कला/मनोरञ्जन

हिलोमा फुलेको कमलको फुल ‘ छिरिङ्ग ’

-संजिब पौडेल


 पछिल्लो समयमा हेर्ने हो भने नेपाली सिनेमा निर्माण बढी हुने गरेको छ । सिनेमा को संख्या बढेता पनि सिनेमाको गुणस्तरमा भने खासै ध्यान दिएको देखिदैन् । हाँस्यरसका मान्छे नहसाउने सिनेमा देखि लिएर छेउ नटुप्पाका फिलिम बाढि आएको अबस्थामा लामो समयबाट साङ्गित क्षेत्रमा लागेका सफल गायक तथा संगितकार यश कुमारले टिपिकल नेपाली अर्गानिक बिषयबस्तुलाई लिएर चलचित्र छिरिङ्ग तयार गरेका छन् । चलचित्रमा अभियन गरेर तारिफ बटुलेका यश कुमारले आफ्नो निर्देशनमा पहिलो चलचित्र तयार गरेका छन् जुन अहिले चर्चाको शिखरमा रहेको छ । असोज १२ गते बाट प्रदर्शनमा आएको चलचित्रले कमाइ पनि निकै उत्साजन गरेको छ । हिमाल पारिको जिल्ला मुस्ताङ्गको रमणीय स्थानमा छायांकन रहेको सिनेमा छिरिङ्ग सबिर श्रेष्ठले निकै राम्रो कथा बुनेका छन् । यश कुमारको पहिलो निर्देशन भएता पनि चलचित्रमा दर्शकले त्यो महशुस भने गर्न पाउँदैनन् । सिनेमा भित्र हरेक कलाकारको अभिनयमा भिजिएको देखिन्छ । निमा रुम्बाले कागबेनि पछिको दोस्रो पटक छिरिङ्ग मा अभिनय गरेका हुन् भने भने कामना भुजेलको लागि भने यो डेव्यु सिनेमा हो । यश कुमारको अभिनय पनि निकै राम्रो छ ।

उनले निर्देशक भएर सिनेमाको बागडोर सम्हालि राख्दा अभिनय पाटोमा अन्य कलाकारलाई खेलाएको भए अझ राम्रो हुन सक्थ्यो । हुन त यश कुमार आफैमा पनि एक राम्रो संगितकार भएकाले सिनेमा भित्र सांगितिक उपस्थिति राम्रो छ । पुरान गितलाई नयाँ जिवन दिन खोजेका छन् यो राम्रो पक्ष हो । तर उनी आफै राम्रा राम्रा संगित रचना गर्न सक्ने क्षमता भएका व्यक्ति हुनाले दर्शकले उनको नयाँ सांगित सिर्जना रमाउने मौका गुमाएको महशुस हुन्छ । झट्ट सुन्दा सिनेमाको नाम छिरिङ्ग कुनै आदिवासिको सिनेमा होला भन्ने लाग्न सक्छ । हामी सिनेमा छिरिङ्गलाई एऊटा पुरा थकाली खानको सेट भन्न सक्छौ । जुन खाना सन्तुलित आहारको रुपमा छ । एउटा राम्रो थकाली खानको सेट खाँदा हामीलाई जुन सन्तुष्टि मिल्छ । छिरिङ्ग हेर्दा पनि त्यो सन्तुष्टि पाउँन सकिन्छ । नेपाली अर्गानिक बिषयमा बनेको आँखालाई आनन्द दिने सिनेमा हेर्ने इच्छा भएका दर्शकले सिनेमा छिरिङ्ग हेर्दा पछुत्तो मान्नु पर्दैन । सिनेमा हेरुन्जेल दर्शकलाई समय बितेको थाहा हुँदैन । समय र पैसा दुबैको सदुपयोग गर्ने फिलिम बनेको छ छिरिङ्ग । छिरिङ्गलाई थप सफलताको शुभकामना ।

बुध, अशोज १७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै(भिडियो सहित)

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको पहुँच र बाहुल्यता बढ्दै गईरहेको छ । तेरिया मगर , साजन राई , मेनुका पौडेल , सुजन मार्फा तामाङ लगायतकाले भारतीय रियालिटी शोमा आफनो जादु देखाउदै नेपाल र नेपालीको नाम राख्न सफल भईसकेका छन् । केही समय अगाडीमात्र भारतको...

निरा अधिकारीको शब्द रचनामा “कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे” गित बजारमा

कोहि भेटें यहाँ ढुङ्गा जस्तो मान्छे कोहि भेटें फुल्को थुङ्गा जस्तो मान्छे   बिपद्को साथी दुखको सहारा भेट्या छैन मनले चाहे जस्तो मान्छे “कोहि मान्छे   सुखी झुपडीको बसाई कोहि मान्छे दुखी महलमा छ रजाई कोहि हुन्छ न्दङ्ग सहयात्री लड्दा कोहि गर्छन ईर्ष्या  साथी शिखर चड्दा कोहि परिश्रमी पसिनामा रम्छन   कोहि हुन्छन् स्वार्थी सधै खुट्टा तान्छ्न कोहि...

मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिए

१४ माघ, पोखरा । मिस तामाङ पोखराको ताज बिरौटाकी कुसुम तामाङले पहिरिएकी छन् । कलाकार तथा पाइलट विजय लामाले राष्ट्रिय गानको एक अंश ‘बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल’ वाक्यांशको सर्वोत्कृष्ट जवाफ दिँदै उनले ताज जितेकी हुन् । बेस्ट पर्सनालिटी टाइटलको उपाधि पनि कुसुमले नै...

निर्देशक, गायक, संगितकार रामु बिरही यति बेला मोड्लिङ क्षेत्रमा तहल्का मचाउदै

निर्देशक गायक संगितकार तथा सर्जक रामु बिरही यती बेला मोड्लिङ क्षेत्रमा पनि चर्चा कमाउदै म्युजिक भिडियो मात्र नभई फिल्मी क्षेत्रमा पनि मुख्य भुमिकामा अभिनय गर्न थालेका छन्। बिशेष  गरी लोक दोहोरी गित मन पराउने बिरही मौेलिक लोक संगीतलाई संरक्षण गदैँ आएका गोविन्द वली रोल्पालीको मौलिकता झल्काउने पराईले लग्यो दोहोरी गितमा...

कृष्ण वलि लाई चोट कलम कुमार लाई दुखाई ।

 जसिन्द्र श्रीपाली पश्चिमको सानोभेरी गाँउपालीका ९ का २१ वर्षीय कृष्ण ओलीको जीवन कहानी लाई समेटेर गायक एवम् कुशल सारङ्गी बाधक कमल कुमार विश्वकर्माले मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । ऋण गरेर ईलेक्टिक सबईञ्जिनियर पढेका कृष्ण तुलसीपुर दाङको बिधुत कार्यलयमा साईट सुपरभाइजरको रुपमा काम गर्दै आएका...

सांस्कृतिक संस्थानले आयाेजना गरेकाे सुर- साधनाकाे ७औ शृंखलामा गायक लालकाजी श्रेष्ठ

हिजाे पाैष २६ गते गायक लालकाजी श्रेष्ठकाे एकल गायन प्रस्तृतिले संस्थानकाे हल गुन्जयमान भएकाे थियाे। बरिष्ठ संगितकार दिपक जंगमकाे प्रमुख अातिथ्यमा सुरू भएकाे उक्त कार्यक्रम उध्याेग राईकाे सभापतित्व र संस्कृतिक संस्थानका जि एम राजेश थापा, धर्मराज सावित्री गुठीका अध्यक्ष मदन राज थापा, प्रा.डा. गार्गी शर्मा,...