प्रमुख समाचार

गाउँ फेरि रित्तिन थाले, भरिए शहर


कात्तिक, पोखरा । विजया दशमीको टीका लगाएसँगै यतिखेर विभिन्न सेवा, पेशा र व्यवसाय सम्हाल्ने व्यक्ति फर्कन थालेपछि शून्य रहेको बजरमा चहलपहल बढेको छ ।

दशैँको टीका जमरा विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन भए पनि पश्चिम नेपालका कास्की, स्याङ्जा, तनहुँ लगायत जिल्लामा अधिकांशले विजयादशमीका दिन मात्र टीका लगाउने गर्दछन् ।

विजया दशमीकै दिन टीका लगाउने प्रचलनका कारण यी जिल्लामा उक्त दिन मध्यरातसम्म नै मानिसको आवजजावत हुन्छ । घरका ज्येष्ठ सदस्य र मान्यजनबाट टीका लगाई आशिर्वाद लिन यसअघि रत्तिएका गाउँबस्तीमा दशैँका बेला भने चहलपहल बढेको थियो ।

दशैँको टीका लगाएसँगै रोजगारीका सिलसिलामा आफ्नो कार्यस्थल फर्कनेहरूको यतिखेर बजारमा लर्को लागेको छ भने दुई–चार दिनका लागि भरिएका गाउँ बस्ती पुनःरित्तिन थालेका छन् । यात्रुको चापका कारण सवारीसाधनलाई यात्रु ओसार्न भ्याइ–नभ्याइ भएको छ ।

फर्कने यात्रुका कारण पोखराबाट काठमाडौँ र अन्य शहरमा जानेको चाप निकै बढेको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार साईले जानकारी दिए । पोखराबाट काठमाडौँ र अन्य शहरमा जाने यात्रुवाहक बस खचाखच भरिएका छन् भने टिकट लिनका लागि काउन्टरमा सर्वसाधारणको लर्को देखिन्छ ।

समितिअन्तर्गतका एक हजार ३७८ वटा सवारी साधनमध्ये दशैँ शुरु भएयता एक/दुई दिनबाहेक दैनिक लगभग ९० प्रतिशतले यात्रु ओसारपसार गर्ने गरेको अध्यक्ष साईले बताए । विजया दशमीको भोलिपल्टै कात्तिक ३ गते मात्रै ४०० भन्दा बढी बस पोखराबाट काठमाडौँ गएको पृथ्वीराजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए ।

त्यस्तै कात्तिक ४ गते समितिका ८०० भन्दाबढी सवारी साधनले यात्रुलाई सेवा दिएका थिए भने सोमबार बिहानैदेखि काठमाडौँ जाने यात्रुको अत्यधिक चाप देखिएको छ । ‘सरकारी तथा अन्य निजी कार्यालय खुले पनि कोजाग्रत पूर्णिमासम्म शैक्षिक संस्थामा पठनपाठन नभएका कारण आधाजसो फर्कने क्रममा नै छन्’, उनले भने, ‘कोजाग्रत र आसपासका एक/दुई दिन यात्रुको सङ्ख्या निकै बढ्ने छ, दशैँमा आउनेको जस्तो यात्रुको चाप फर्किंदा भने केही कम हुने गरेको हाम्रो अनुभव छ ।’

विगतमा भन्दा यस वर्षको दशैँमा आपराधिक गतिविधि कम भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । टीका लगाएर फर्कनेको शहरी क्षेत्रमा निकै चाप देखिएको बताउँदै उनले लामो दूरीका बसमा विगतमा जस्तो बढी भाडा लिने गरेको गुनासो नआएको उल्लेख गरे । केही ट्याक्सीले भाडा मनपरी लिएको भन्ने गुनासो आएसँगै उनीहरूलाई नियन्त्रणमा लिएर कारवाही गरिएको उनले जानकारी दिए ।

सोम, कार्तिक ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रदेश ३ को राजधानी काभ्रेमा किन ? धुलिखेलका मेयरले दिए उत्तर

३० कात्तिक, काठमाडौं । हेटौंडाले प्रदेश राजधानीलाई स्थायी कायम गर्न सबै शक्ति लगाइरहेका बेला काभ्रेपलाञ्चोक भने प्रदेश ३ को राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार तयारी हालतमा राखेर बसेको छ । हेटौंडासँग अस्थायी राजधानी बाहेक ठूलो शक्ति छैन, तर काभ्रेसँग प्रदेशसभाको दुई तिहाई भन्दा बढी मत...

काभ्रेको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन

कात्तिक, काभ्रे । काभ्रेको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए...

देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्र्रहालय बनाउने घोषणा

कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्र्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा...

केशब स्थापितलाई बर्खास्त गरेपछि मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप

प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् । प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफैले लिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । मन्त्रालयको काम...

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा केवलकार सञ्चालनमा आए

कात्तिक, जिरी । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको...

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना

कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण...