राजनिति

दसैंको शुभकामना र रचना वाचन


काठमाडौँ, असोज २४ गते ।

नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा संसाक मासिक, खोज अनलाइन र साहित्यकार खेलकुद समाज नेपालको संयुक्त आयोजनामा शुभकामना आदान–प्रदान,
रचना वाचन र स्रष्टा भेटघाट कार्यक्रम सम्पन्न गरियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले हिमालको चिसोमा बस्दा, चिसोको कारण केही गर्न नसक्ने सर्प लगाउने शिवजीको शक्ति सधैँ बढ्ने तर बाघ, सिंहमाथि बसेर तिनलाई तह लगाउने दुर्गाहरूको शक्ति सधैँ कमजोर बन्दै जाने, फेरि दुर्गा शक्तिको श्रोत भनेर हामी पूजा, आराधना पनि गरिरहने, यो हाम्रो धर्म र शक्तिको परम्परा बुझिनसक्नु र अचम्मको छ, भन्नुभयो । तर पनि हामी आफ्नो धर्म र परम्परा हो, यसलाई निरन्तर मान्दै आएका छौँ र पछि पनि मान्छौँ, डा. शर्माले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि टोखा न.पा.१० का वडा अध्यक्ष मधुसूदन पाण्डेले देशका उल्झन र अप्ठ्याराहरूमा सिर्जनाको तागत र शक्ति ठूलो हुने बताउँदै देशमा मडारिएको असजिलो अवस्थाहरूलाई सुल्झाउन कविका सिर्जनाहरूले काम गरून् भन्नुभयो । साहित्य र सिर्जनाको लागि आफ्नो सधैँ साथ र सहयोग रहने कुरा पनि अध्यक्ष पाण्डेले दोहो¥याउनुभयो ।

कार्यक्रमका सभापति डा.शैलेन्दुप्रकाश नेपालले नारीहरूको सम्मान, पूजा र शक्तिको वर्णन नै दसैँको सारभूत तत्व हो भन्नुहुँदै आज नेपाली नारीहरू जति पनि प्रताडित, पीडित र शोषित छन्, अग्र भागमा पुरुषहरू देखिए पनि यसो हुनुमा अदृश्य रूपमा नारीकै भूमिका बढी रहेको घटनाक्रहरूले देखाइरहेका छन्, भन्नुभयो ।

कार्यक्रममा आफ्ना शुभकामनासहित रचना वाचन गर्ने अन्य स्रष्टाहरूमा डा.सत्यराज थपलिया, विजयध्वज थापा, गुप्तबहादुर श्रेष्ठ, रत्नप्रसाद श्रेष्ठ अनामणि, कृष्णप्रसाद अधिकारी, टंक बहादुर खत्री, द्वारिका कुइँकेल, तारा के.सी., भैरबी ढुङ्गाना, उत्तम विचार भेटुवाल, प्रशान्त डंगोल, प्रकाश रोका, सन्दर्शिका अधिकारी र प्रकाश रोका हुनुहुन्थ्यो ।

संसाकका सम्पादक उमेश पाण्डेले संयोजन गर्नुभएको कार्यक्रममा खोज अनलाइनका सञ्चालक रत्नप्रसाद श्रेष्ठ अनामणिले अतिथिहरूमा स्वागत मन्तव्य राख्नुभएको थियो ।

बिहि, अशोज २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने

२८ असोज, काठमाडौं । दिवंगत कांग्रेस नेता चक्रप्रसाद बास्तोलाको आज अपराह्न अन्त्येष्टि गरिने भएको छ । शनिबार राति खुमलटारस्थित निवासमा निधन भएका बास्तोलाको आइतबार अपराह्न ४ बजेपछि अन्त्येष्टि गरिने कांग्रेस कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बास्तोलाको पार्थिव शरीरलाई अहिले उनकाे खुमलटारस्थित घरमा राखिएको छ ।...

बहिर्गमित जनमुक्ति सेना पुगे ककस्को ढोकासम्म ?

बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले बाम गठनको सरकार निर्माण पस्चात संचालनगरेको ध्यानाकर्षण पत्र मार्फत संबंधित निकायलाई घच्घच्याउदै ध्यानाकर्षण गरिएको बिबरण निम्न छ । १.सम्माननिय प्रधानमन्त्री के. पि शर्मा वलि ज्यु – सम्माननियपुर्ब प्रधानमन्त्रीहरु क्रमशः २.पुस्पकमाल दाहाल (प्रचण्ड ) ज्यु ,(ने.क.पा. का अध्यक्ष )...

दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत

असोज, काठमाडौं । दशैंको मुखमा सार्वजनिक यातायातको भाडा बृद्धि भएको छ । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ नै रोकेपछि सरकार १० प्रतिशत भाडा बढाउन सहमत भएको हो । हालै मात्र इन्धनको मूल्य बृद्धि भएपछि व्यवसायीले ५ गतेबाट खुला गर्ने भनिएको अग्रिम टिकट बुकिङ रोकेका थिए...

मेलम्चीले उपत्यका को नदीमा बादिपहिरो आउने

असोज, काठमाडौं । मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले पत्रकार सम्मेलन गरी बालबालिका तथा चौपायालाई पनि नदी किनारमा नपठाउन अनुरोध गरिएको हो । पाइप...

नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भ

 असोज, सिमरा । नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले मंगलबारदेखि सुरु गरेको आन्दोलनका कारण सार्वजनिक यातायात प्रभावित भएको छ । सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै संघर्षमा उत्रिएको संघर्ष समितिले मंगलबारदेखि सवारी साधन नचलाउने घोषणा गरेका छन् । ऐन संशोधनको माग राख्दै आन्दोलत्रमा उत्रिएको...

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन

काठमाडौं – नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले डा. भट्टराईको बिरोध गरेका हुन् । डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डा सहित केही युवाले विरोध प्रदर्शन गरेका हुन् ।  डिसी...