विचार

मनिशा पौडेलको आत्मा कथा

-मनिशा पौडेल


एक दिनको कुरा हो म स्कुल बाट घर आउदै थिए फाल्गुन महिना को दिन गर्मी उस्तै अनि घाम झोला भरी किताब कपि , अरु साथीहरू भन्दा म अलिक पछी नै थिए ।मेरो सानिमा को छोरी मेरो बहिनी लिन आएकी रहेछ उसलाई देख्ने बित्तिकै म धेरै खुशी भए ! नहुनु पनि कसरी झोला बोक्न गाह्रो भैरहेको थियो।अलिक पर पुगेपछि घर आउने बेलामा उस्ले दिदी बसुन एकछिन थकाइ लाग्यो भनी, मैले सहमति जनाए, हवस, हामी एक छिन गफ गरि बस्यौ उस्ले चाउचाउ लिएर आएकी रहेछे भोक लागेको थियो।धेरै रमाई रमाई खाएयौ दुबै मिलेर अनि सक्यौ पनि ! उसले अचानक मलाई एउटा कुरा भन्छु नरोउ है दिदी भनी , हवस भने ।पहिल्यै बाट दुख भोगेकी म अरुको चिन्ता लागेन मामुको को चिन्ताले सतायो कतै केही त भएन ! उसले भन्नै मन गरेकी थिन धेरै कर गरेपछि भनी दिदी तिम्रो हजुरबुबा बित्नुभयो रे! म खुब रोए किन कि हजुरबुबा ले मलाई खुब माया गर्नुहुन्थ्यो। त्यो दिन सम्झिए म मामाघर बाट गाउँ जान भनेर गएको थिए हजुरबुबा कान्छी हजुरमुमा सङ्ग बस्नुहुन्थ्यो मलाई पचास रुपैयाँ दिनुभएको दिन! सानो बेला मा भएर होला उहाले दिएको माया भन्दा पहिला अरु चिजको नै याद आयो ।अब मलाई राम्रो राम्रो फ्रक कस्ले ल्याईदिन्छ भनेर धेरै रोए बाटोमा बसेर , तर जे नहुनु थियो भैगो न टारेर टर्छ न रोएर फर्की आउँछ भनेझै भयो।मर्ने बेलामा बिचरा मेरो हजुरबुबा को मुख समेत हेर्न पाईन म कत्ती अभागिनी नातिनी रहेछु ।मलाई आफू भन्दा धेरै माया गर्ने हजुरबुबा लाई एक चम्चा पानी समेत खान दिन पाईन ।यहि सोच्दै घर गएउ , साझ छ बजे पुगेका थियौ ।दुइ दिदिबहिनी मामाघरको हजुरामा ले भन्नुभयो कति ढिला गरेकी दिदिलाई भोक लागिसक्यो र!

बिचरा मलाई सबै कुरा थाहा भैसकेको छ भनेर उहालाई के थाहा , म कोठामै गएर पनि धेरै रोए अब समालिन गाह्रो हुने बेला भएको थियो।कमजोरी मान्छे म आफै आमाले बहिनिलाई भन्नुभयो जा त पनि दिदी सङ्गै नुहाएर आइज , दुई दिदिबहिनी मिलेर नुहाउन गयौ आएयौ पनि! केहि खान मन लागेन न त कोहि सङ्ग बोल्न नै मेरो सस्ता आँसु पुन झर्न थाले एकोहोरो रुन लागे आज जस्तो फोनको जमना हुदो हो त ममिसङ्ग रुन्थे होला म पनि तर के गर्नु मेरो बाध्यता तेस्तै थियो।खान खान बोलाउनु भयो आमाले मलाई खान मन छैन भने मानिन खान तर पनि औसधि खानुपर्छ भनेर नुन छोडे पनि दूध सङ्ग दिनुभयो ।नौ बर्षको उमेरमा हजुरबुबा बित्दापनी पाँच दिन अल्नो खाएर बस्नुपर्‍यो ।हजुरबुबा बितेको तीन दिन भैसकेको थियो मेरो इक्जाम पनि नजिक आउदै थियो। ममिको न्यास्रो लाग्यो घर जान मन लाग्यो।गाउँमा अल्नो खाएर बसेकी मेरि ममिलाई कस्ले दियो होला ।मलाई जस्तै फलफूल खुब मिस गर्थे खाने बेलामा आफ्नो मामुलाई, यहि कुरा मामाघरको आमालाई पनि सुनाए आमा भक्कानिएर रुनुभयो।अर्को दिन मामालाई भनेर फलफूल किन्न लगाउनु भयो।म गाउँ गए चार दिनको दिनमा जङ्गल को बाटो थियो।दुई घन्टा लाग्थ्यो बिचमा मेरो कान्छी हजुरमा को घर थियो ।त्यहा जाउ कि नजाउ भए तर जानू मेरो कर्तव्य थियो।गए अलिकति फलफूल झिकेर दिए, लागे आफ्नो मामुलाई भेट्न गाउँ छिट्टै पुगे कति बेला गएर भेटु भको बेलामा , म झन त्यसै ममिलाई देखेपछि खुब रोए काखमा बसेर लाडे पल्टिएर त्यो मौका नै कहाँ पो मिल्थ्यो र मामाघर बस्दा, ममिलाई आफुले लगेको फलफूल को पोको दिए।अनि सम्झिए मेरो सानो भाईलाई अनि बहिनिलाई भाईलाई आठ महिना हुदा देखेको दुई बर्ष भैसकेको थियो देख्न नपाएको काखमा लिए ।केहिबेर भाईसङ्ग खेले।आफ्नो दुख त कहाँ जादो रहेछ र।बिरामी भको जस्तो लाग्यो ।बिचरी मेरो ममिलाई के थाहा आफ्नी छोरी यति बिरामी हुन्छे भन्नी कुरा बेहोस भएर भुइँमा लडे ।पछि के भयो थाहा पाईन जब होशमा आए,

