कला/मनोरञ्जन

भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय


नेपाल कलाकारितामा लक्ष्मी लामा नयाँ पुस्ताकी कलाकार हुन् । २०५३ सालमा मकवानपुरको भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय छिन् । सामान्य किसान परिवारमा जन्मेर निकै दुख र संघर्ष गर्दै यो क्षेत्रमा आएकी लक्ष्मीले धेरै हन्डर र ठक्कर खाएकी छिन् । सर्ट मुभीका कारण विवादमा परेकी एकजना कलाकार लक्ष्मी लामा पनि हुन् । उनले आफ्नो वेदना उनले यसरी बाँडिन् ।ऐना हेर्दै अभिनय गर्दै म सानै देखि अभिनयमा निकै रुचि राख्थे । टिभीमा आउने कार्यक्रम हेर्दै त्यस्तै अभिनय गर्न पाए कस्तो हुन्थ्यो मेरो मनमा खुलदुली भइरहन्थ्यो । त्यतिबेला ऐनामा हेर्दै त्यस्तै अभिनय गर्थे । मकवानपुरको त्यो विकट गाउँमा कुनै अवसरहरु थिएनन् । विशेष चाडपर्वको अवसरमा हुने साँस्कृतिक कार्यक्रममा भाग लिइरहन्थे । धेरै नाटक र गीतहरुमा अभियन गरेको छु । गाउँमा प्रशंसा बटुलेको छु । धेरै जनाले राम्रो कलाकार बन्छेस् भनेर आशिर्वाद पनि दिनुभएको छ । सम्झिरहने त्यो नाटकमैले ललितपुरको बुङमतिमा पनि पढे । त्यो बुङमतिको स्कुलमा हामीले एउटा नाटक देखाएका थियौँ । त्यो नाटक स्थानिय भेगमा चर्चित पनि भयो । बालमजदुरको करुणादायी भूमिका थियो । अरुको घरमा बसेर अध्ययन गरिरहेकी एकजना दुखि छात्राको मनोदशालाई हामीले नाटकमा उतारिएको थियो । नाटक हेरेर धेरै जना भावुक पनि भएका थिए । बुढी आमाहरुले धेरै राम्रो अभिनय ग¥यौ नानी आशिष दिएको आजपनि सम्झन्छु । त्यतिबेलाको नाटकले मलाई छुट्टै खालको आनन्द पनि दिएको थियो । त्यो आनन्द अब जीवनमा कदापि पाउन सक्तिन् होला ।अनि आए कलाको रङ्गिन दुनियाँमा कथा तपाईको दृश्य हाम्रो भन्ने चेतनामूलक सिरियलमा कुनै पात्रको कान्छी श्रीमतीको रोल गर्दै म रङ्गीन कला क्षेत्रमा प्रवेश गरेको हुँ । २०७१ सालको त्यो दिन आज पनि झल्झली याद आउँछ । त्यतिबेला टेलिभिजनमा आउने त्यो कार्यक्रम निकै चर्चित पनि थियो । टेलिभिजको स्क्रिनमा आपूmलाई देख्दा गर्व लाग्थ्यो । निकै मेहनतका साथ अभिनय गर्थे । भविष्य यसैमा बनाउँछु भन्ने दृढ अठोट पनि थियो । मेरो जीवनको टर्निङ प्वाइन्टको रुपमा रहेको त्यो अभिनय म कहिल्यै पनि बिर्सन्न । म्युजिक भिडियो मैले धेरै म्युजिक भिडियो गरेको छु । त्यो मध्ये मैले मिलन श्रेष्ठद्धारा निर्देशित जाली रुमाल धुँदै धुँदिन म तिमीलाई सम्झेर रुँदै रुदिन बोलको उक्त गीतमा अभिनय गरेपछि कला क्षेत्रमा व्यापक हुन पायो ।

त्यसपछि निरन्तर ८ ओटाजति म्युजिक भिडियो गरे तर यो म्युजिक भिडियो मेरो जीवनमा सार्थक अर्थ राख्ने म्युजिक भिडियो बन्न पुग्यो । रहर र सर्ट मुभिको यात्राधेरै जनाले हेरेको बिरुमाझी, घनश्याम तिमल्सिना ‘एन्टेना’, राणा सर नृपेन्द्रजङ्ग ध्वज राणा जस्ता चर्चित सर्ट मुभी निर्देशकहरुसँग काम गरे । युट्युबमा सर्वाधिक हेरिएको सर्ट मुभी नेपालको सन्दर्भमा राम्रो मानिदैन । त्यतिबेला हाम्रो टिमले रहरै रहरमा त्यो काम गरेको थियो । रहरको कारण नै म सर्टमुभीको यात्रामा होमिएको थिए । स्पटमै गएर सुनिने स्क्रिप्ट र त्यस्तै खालका निर्देशक हामीजस्ता सोझा कलाकारको अभिनयका कारण सर्ट मुभी बदनाम बन्यो । धेरै सर्ट मुभीहरु सन्देशमूलक पनि छन् तर समाजले बुझ्ने तरिका अर्कै भयो । सामाजिक विकृतिलाई पर्दामा देखाउने हाम्रो प्रयास समाजको लागि पर्याप्त भएन । समाजले यसलाई पचाउन सकेन् । ठुला मिडियाहरुले र चलचित्र विकास वोर्डले नै चासो देखाएपछि सर्टमुभीले हावा खायो । मैले जीवनमा सर्ट मुभी गरेर नाम र दाम कमाइन । तर आफ्नो रहर पुरा गरे । यो सर्टमुभी खेलेर मलाई पिडा छैन । त्यो अल्लारे बेलामा जे गरियो । मेरो चेतनाले भ्याए अनुसार नै गरे भन्ने लाग्छ । सम्झिँदा ती दिनहरु रोचक नै लाग्छन् ।

