साहित्य गतिबिधि

कुलपति उप्रेतीलाई बधाई तथा शुभकामना


काठमाडौँ, असो २२ गते ।
दोस्रो कार्यकालको लागि पुनः नेपाल प्रज्ञा–प्रतिष्ठानको कुलपतिमा नियुक्त भएर आउनुभएका नवनियुक्त कुलपति गङ्गाप्रसाद उप्रेतीलाई संसाक मासिकको अगुवाइमा आज विभिन्न साहित्यिक संस्थाहरूले बधाईको साथै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरेका छन् ।

संसाक मासिकका सम्पादक तथा प्रकाशक एवम् बधाई तथा शुभकामना कार्यक्रमका संयोजक उमेश पाण्डेले माननीय कुलपतिलाई बधाई दिनुको साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा साहित्यकार खेलकुद समाज नेपालका अध्यक्ष डा.शैलेन्दुप्रकाश नेपाल, संसाक मासिकका सल्लाहकार पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, निश्पक्ष मिडिया प्रा.लि.का अध्यक्ष रत्नप्रसाद श्रेष्ठ अनामणि, गोंगबुँ साहित्य समाजकी उपाध्यक्ष सीता बिष्ट कार्की, प्रा.डा.बिदुर चालिसे, प्रा.डा.फणिन्द्रराज तिमिल्सिना, साहित्यकार हरिहर खनाल, मुक्तककार गुप्तबहादुर श्रेष्ठ, गजलकार रामबहादुर पहाडी, साहित्यकार रामनारायण देव, साहित्यकार शशी थापा पण्डित, संसाक मासिककी उपसम्पादक भवानी मैया पन्त, साहित्यकार खेलकुद समाज नेपालकी कोषाध्यक्ष कवि तारा के.सी. र कवि मुकुन्द न्यौपानेलगायतका कवि, साहित्यकारहरूले कुलपति उप्रेतीलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।

बधाई तथा शुभकामना ग्रहण गरेपछि आफ्नो संक्षिप्त मन्तव्य राख्दै नवनियुक्त कुलपति उप्रेतीले सबैको सहयोगले आज पुनः नियुक्ति हुन पाएको हुँ भन्नुहुँदै प्रज्ञा–प्रतिष्ठानजस्तो प्राज्ञिक थलोमा स्रष्टा आउँदा जागिर खान्छु भन्ने विचारले आउने हैन, म काम गरेर देखाउँछु भन्ने विचारले आउने र काम गरेर देखाउन सक्नुपर्छ, भन्नुभयो । उप्रेतीले संस्थामा व्यक्ति आउँछ जान्छ तर सामूहिक भावनामा राम्रो काम गरेर जानसक्नुपर्छ, एकताको संस्कृति विकास गर्नुपर्छ, भन्नुभयो । ‘मान्छेले मान्छेलाई निशेध गरेर जाने होइन कि सामूहिक प्रयत्नमा चन्लुपर्छ’, कुलपति उप्रेतीले भन्नुभयो, ‘हाम्रा केही अधूरा र केही नयाँ योजनाहरू छन्, तिनलाई सम्पन्न गर्न सबै स्रष्टा, सर्जकहरूको साथ र सहयोग रहनु आवश्यक छ ।’ कुलपतिले भन्नुभयो, हामी सामूहिक भावना राखेर काम गर्छौं, प्राज्ञिक उन्नयनको लागि अहिलेको टिममा पर्ने नपर्ने सबैको साथ र सहयोग रहनुपर्छ ।

२०७५ भदौ १९ गते कुलपतिको आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर जानुभएको गङ्गाप्रसाद उप्रेतीलाई नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयले २०७५ असोज २१ गते पुनः अर्को कार्यकालको लागि कुलपतिमा नियुक्त गरेको थियो । सदस्यसचिवमा प्रा.जगत् उपाध्याय प्रेक्षित नियुक्त हुनुभएको छ ।

मङ्ल, अशोज २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो

हेर हेर साथी हो कमिलाको ताँती यो दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो एउटा साथी आएर दिन्छ केको खबर लगातार अगाडि बढ्छ लावालस्कर आज जान्छ जन्ती यो कुन देश कुन घर कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर हाम्रो फूलबारीमा रूखमुनि स्याउको राखेको छ ढोकामा सेतो छाता च्याउको पहारिलो कान्लामा सानु-सानु दुलो छ बाहिर त्यहाँ धूलो छ...

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला तथा बिजय दशमीकाे शुभकामना कार्यक्रम

गाेङ्गबु साहित्य समाजकाे नियमित काव्य श्रृङ्खला सष्टा सम्मान तथा बिजय दशमीकाे शुभकामना अादान प्रदान कार्यक्रम भब्य साथ लुनार स्कुल गाेङ्गबुमा सम्पन्न गरियाे। कविता बिधाका शिखर पुरूष तुलसी दिवसकाे प्रमुख अातिथ्यमा भएकाे उक्त कार्यक्रममा सिक्किमबाट अाउनु भएकि गायिका, नायीका तुलसा शर्मलााई स्वागत तथा सम्मान गरिएकाे थियाे...

साहित्यकार छविरमण सिलवालको नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ बिमोचन

काठमाडौं: साहित्यकार छविरमण सिलवालले आफ्नो एक हप्ते लण्डन यात्रा वर्णनलाई समेटेर नियात्रा कृति ‘ग्रिनबिचको साँझ’ पस्केका छन्। बुधबार राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा कृति सार्वजनिक भयो। विमोचनमा समारोहमा साहित्यकार श्रीओम श्रेष्ठ रोदन, डा लक्ष्मणप्रसाद गौतम, डा गीता त्रिपाठी,  साहित्यकार एव‌ं पत्रकार फुलमान वल, ज्ञानु अधिकारीलगायत सहभागी थिए। शाब्दिक बुक्सले...

आलोकको म देश भएको छैन लोकार्पण

काठमाडौँ, असोज ५ गते । साहित्यकार तथा नियात्राकार दामोदर पुडासैनी किशोरले एक समारोहका बीच कवि आलोक खनालको कविता सङ्ग्रह ‘म देश भएको छैन’ को लोकार्पण गर्नुभयो । कृति लोकार्पण गर्दै प्रमुख अतिथि पुडासैनीले आलोकका कविताहरू रहर लाग्दा, आकर्षक र पठनीय छन्, भन्नुहुँदै उनका कविताहरू रूढीवादी र...

अध्यक्ष लेकालीलाई बधाई तथा शुभकामना

काठामाडौँ, भाद्र २० गते बुधवार । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को (सन् २०१८–२०२०) केन्द्रीय अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा साहित्यकार राधेश्याम लेकालीलाई संसाक मासिक, निष्पक्ष मिडिया प्रा.लि., साहित्यकार खेलकुद समाज नेपाल र गोंगबुँ साहित्य समाज नेपालले प्रा.डा.गार्गी शर्माको प्रमुख आतिथ्य र डा.शैलेन्दुप्रकाश नेपालको सभापतित्वमा एक कार्यक्रमको...

आयोजक बंगलादेशमाथि शादार जित हात

भदौ, ढाका । आयोजक बंगलादेशमाथि शादार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो । अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न...