परको कुरा साहित्य गतिबिधि

राष्ट्रकवि माधबप्रसाद घिमिरेको कविताले साहित्यमा ज्यादै रुचि बढायो


हेर हेर साथी हो कमिलाको ताँती यो
दुलाबाट निस्केर हिँड्छ धूलामाथि यो

एउटा साथी आएर दिन्छ केको खबर
लगातार अगाडि बढ्छ लावालस्कर
आज जान्छ जन्ती यो कुन देश कुन घर
कहाँ होलिन् दुलही सुनकेस्राझैँ सुन्दर

हाम्रो फूलबारीमा रूखमुनि स्याउको
राखेको छ ढोकामा सेतो छाता च्याउको
पहारिलो कान्लामा सानु-सानु दुलो छ
बाहिर त्यहाँ धूलो छ भित्र दरबार ठुलो छ

कमिलाकी रानी त्यै दरबारमा बस्छिन् रे
आकाशकी इन्द्रेणी धर्तीभित्र पस्छिन् रे
कमिलाकी रानीको आज बिहा हुन्छ रे
घामपानी परेको आज राम्रो दिन छ रे

राष्ट्रकवी माधवप्रसाद घिमिरे~ वास्तबमा यो कविता राष्ट्र कवि माधब प्रसाद घिमिरेले रचना गर्नु भएको हो /यो कविता म कक्षा ३ मा अध्ययन गर्दा महेन्द्र माला किताबमा थियो /यो कविता म लगायत कक्षाका मेरा सबै सहपाथिहरुलाई कन्तष्ठ थियो / कक्षा ३ को महेन्द्र मालाको सबै भन्दा मन पर्ने पाठ थियो मलाइ / मन यसकारणले पर्थ्यो कि साँच्चिकै भन्ने हो भने मलाइ राम्ररी पढन आउदैन थियो तर सार्नमा कक्षा भरिमा राम्रो र छिटो थियो /त्यति खेर मलाइ लागि रहन्थ्यो यति राम्रो यो गीति कविता कसले रचना गर्यो / मेरै लागि लेखेको हुनु पर्दछ / यो रचना गर्ने कविलाई भेट्न पाए म यो आग्रह गर्दथे मैले पढ्न सक्ने र मलाइ मन पर्ने एउटा कविता लेखि दिए म खुब रमाउथे र साथि हरुको अगाडी फुर्ति देखाउथे /

गाउछ गित नेपालि ,आज मेरो आगनीमा लामा दाइ आउछ ,मेरो सानो खरायो जस्ता थुप्रे बाल कविताहरु खुब गाउथे /वास्तबमा यिनै कविताहरुले मेरो बाल मश्तिस्कलाइ छोएको हुनु पर्दछ र मेरो  बालापनमा साहित्य रुचि दिएको हुनु पर्दछ / करिब कक्षा ७ पढ्ने बेलामा अलि अलि कबिता लेख्न थाले / कक्षा ९र १० हुँदा सम्ममा चण्डेश्वरी  माध्यामिक बिद्यालय अतिरिक्त क्रियाकलाप समितिको अध्यक्ष भएँ पछि बिद्यालयका सहायक प्रधानाध्यापक दामोदर अधिकारी सरले बनेपामा लगेर साहित्यकार मोहन दुवाल सर संग भेट गराउनु भयो / अनि सुनमा सुगन्ध थपे जस्तो भयो /जनमत मासिक पत्रिकामा कबिता ,मुक्तक छापिन थाले /बिस्तारे साहित्य कार्यक्रममा सहभागी हुदै गए /पछि काभ्रेली साहित्य संगमको संस्थापक सदश्य बने त्यसै गरि सुनकोशी साहित्य प्रतिष्ठानको पनि बने / पछि बिस्तारै साहित्य कार्यक्रममा बाक्लो उपस्थिति रह्यो /आजसम्ममा २० वटा साहित्यिक पुस्तकहरु प्रकाशित छन् /

वास्तबमा साँच्चिकै भन्ने हो भने ससाना राष्ट्रकावी माधव प्रसाद घिमिरे ज्युको कालजयी बाल कविताहरु बिद्यालय पाठ्य पुस्तकमा नहुदो हो त म मा साहित्य प्रति यस्तो लगाव हुदैनथ्यो /त्यसकारण म उहालाई हृदय देखि साहित्यिक नमन गर्न चाहन्छु /यो बर्ष उअहाको शत्बार्षिक उपलक्ष्यमा सु स्वास्थ दिर्घायुगको कामना गर्दछु /उहाका कृतिहरु नेपालमा मात्र होइन संसार भर फैलिरहोस /उहाको जिउँदो अव्स्थामा नै प्रतिष्ठान खोल्न र उहाको नीति निर्देशन लागु गर्न सकुन /

सोम, अशोज २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यशश्वी उपन्यासकार लीलाध्वज थापाको प्रतिमा कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण

लीलाध्वज थापा साहित्य प्रतिष्ठान र लुम्विनी वाड़मय प्रतिष्ठानको सं युक्त आयोजनामा यशश्वी उपन्यासकार लीलाध्वज थापा को प्रतिमा साहित्य चौतारी कपिलधाम कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण भयो । प्रतिमा को अनावरण प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लुम्विनी वाड़मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले...

टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन

काठमाडौँ, मङ्सिर १५ गते । टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो । यस नगरपालिका क्षेत्रभित्र बसोबास गर्नुहुने कवि एवम् लेखकहरूसँग परिचय, भेटघाट र कवितावाचनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा...

संस्मरण:- बिचलन भएकाे मन

कार्यक्रममा थिए तर मेराे मन मसँग थिएन।भित्र भित्रै पीडाबाेद्व भइरहेकाे थियाे। असाेज १२ गते सम्ममाेहन मुक्तक संग्रह बिमाेचन समाराेह ए वान पार्टी प्यालेस सिनामंगलमा। बुबाकाे अवसानपछि मैले बाहिर हिडेकाे याे पहिलाे कार्यक्रम थियाे मेराे। घरमा एक्लै हुदाँ पीडा बाेद्व असाध्यै हुने। अाफु समालिन धेरै गाह्राे...

मैले बिष पिएको होइन, तिम्रो ब्यबहारले पिउन लगायो

      बिख डायरी म कुलप्रसाद अरे यार म कुलप्रसाद केसि सोनाम होइन उनको जस्तो ममा छैन  कुनै आर्थिक क्रान्तिको चहक शहरी बिद्रोहको धमकेदार छलाङ म त बिख पनि रिन गरेर पिउछु यार यो समृद्ध नेपालमा उस्तै छ साथी हाम्रो बाच्ने तरिका बरु लास भएको छ जिन्दगी प्रिय कमान्डर तिमी सामान्ती भयौ हाम्रो सपना लुटिलग्यौ र त म तिम्रो दरवारमा आए एक...

काव्य गोष्ठी सम्पन्न

काठमाण्डौ, मङ्सिर २ गते। आधुनिक साहित्य परिषद्को आयोजनामा बृहत् साहित्यिक उत्सव – २०७५ डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाट, काठमाण्डौमा सञ्चालन भइरहेको कार्क्रममा अनुपम सिर्जना प्रतिष्ठान नेपालले पनि सहभागी भएर काव्य गोष्ठी सम्पन्न ग-यो । उक्त गोष्ठीमा स्रष्टाहरूले छन्द, स्वचन्दका कविता, गीत तथा गजल वाचन गरे ।...