साहित्य गतिबिधि

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला तथा बिजय दशमीकाे शुभकामना कार्यक्रम


गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला सष्टा सम्मान तथा बिजय दशमीकाे शुभकामना अादान प्रदान कार्यक्रम भब्य साथ लुनार स्कुल गाेङ्गबुमा सम्पन्न गरियाे। कविता बिधाका शिखर पुरूष तुलसी दिवसकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा सिक्किमबाट अाउनु भएकि गायिका, नायीका तुलसा शर्मलााई स्वागत तथा सम्मान गरिएकाे थियाे प्रमुख अतिथि ज्यूबाट। अतिथि ज्यूहरूलाई स्वागत मन्तब्य राखेर स्वागत गर्नु भएकाे थियाे कवि जसध्वज गुरूङ ज्यूले। संस्थाकी सचिव तारा के.सी काे सभापतित्वमा शुरू भएकाे कार्यक्रम लाई संस्थाकि अध्यक्ष द्वारिका कुइकेलले संञ्चालन गर्नु भएकाे थियाे। कविताकाे बारेमा बडाे राेचक ढंगले बरिष्ठ कवि , कविताका शिखर पुरूष तुलसी दिवसले अाफ्नाे मन्तव्यका साथै” बाटाे” शिर्षकाे मिठाे कविता सुनाउनु भएकाे थियाे। सिक्किमबाट अाउनु भएकि गायिका तथा नायीका तुलसा शर्मकाेा बारेमा डा. गाेपाल पाैडेलले उहाँकाे चिनारी प्रस्तुत गर्नु भएकाे थियाे। उक्त अवसरमा बिजय दशमीकाे शुभकामना सहित बरिष्ठ कविहरूले अाफ्नाे कविता वाचन गर्नु भएकाे थियाे कविता वाचन गर्ने कविहरूमा क्रमश:- डा. बम बहादुर जिताली,डा. शेषराज अाचार्य,भुवन शिवाकाेटी,रबिन्द्र अाशिष शैली,देवकी तिमल्सिना,मन्जु श्री प्रधान,भैरवी भुगाेल,निर्मल पराजुली,जसध्वज गुरूङ,रूद्र अधिकारी,डा.सत्यराज थपलिया, भाग्यशाली अधिकारी,बलराम भट्ट,डा. गाेपाल पाैडेल,बलराम भट्ट,जनेन्द्र राजाेउपाध्य,धरणीधर गुरागाई,सानू शर्मा,लक्ष्मी बस्नेत,साैरभ लम्साल, राजन के.सी,राजेश खाेटाङ्गे, पदम दाेङ्ग,गंगा अाचार्य सेढाई,बिजय ध्वज थापा, श्रीखधर पाैडेल, उमेश पाण्डे,राधा देवी पाण्डे, हिरा लक्षमी श्रेष्ठ ,गीता कुमारी पाण्डे,ज्ञानु अधिकारी, सवित्री तिमल्सिना , खेम खड्का,मन्जु थापा, मनिषा खड्का, अन्जु गुरूङ,पारू लामा, बेनि बहादुर थापा, भरत गुरूङ, द्वारिका कुईकेल,तारा केसी, तुलसा शर्मा, किशन पाेखरेल, लगाएत ४५ जना कविहरूले कविता सुनाउनु भएकाे थियाे। अाजका अधिकांश कविताहरूले देश प्रेम र महिला हिंसाका बारेमा बाेलेकाे पाईयाे। संस्थाकि उपाध्यक्ष सीता बिष्ट कार्की भारत भ्रमणमा भएकाे र संस्थाकि काेषाध्यक्ष चन्द्रा न्याैपाने स्वास्थ लाभ गरिरहनु भएकाेले उपस्थिति जनाउन सक्नु भएन।

बुध, अशोज १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

कुलपति उप्रेतीलाई बधाई तथा शुभकामना

काठमाडौँ, असो २२ गते । दोस्रो कार्यकालको लागि पुनः नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त भएर आउनुभएका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीलाई संसाक मासिकको अगुवाइमा आज विभिन्न साहित्यिक संस्थाहरूले बधाईको साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् । संसाक मासिकका सम्पादक तथा प्रकाशक एवम् बधाई तथा शुभकामना कार्यक्रमका संयोजक...

साहित्यकार छविरमण सिलवालको नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ बिमोचन

काठमाडौं: साहित्यकार छविरमण सिलवालले आफ्नो एक हप्ते लण्डन यात्रा वर्णनलाई समेटेर नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ पस्केका छन्। बुधबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कृति सार्वजनिक भयो। विमोचनमा समारोहमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा लक्ष्मणप्रसाद गौतम, डा गीता त्रिपाठी,  साहित्यकार एव‌ं पत्रकार फुलमान वल, ज्ञानु अधिकारीलगायत सहभागी थिए। शाब्दिक बुक्सले...

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...