टेलिसिरियलको यात्रासर्ट मुभीले बदनाम भएपनि टेलिसिरियलहरुले मलाई इज्जत दिए । सकुे डन, बालै फरर, छेउ कुनु, दले डन, गोलमाल जस्ता सिरियलमा अभिनय गरेपछि लक्ष्मी लामा राम्रो कलाकार हो भन्ने छाप प¥यो । आज म जे छु यिनै सिरियलहरुका कारण, म्युजिक भिडियो कारण छु । हरेक कुराका आ–आफ्नै सिमा हुन्छन् । ठुलो पर्दामा देखाइँदा त्यही कुरा सभ्य हुने र सानो पर्दामा देखाइदा त्यही कुरा असभ्य हुने । हाम्रो सोचाइ नै गलत छ । म अहिले छानेर मात्रै भिडियो खेल्छु । पढाईको कारण धेरै ठुला फिल्महरुलाई पनि माथ गरे । पछुतो लागेको छ । अब अफर आएभने राम्रा फिल्म खेल्छु । यही क्षेत्रमा भविष्य बनाउँछु । म शोषणमा परेको छैनधेरै जनाले सर्ट मुभी मार्पmत कलाकारलाई शोषण गरियो भनेर लेखे । मिडियाहरुमा व्यापक समाचार आयो । यो केही हदसम्म सत्य पनि थियो होला तर मैले सर्ट मुभी खेलेर शोषणमा परेको भन्ने कुरा होइन । कतिपय कलाकारहरु ठुलो मात्रामा आर्थिक लगानी गरेर आएका छन् । म त त्यसरी आएको होइन । यिनै निर्देशकहरुले खेलाएको भिडियोले मलाई इज्जत दिएको सान दिएको हो । आपूm इमान्दार भइसकेपछि कसैले पनि शोषण गर्दैन् । धेरै नयाँ कलाकारहरु नाङ्गै तस्विर राखेर फेसबुकमा चर्चा बटुल्छन् । निर्देशकसँग अघोषित कारोबार गर्छन् । पछि तिनै निर्देशकहरुलाई गाली गर्दै हिड्छन् । समाचार लेखिदिने पत्रकारलाई समेत धेरै तवरले उनीहरुले मान्छे नै नदेख्ने सोच बोकेका हुन्छन् । यही कारणले गर्दा खेरी समस्या आएको हो ।

आइत, अशोज २१, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सपना बोकेर सहर छिरेकी कैलालीकि प्रीति प्रीया परियार

मानिसका इच्छा अनेकन हुन्छन् ।मानिसले दु:खद पाउनुको कारण उसको यहि इच्छा पनि हो ।ग्रामीण गाउँ बाट सहरमा आउने लाखौं मानिसको कयौं रहर सपना र चाहनाहरु हुन्छन् । यसैले त काठमाडौं शहरलाई सपनाको शहर भन्ने गरिन्छ । घोडाघोडि न प: 8 लठुवा कैलालीकि प्रीति प्रीया परियार...

बजारमा चांडै आउदै छ

घनस्याम तिमल्सिना को शब्द , गणेश चौधरी को सङ्गीत जयराम सापकोटाको स्वर मा रामकाजी घिमिरे को निर्देशन गोपाल अधिकारिको कोरियो ग्राफी र दिपक राइमाझिको छायांकन मा प्रमुख भुमिका मा हर्सिका बानियाँ(भुनिया ) र जयराम सापकोटा को साथै ज्यास्मिन लामा ,उत्तम केसि, लक्ष्मी नाथ तिमल्सिना ,बादल...

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै काठमाडौंमा संघर्ष गर्दैछिन् । केही वर्षअघि मोडेल बन्ने चाहना बोकेर कैलालीबाट काठमाडौं आइपुगेकी प्रीयाको मोडेल बन्ने चाहना त पूरा भयो तर अब कसरी स्थापित भइरहने भनेर प्रीया मेहनत गरिरहेकी छन् । सानैदेखिको आफ्नो चाहना कलाकारिता भएकोले...

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो । चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टि गरिन् । उनको पाटन अस्पतालमा...

हिलोमा फुलेको कमलको फुल ‘ छिरिङ्ग ’

 पछिल्लो समयमा हेर्ने हो भने नेपाली सिनेमा निर्माण बढी हुने गरेको छ । सिनेमा को संख्या बढेता पनि सिनेमाको गुणस्तरमा भने खासै ध्यान दिएको देखिदैन् । हाँस्यरसका मान्छे नहसाउने सिनेमा देखि लिएर छेउ नटुप्पाका फिलिम बाढि आएको अबस्थामा लामो समयबाट साङ्गित क्षेत्रमा लागेका सफल गायक...

दशैँ सम्बन्धी गित संगितहरु बजारमा आऊने क्रममा “मेरी सानु ” प्रदेशीको पिडा बोकेर आए

नेपाली हिन्दुहरुको महान् पर्व बडा दशैँ नजिकिदै गर्दा दशैँ सम्बन्धी गित संगितहरु बजारमा आऊने क्रम जारी छन् यहि शिलशिलामा प्रतिभाशाली गायक एस.के शुन्दाशले “मेरी सानु ” प्रदेशीको पिडा बोकेको मनोरञ्जनात्मक दशैँ गित लिएर आएका छन् मेरी सानुमा शब्द संगीत :सुरेश सुन्दाश (एस.के) स्वर : सुरेश...