मूल्यबृद्धिलाई मुख्य आधार मानेर भाडादर १० प्रतिशत बढाउने सहमति भएको छ । यो सहमतिअनुसार भोलिबाटै नयाँ भाडादर कायम गर्न यातायात व्यवस्था विभागलाई भनिएको छ ।

समय सापेक्ष भाडादर कायम गर्न दुई महिनाभित्र प्रतिवेदन दिने गरी समिति गठन गर्ने र मंसिर २९ सम्म भाडा समायोजन गर्ने सहमति पनि भएको छ ।

वार्तामा यातायात व्यवसायी संघ तथा समितिहरुको रोक्का रहेको बैंक खताबाट समितिको अनिवार्य दायित्वभित्र पर्ने खर्चहरु भुक्तानी गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गर्ने सहमति पनि भएको छ ।

सिण्डिकेट कायम गरेको भन्दै सरकारले २४५ समितिको बैंक खाता रोक्का गरेको थियो ।

शनिबारको वार्तामा यातायात व्यवसायी राष्ट्रिय महासंघले अगि्रम टिकट बुकिङ खुला गर्ने सहमति पनि भएको छ । तर, मिति भने तोकिएको छैन ।

आइत, अशोज ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकाे खुमलटारस्थित घरमा राखिएको छ ।...

दसैंको शुभकामना र रचना वाचन

काठमाडौँ, असोज २४ गते । नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान, रचना वाचन र स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरियो । कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले हिमालको चिसोमा बस्दा,...

बहिर्गमित जनमुक्ति सेना पुगे ककस्को ढोकासम्म ?

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले बाम गठनको सरकार निर्माण पस्चात संचालनगरेको ध्यानाकर्षण पत्र मार्फत संबंधित निकायलाई घच्घच्याउदै ध्यानाकर्षण गरिएको बिबरण निम्न छ । १.सम्माननिय प्रधानमन्त्री के. पि शर्मा वलि ज्यु – सम्माननियपुर्ब प्रधानमन्त्रीहरु क्रमशः २.पुस्पकमाल दाहाल (प्रचण्ड ) ज्यु ,(ने.क.पा. का अध्यक्ष )...

मेलम्चीले उपत्यका को नदीमा बादिपहिरो आउने

असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप...

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भ

 असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी...