परको कुरा संस्कृति/धर्म

सोह्र श्राद्ध


हरेक वर्ष शारदीय नवरात्र प्रारम्भ हुनुअघि आश्विन कृष्ण पक्षलाई पितृपक्ष वा सामान्य बोलीचालीको भाषामा सोह्र श्राद्ध भनिन्छ/ सोह्र श्राद्ध भाद्र शुक्लपक्ष पूर्णिमाबाट सुरु हुन्छ र असोज कृष्णपक्ष औंसीमा समाप्त हुन्छ ।श्राद्धको सीधा अर्थ हो आफ्ना पूर्वजहरूप्रति श्रद्धा । शास्त्रले भनेको छ- ‘श्रद्धया इदम् श्राद्धम्’ अर्थात् पितृहरूका  निमित्त श्रद्धापूर्वक गरिने कर्म नै श्राद्ध हो । धर्मशास्त्रका जानकार अनुसार ‘यसलाई पितृपक्ष वा महालय श्राद्ध पनि भनिन्छ ।’जुन व्यक्तिको जुन तिथिमा मृत्यु भयो, त्यही तिथिमा श्राद्ध गरिन्छ ।एक पक्षमा १५ तिथि हुने भए पनि भाद्र शुक्लपूर्णिमादेखि आश्विन औँसी(जमरे औंसी)सम्मका १६ तिथिमा श्राद्ध गरिने भएकाले यस समयमा गरिने श्राद्धलाई सोह्र श्राद्ध भनिएको हो। यसलाई पार्वण श्राद्ध पनि भनिन्छ। हिन्दु धर्मको मान्यताअनुसार पितृ दोषका कारण व्यक्तिहरुलाई कयौं बाधा र कठिनाइहरु आइपर्छन् । त्यसैले पितृपक्षमा मानिसहरुले आफ्नो कर्मलाई सुधार्ने र कुलको रक्षाका लागि पूर्वजहरुको प्रार्थना गर्ने गर्दछन् ।

‘श्राद्धमा गरिने तर्पण, पिण्ड दान, संकल्प आदि भावात्मक रुपमा पितृ लोकमा पुग्छ भन्ने धार्मिक विश्वास छ।कसरो पुग्छ भने जसरी पशुहरूको भोजन तृण र मानिसको भोजन अन्नलाई मानिन्छ त्यसरी नै देवता र पितृहरूको भोजन अन्नको सार तत्वलाई मानिन्छ ।  सार तत्व अर्थात्  गन्ध, रस र ऊष्मा ।देवता र पितृ गन्ध तथा रस तत्वबाट तृप्त हुन्छन् ।  यद्यपि दुवैका लागि अलग-अलग प्रकारका गन्ध एवं रस तत्त्वको निर्माण गरिन्छ।  विशेष वैदिक मन्त्रद्वारा विशेष प्रकारका गन्ध र रस तत्व नै पितृसम्म पुग्छ ।

मृत्यू भएपछि प्रेतको अवस्थामा पुगिने र त्यहाँबाट मुक्त भएपछि पितृहरुपितृलोकमा निवास हुन्छन् । पितृहरुका राजा यमराज हुन् । पुराणमा उल्लेख भए अनुसार मानिस देवऋणऋषिऋण र पितृऋणले बाँधिएका हुन्छन् । तर भक्तिपूर्ण श्राद्धकर्म सकेपछि मात्रै पितृ ऋणबाट मुक्ति पाइने विश्वास छ । पितृ रिसाएका खण्डमा देवकर्मबाट प्राप्त फलसमेत हरण हुन्छ । भारतका चारधाम लगायत नेपालमा वराहक्षेत्रजनकपुरधाम, मुक्तिनाथ र दामोदर कुण्ड आदिमा तीर्थ गरेपछि सकुन्जेल सम्म श्राद्धकर्म समेतगर्नु पर्दछ । सोह्र श्राद्धको अन्तिम दिनलाई पितृविसर्जन गर्ने दिन भनिन्छ । सोह्रश्राद्ध सकिए लगत्तै नेपालीहरुको महान चाड बडादसैं सुरु हुन्छ ।

 

 

 

 

मङ्ल, अशोज ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नक्षत्र अथवा नक्षत्र मास भनेको के हो ?

 आकाशमा रहेका ताराहरुको समुह नै नक्षत्र हो / नक्षत्र, सूर्य र चन्द्रमाको गति अनुसार हिन्दुहरुको कालगणना अथवा समयको निर्धारण गरिएको हुन्छ । अझ भन्ने हो भने यसमा नक्षत्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ /आकाशमा जम्मा २७ नक्षत्रको गणना गरिएका छन् / नक्षत्र तथा नक्षत्र मास जानु भन्दा पहिला सुर्य र चन्द्र मास बारे बुझौ...

नेपालमै पहिलो पटक ७ सय ५ वर्षपछि चतरामा श्रीराम तारक ब्रह्म महायज्ञ हुने

इनरुवा। सुनसरीको चतरामा आइतबारबाट श्रीराम तारक ब्रह्म महायज्ञ आयोजना हुँदैछ ।नेपालको इतिहासमा पहिलो पटक मानिएको श्रीराम तारक ब्रह्म महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात् विश्वकै दोस्रो ठुलो महायज्ञ हुने भएको बताइएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भैसकेको छ । सुनसरीको चतरा धाममा आयोजना...

विश्वमा नेवारसंग मात्र भएको संहिता कश्यप संहिता

कश्यप संहिता कौमारभृत्यले रचना गरेको संहिता हो / यो इसापूर्व छैठौ शताब्दीतिर यसको रचना गरेका हुन् /यो मध्य युगमा चिनियाँ भाषामा अनुवाद गरिएको थियो/ यसलाई 'वृद्धजीवकीयतन्त्र'पनि भनिन्छ / महर्षि कश्यपले कौमारभृत्यको आयुर्वेदको आठ वटा अंगमा पहिलो स्थान दिएको छ। कश्यप संहिता आयुर्वेदको अत्यन्त प्राचीन संहिता हो...

मैले देखेको नेपाल रेडक्रस सोसाइटी

सन् १९६३ मा स्थापना भएको मानवीय सहायता उपलव्ध गराउने अग्रणी संस्थाहरु मध्य  नेपाल रेडक्रस सोसाइटी एक हो । नेपाल रेडक्रस सोसाइटी एक विसुद्ध मानवीय सेवा गर्ने उद्देश्यले स्थापना भएको अन्तर्राष्ट्रिय संस्था हो । सल्फेरिनोको युद्ध सन् १८५९ जुन २४ मा भएको बेलामा युवा व्यापारी हेनरी ड्युनाले...

उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आए

२६ मंसिर, धनुषा । उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आएका छन् । विवाह पञ्चमी महोत्सवमा मुख्य अतिथिको रुपमा आदित्यनाथ जनकपुरधाम आएका हुन् । निजी विमान चढेर जनकपुर विमानस्थलमा ओर्लिएका आदित्यनाथ त्यहाँबाट सीधै जानकी मन्दिरमा गएका थिए । जानकी मन्दिरमा उनले पूजा गरेका छन् । विमानस्थलमा प्रदेश २...