प्रमुख समाचार

नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना


 असोज, काठमाडौं । नवरात्रको दोस्रो दिन आज नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणीको पूजा आराधना गर्ने दिन हो । साधकहरु आजको दिन आफ्नो मनलाई माता ब्रह्मचारिणीको चरणमा लगाउँछन् ।

ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ । ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ ।

माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा छ । यस दिन विवाह नभएका कुमारीहरुको पूजा गर्ने प्रचलन छ । कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ ।

नवरात्रको पहिलो दिन घर–घरमा घटस्थापना गरी जमरा राखेपछि बडादशैं शुरु भइसकेको छ । नवरात्रको पहिलो दिन अर्थात् प्रतिपदामा नवदुर्गा भवानीको शैलपुत्री स्वरुपको पूजा आरधना गरिन्छ । शैल भन्नाले हिमाल हो । हिमालयकी पुत्री पार्वतीको स्वरुपमा देवीले अवतार लिएको मानिन्छ ।

दुर्गा भवानीका नौवटा स्वरुपमध्ये शैलपुत्रीको स्वरुप एक हो । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुप छन् । जसलाई नवरात्रभर हरेक दिन फरक–फरक स्वरुपमा पूजा आराधना गरिन्छ ।

दूर्गा कवच मन्त्र–

प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी।

तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति. चतुर्थकम्।।

पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च।

सप्तमं कालरात्रीति.महागौरीति चाष्टमम्।।

नवमं सिद्धिदात्री च नवदुर्गा प्रकिर्तितता ।।।

बिहि, अशोज २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना

असोज, काठमाडौं । आज नवरात्रको आठौं दिन हो । आजको दिनलाई महाअष्टमी भन्ने गरिन्छ । हिन्दूहरुकी देवी शक्तिरुपा नवदुर्गाका नौवटा स्वरुपमध्ये आज महागौरी देवीको पूजा आराधना गरिन्छ । महागौरीको पूजा गर्दा विभिन्न शक्ति पीठहरुमा बली दिने प्रचलन छ । माहागौरी माता दूर्गाको आठौं शक्तिको नाम हो...

आज फूलपाती अर्थात् कालरात्री

असोज, काठमाडौं । आजदेखि हिन्दुहरुको दशैंको खास दिन शुभारम्भ हुन्छ । आजको दिनलाई लोकभाषामा फूलपाती भन्छिन् । चाड मनाउन घर फकर्नेहरु प्रायः आजैका दिन आफ्नो गाउाघरमा पुगिसक्ने प्रचलन छ । आजको दिनलाई शास्त्रीय रुश्रपमा कालरात्री भन्ने गरिन्छ । माता दुर्गाको सातौंं शक्तिलाई कालरात्रीको नामबाट चिनिन्छ ।...

टोखा नगरपालिकाका कार्यकारी प्रमुख पक्राउ र नगरमा घुसखोरीको बिगबिगी

सेवाग्राहीसँग बार्गेनिङ गरेर एक लाख रुपैयाँ असुलेको अख्तियारको दाबी भुक्तानी रोकेर घुसको बार्गेनिङ गर्ने टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) कृष्णप्रसाद सुवेदी पक्राउ परेका छन् । एक लाख रुपैयाँ घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई आइतबार कार्यकक्षबाटै पक्राउ गरेको हो । टोखा–७ मा उपभोक्ता समितिमार्फत निर्माण गरिएको कामको...

आज नवरात्रको पाँचौं दिन नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना

२८ असोज, काठमाडौं । आज नवरात्रको पाँचौं दिन हो । आज नवुदर्गा भवानीको स्कन्दमाता स्वरुपको पूजाआराधना गरिन्छ । भगवान स्कन्द ‘कुमार कार्तिकेय’ को नामबाट पनि चिनिन्छन् । उनी देवासुर संग्राममा देवताका सेनापतिका रुपमा चित्रित छन् । यिनै स्कन्द भगवानकी आमाका रुपमा उनलाई स्कन्दमाता भनिएको छ । नवरात्रको...

आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन

दशैं आयो खाउँला पिउँला कहाँबाट ल्याउँला, चोरी ल्याउँला धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ । आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन्को हार्दिक मङ्गलमय शुभकामना । चाहे गाउँमा बस्नुहुन्छ या शहरमा, चाहे स्वदेशमा हुनुहुन्छ या...

ट्याक्टर ब्रकफेल भएर बेथानचोक काभ्रेमा १ जना मृत्यु र ६ जना घाइते र चालक समान्य

आज करीब साँझ ४:२५ बजेको समयमा गाउँ घरमा पुरानो कपडा पेलेर सिरक , डसना बनाउन हिडेका ट्याक्टर ब्रकफेल भएर बेथानचोक गाउँ पालिका वडा नं. ४ गणेशस्थान वडा कार्यालय अगाडि दुर्घटना हुदा १ जना मृत्यु र ६ जना घाइते र चालक समान्य घाइते ।  खोपासी प्रहरी...