क्रमश

आइत, अशोज १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

भैरबनाथमा दुखेको एक बर्ष

सैनिक पञ्जाबाट मुक्ति पछिको अवस्था म सैनिक पञ्जाबाट फुत्किएपछि काठमाण्डोमा छिपेर पार्टी सम्पर्क खोज्न थालें । यो कठिन काम थियो र सम्भव पनि भएन । डाक्टरकोमा गएर २ वर्ष अघिको यातनाका घाउ चोटहरुको खतहरु देखाएर पोस्टमार्टम गरें । यसकार्यमा वकिल टिकाराम पोखरेलले सहयोग गर्नुभयो र...

युएईको नेपाली सफल व्यवसायी

युएई । पृथ्वीनारायण क्याम्पस पोखरामा ०५४ मा वाणिज्य शास्त्रमा स्नातक पढ्न थालेका लमजुङका महेन्द्र पौडेलले नेपालमै व्यापार गरी समृद्धिको शिखर चढ्ने सपना देखेका थिए । आफ्नो सपना साकार पार्न उनले स्वदेशमै प्रयासहरु नगरेका होइनन् । तर, अनुभव र लगानीको अभावका कारण उनका सपना नेपाली भूमिमा...

कम्बोडियाः हिन्दु, बाैद्ध र खमेर भूमि

सियाम रिपको अन्तर्राष्ट्रिय विमानस्थलमा रातको ९ बजे म ओर्लदैंछु । कम्बोडियाले पनि नेपालीलाई अनअराइभल भिसा दिन्छ । अध्यागमनका कर्मचारीले मलाई खासै केरकार गरेरन् । एयरपोर्ट बाहिर निस्कँदा चहलपहल निकै कम छ । रात छिप्पदोँ छ । मैले एकजना टुर गाइडलाई इमेल लेखेको थिएँ । उसले...

हो म महावीर नाम को प्रशंसक हु

एउटा अचम्म को बानी छ म संग जब केहि कुरा मनमा उथलपुथल हुन्छ तब मन खुव खिसखिसाउछ अनि त सिरानी मुनी च्यापेर सुत्ने डायरीमा हुलहुली शब्दहरु बगाउछु केहि अरुलाई पनी सुनाउन मन लाग्यो भने फेशबुकमा पोस्ट गर्छु त्यहि मध्येको एउटा लेख हो यो जुन तपाई...

कम्युनिष्ट मन्त्रीको सम्पत्तिमा दम्पती विवरण !

हुन त उनी आफू आफै पनि आफ्नोको मात्र मान्छे होइन । घरपरिवार, समाज र देशभरका सबैको मान्छे । जन्मजातै कम्युनिष्ट । दुःखी, गरिब र सर्वहाराको मान्छे । दुःखीको दुःख र गरिबको गरिबी हटाउने संकल्प । धनसम्पत्ति, सुखसयल, मोजमस्तीभन्दा माथि उठ्नुपर्छ भन्ने आदर्श । कहिले झुपडीमा बसेर...

लेख्दा लेख्दै रुन्छु :साबित्रा उमरा

म लेख्दा लेख्दै रुन्छु भने दादा समाज सेवा गर्दा गर्दै पनि रुनुहुँन्छ” गाउँले चेली साबित्राको बुबा पछिको दादा सिन्धुली बासिको मात्र नभएर राष्ट्रीय स्तरमै समाजसेबिको रुपमा परिचित समाजसेबी उज्जवल थापा जस्लाई तपाई चिन्नूहुन्छ समाजसेबिको रुपमा। जस्को मनमा नौनी घिउ मिसिएको छ। देखे भोगेको सुनेको कुरालाई...