प्रविधि

युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ,अर्बौं कमाउँछन् २७ वर्षे तन्नेरी


फुर्सदको समयमा रिफ्रेस हुन र विभिन्न सूचनाको लागि विश्वभरका मानिसले भिडियो सेयरिङ साइट युटयुबको प्रयोग गर्ने गर्छन् । यही युट्युबबाट कैयन युट्युबरले करोडौं पैसा कमाइरहेका छन् ।

युट्युब भनेको भिडियोहरु हेर्नको लागि मात्रै हो भन्ने हाम्रो मान्यता रहेको छ । तर, युट्युबमा सिर्जनात्मक भिडियोहरु राखेर अथाह पैसा पनि कमाउन सकिन्छ । त्यसको उदाहरण हुन्, बेलायतका २७ वर्षीय तन्नेरी डेनियल रोबर्ट मिडलटन ।

विश्वचर्चित फोब्र्स म्यागेजिनले सन् २०१७ मा उनलाई विश्वकै सबैभन्दा धेरै पैसा कमाउने युट्युबरको सूचीमा पहिलो स्थानमा राखेको छ । फोर्ब्सका अनुसार उनले सन् २०१७ मा मात्रै युट्युबबाट १६ दशमलब ५ मिलियन डलर अर्थात एक अर्ब नब्बे करोड रुपैंयाभन्दा धेरै कमाएका थिए ।

को हुन् मिडलटन ?

सन् १९९१ नोभेम्बर ८ मा बेलायतमा जन्मिएका डेनियल रोबर्ट मिडलटनलाई धेरैले उनको युट्युब च्यानल ‘ड्यानटिडिएम’बाट चिन्ने गर्छन् । उनको भिडियो च्यानलमा भिडियो गेम माइनक्र्याफ्टहरुको बारेमा आधारित कन्टेन्टहरु रहेका छन् ।

मिडलटनको जन्म बेलायतको अल्डरसटमा भएको थियो । उनको एक भाइ पनि छन् । उनी सानै हुँदा उनको आमाबुबाले डिभोर्स गरेका थिए ।

उनी युट्युबरमात्रै नभई एक लेखकसमेत हुन् । उनले दुई वर्षअगाडि ‘टायारुस एण्ड द इनच्यान्टेड क्रिस्टल’ नामको एक ग्राफिक उपन्यास प्रकाशित गरेका थिए ।

उक्त उपन्यासको पात्रहरुमा उनको युट्युब च्यानलकै पात्रहरु अर्थात डानटिडिएम आफैं, उनको कुकुर ग्रिम र डाक्टर टायारुस रहेका छन् । उक्त उपन्यास द न्यूयोर्क टाइम्सको बेस्टसेलर लिस्टमा धेरै समयसम्म नम्बर एक स्थानमा रहिरहन सफल भयो । त्यस्तै जापानमा पनि उक्त उपन्यास धेरै चर्चित भयो ।

आफ्नो च्यानलको सब्सक्राइबर १ लाख पुगेको उपलक्ष्यमा उनले सन् २०१३ मा पहिलोपटक भिडियोमार्फत आफ्नो वास्तविक अनुहार सार्वजनिक गर्दै फ्यानहरुलाई धन्यवाद दिएका थिए ।

मिडलटनले आफ्नी प्रेमिका जेम्मासँग सन् २०१३ मार्चमा विवाह गरेका थिए ।

यसरी सुरु गरे युट्युव च्यानल

युनिभर्सिटी अफ नर्थह्याम्पटनबाट शिक्षा लिएका मिडलटन सानैदेखि सिर्जनशील थिए । विश्वविद्यालयमै रहँदा उनले सन् २०१० मा पोकेमन खेल्नेहरुलाई लक्षित गरेर युट्युव च्यानल सञ्चालनमा ल्याएका थिए जसमा उनले आफूलाई ‘पोकेम्यान ड्यानएलभी ४५’ नामले चिनाएका थिए ।

पछि सन् २०१२ मा उनले ‘द डायमण्ड माइनक्राफ्ट’ युट्युव च्यानल सञ्चालनमा ल्याए जसको धेरैजसो दर्शक ५–१० उमेर समूहका बच्चाहरु रहेका छन् ।

विस्तारै उनको भिडियो मन पराउनेको संख्या बढ्दै गयो र उनको च्यानल सब्सक्राइब गर्नेको संख्या पनि दिन दुई गुणा रात चौगुणाले बढ्न थाल्यो । सन् २०१५ जुलाईमा उनको च्यानल दर्शक संख्याको आधारमा विश्वभरको लोकप्रिय युट्युव च्यानलमध्ये एक बन्यो ।

मिडलटनले सन् २०१६ मा च्यानलको नाम ‘द डायमण्ड माइनक्राफ्ट’लाई परिवर्तन गरेर ‘डानटिडिएम’ राखे । सुरुमा उनको च्यानल माइनक्राफ्ट गेममा मात्रै आधारित थियो तर पछि उनले च्यानलको नाम परिवर्तनसँगै अन्य भिडियो गेमका पनि भिडियोहरु राख्न थाले ।

दुई करोडभन्दा धेरै प्रयोगकर्ताहरुले सब्स्क्राइब गरेको उनको च्यानल बेलायतमा टप युट्युब च्यानलको रुपमा सूचीकृत छ । उनको च्यानलमा राखिएका भिडियोहरु १३.४ अर्ब मानिसले हेरेका छन् ।

उनले आफ्नाे अर्को च्यानल मोर टिडिएमबाट भिडियो गेमबाहेक आफ्नो दैनिक र व्यक्तिगत जीवनको भिडियोहरु सार्वजनिक गर्ने गरेका छन् । उक्त च्यानलमा पनि ३२ लाखभन्दा धेरै सब्सक्राइबरहरु रहेका छन् ।

मङ्ल, कार्तिक ६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चीनले एउटा यस्तो विशाल भवनको निर्माण गरेको छ, जुन ठाडो होइन सुतेको छ

छिमेकी मुलुक चीन विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा चमत्कार गर्न माहिर छ । यसपटक पुनः यो देशले इन्जिनियरिङको एक अद्वितीय नमूना पेश गरेको छ, जसलाई देख्न पाउँदा दुनिया नै दङ्गदास नभईरहन सक्दैन । चीनले एउटा यस्तो विशाल भवनको निर्माण गरेको छ, जुन ठाडो होइन सुतेको...

फेसबुकले प्राइभेसी फिचर लञ्च गर्दै

सोसल मिडिया प्लाटफर्म फेसबुकले अन्ततः प्रयोगकर्ताले व्यग्र रुपमा प्रतिक्षा गरिरहेको एउटा प्राइभेसी फिचर लञ्च गर्दैछ । Clear History नामक उक्त फिचरको सहयोगमा फेसबुक प्रयोगकर्ताले फेसबुकमा एकित्रत गरिएका डाटा डिलिट गर्न सक्नेछन् । फेसबुकका प्रमुख वित्तिय अधिकारी डेभिड वेहनेरले बार्सिलोनामा जारी मिडिया एण्ड टेलिकम कन्फ्रेन्सका अवसरमा उक्त जानकारी...

दुई फरक फरक विभागबीच युवा वैज्ञानिक सम्मेलन तथा सार्कस्तरीय वैज्ञानिक सम्मेलन

प्रदेश–ं ३ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र त्रिभुवन विश्व विद्यालयको दुई फरक फरक विभागबीच युवा वैज्ञानिक सम्मेलन तथा सार्कस्तरीय वैज्ञानिक सम्मेलन गर्ने गरी शुक्रबार समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।  प्रदेश–ं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...

नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगीन प्रिण्टर सहित २ जनालाई प्रहरीले पक्राउ ग

पोखरामा नक्कली नोटको कारोवार गर्ने दम्पती पक्राउ परेका छन् । नक्कली नोट र नोट प्रिण्ट गर्ने रंगीन प्रिण्टर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो । पोखरा लगायत आसपासका बिभिन्न स्थानमा नक्कली नोटको कारोवार गर्दै आएका उनीहरुलाई जिल्ला प्रहरी कार्यलय कास्कीले पक्राउ गरेको हो । पोखरा...

खान मिल्ने कपडा उत्तर कोरियाले बनायो

काठमाडौं । कपडा पनि खान मिल्छ र ? सुन्दा अचम्म लाग्न सक्छ । उत्तर कोरियामा खान मिल्ने कपडाको विकास गरिएको छ । भोकमरीसँग जुधिरहेको उत्तर कोरियाले प्राण धान्न सकिने गरी खान मिल्ने कपडा बनाएको हो । अनौठो प्रयोग गर्न माहिर उत्तर कोरिया कहिले आणविक हतियार परीक्षणका...

टुटलका सेवाका समबन्धमा उठेका केही प्रश्नहरु

हामीलाई २०४९ मा बनेको यातायात व्यवस्था ऐनमा टेकेर कारबाही थालिएको छ । २०४६ पछि देश कहाँबाट कहाँ पुग्यो, विश्वले प्रविधिमा कसरी फड्को मा¥यो ? यो सबै अब हामीले सरकारलाई सम्झाउनुपर्ने हो र ? नेपालमा  संवैधानिक राजतन्त्र खारेज भएर गणतन्त्र पनि आइसक्यो । अब पनि हामी त्यही...