कला/मनोरञ्जन

चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन


चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीको ५८ बर्षको उमेरमा निधन भएको छ । आज बिहान आफ्नो घर टिकाथली नजिकै रुख काटेको हेर्ने क्रममा विजुलीको पोलले लागेर उनको निधन भएको हो ।

चलचित्र कलाकार संघकी महासचिव सरिता लामिछानेले उनको निधन भएको पुष्टि गरिन् । उनको पाटन अस्पतालमा पोष्टमार्टम गरिएको छ ।

कसरी भयो निधन ?

टिकाथलीको आफ्नो घरबाट निस्किएका बोगटी घर नजिकै रुख काटेको हेर्न गाडी रोकेर बाहिर निस्किएका थिए । विपरित दिशातर्फ रुख ढल्दा छेउमै रहेको ट्रान्समिटर सहितको विजुलीको पोलमा रुख ढल्यो ।

रुखलाई विजुलीको पोलले धान्न नसकेपछि उक्त पोल पनि ढलेको थियो । ढलेको पोल र ट्रान्समिटरले उनको टाउको र पेटमा थिचेको थियो । बोगटीको उपचारका लागि बीएन्डबी अस्पतालमा ल्याउँदै गर्दा निधन भएको निर्देशक बसन्त निरौलाले जानकारी दिएका छन् ।

बुध, अशोज २४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

सपना बोकेर सहर छिरेकी कैलालीकि प्रीति प्रीया परियार

मानिसका इच्छा अनेकन हुन्छन् ।मानिसले दु:खद पाउनुको कारण उसको यहि इच्छा पनि हो ।ग्रामीण गाउँ बाट सहरमा आउने लाखौं मानिसको कयौं रहर सपना र चाहनाहरु हुन्छन् । यसैले त काठमाडौं शहरलाई सपनाको शहर भन्ने गरिन्छ । घोडाघोडि न प: 8 लठुवा कैलालीकि प्रीति प्रीया परियार...

बजारमा चांडै आउदै छ

घनस्याम तिमल्सिना को शब्द , गणेश चौधरी को सङ्गीत जयराम सापकोटाको स्वर मा रामकाजी घिमिरे को निर्देशन गोपाल अधिकारिको कोरियो ग्राफी र दिपक राइमाझिको छायांकन मा प्रमुख भुमिका मा हर्सिका बानियाँ(भुनिया ) र जयराम सापकोटा को साथै ज्यास्मिन लामा ,उत्तम केसि, लक्ष्मी नाथ तिमल्सिना ,बादल...

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै

कैलाली भजनीका पृती प्रिया परियार यतिबेला अभिनयमा भविष्य खोज्दै काठमाडौंमा संघर्ष गर्दैछिन् । केही वर्षअघि मोडेल बन्ने चाहना बोकेर कैलालीबाट काठमाडौं आइपुगेकी प्रीयाको मोडेल बन्ने चाहना त पूरा भयो तर अब कसरी स्थापित भइरहने भनेर प्रीया मेहनत गरिरहेकी छन् । सानैदेखिको आफ्नो चाहना कलाकारिता भएकोले...

भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय

नेपाल कलाकारितामा लक्ष्मी लामा नयाँ पुस्ताकी कलाकार हुन् । २०५३ सालमा मकवानपुरको भिमफेदीमा जन्मेकी लक्ष्मी कलाकारितामा निकै सक्रिय छिन् । सामान्य किसान परिवारमा जन्मेर निकै दुख र संघर्ष गर्दै यो क्षेत्रमा आएकी लक्ष्मीले धेरै हन्डर र ठक्कर खाएकी छिन् । सर्ट मुभीका कारण विवादमा परेकी...

हिलोमा फुलेको कमलको फुल ‘ छिरिङ्ग ’

 पछिल्लो समयमा हेर्ने हो भने नेपाली सिनेमा निर्माण बढी हुने गरेको छ । सिनेमा को संख्या बढेता पनि सिनेमाको गुणस्तरमा भने खासै ध्यान दिएको देखिदैन् । हाँस्यरसका मान्छे नहसाउने सिनेमा देखि लिएर छेउ नटुप्पाका फिलिम बाढि आएको अबस्थामा लामो समयबाट साङ्गित क्षेत्रमा लागेका सफल गायक...

दशैँ सम्बन्धी गित संगितहरु बजारमा आऊने क्रममा “मेरी सानु ” प्रदेशीको पिडा बोकेर आए

नेपाली हिन्दुहरुको महान् पर्व बडा दशैँ नजिकिदै गर्दा दशैँ सम्बन्धी गित संगितहरु बजारमा आऊने क्रम जारी छन् यहि शिलशिलामा प्रतिभाशाली गायक एस.के शुन्दाशले “मेरी सानु ” प्रदेशीको पिडा बोकेको मनोरञ्जनात्मक दशैँ गित लिएर आएका छन् मेरी सानुमा शब्द संगीत :सुरेश सुन्दाश (एस.के) स्वर : सुरेश...