स्थानीय समाचार

दसैंको शुभकामना र चियापान


काठमाडौँ, असोज २३ गते ।नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा टोखा न.पा.वडा नं. ८ ले शुभकामना आदान–प्रदान, चियापान र भेटघाट कार्यक्रमको आयोजना ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व रक्षामन्त्री संघीय सभासद् भीमसेनदास प्रधानले सुझावलाई सकारात्मक रूपमा लिनसके यसले उर्जा थप्ने काम गर्छ, भन्नुहुँदै हरेक काम सफल बन्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । ‘सबै राजनीतिक पार्टीहरूले प्रतिस्पर्धात्मक रूपमा काम गरेमात्र जनताले सुख पाउँछन्’, प्रमुख अतिथि प्रधानले भन्नुभयो, ‘एकता र प्रतिस्पर्धाले ०४६, ०६२÷०६३ को आन्दोलन सफल भएको उदाहरण हाम्रो सामू छँदैछ ।’ समृद्धिको लागि दूर दृष्टि राखेर काम गर्नु आवश्यक भएको पनि माननीय प्रधानले बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताको विश्वासलाई आत्मसाथ गर्दै आपूm काममा लागिरहेको भन्दै टोखाको विकास र समृद्धि अरू नगरपालिकाहरूको भन्दा कम नभएको बताउनुभयो । ‘नगरले कुनै व्यक्ति, क्षेत्र वा समूह विशेषलाई हेरेर नभै सबैलाई समान रूपमा हेरेर काम गर्छ र गर्दैछ’, नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘विकासका काममा राजनीतिको लागि राजनीति नगरौँ भन्ने हाम्रो चाहना हो, राजनीति गर्नेले जनताको भावना र विकासको रणनीति पनि बुझ्नु जरुरी छ ।’ सबैले विरोधको लागि विरोध हैन, टोखालाई सुखी र सम्पन्न बनाउन लाग्नुपर्ने वहाँको अनुरोध थियो ।
कार्यक्रमका सभापति तथा वडा नं. ८ का वडा अध्यक्ष केशवबहादुर खत्रीले कार्यक्रमका बारेमा प्रकाश पार्दै नगरको विकासमा यो–त्यो ठाउँ, तेरो–मेरो, यो पार्टी–ऊ पार्टी नभनी साझा भावनाले गर्न आपूm तयार रहेको बताउँदै त्यसको लागि नगरबासी, प्रशासन, कर्मचारी सबैको साथ र सहयोग हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्यारामाउन्ट एकेडेमीकी कक्षा– ८ की छात्रा श्रेया गौतमलाई उपत्यकाव्यापी अङ्ग्रेजी हस्तलेखन प्रतियोगितामा १४ सय प्रतिस्पर्धीहरूलाईपछि पार्दै प्रथम भएकोमा नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘हाइटेक’ प्रविधि प्रयोग गरेर पेट्रोल पम्पद्वारा ठगी

काठमाडौं – पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ-याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो। अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर कम...

युवा नेत्र सेवाले कीर्तिपुरमा गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरे

काठमाडौं । युवा नेत्र सेवाले शनिबार कीर्तिपुरमा गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य क्षेत्र सर्वसाधरणको पहुँच भन्दा बाहिर रहेको भन्दै युवा नेत्र सेवा अर्थात युथ आइ सर्भिस टेकुले स्वास्थ्य सेवा प्रदान गर्न गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो । अर्थात युथ...

टोखा १० मा दसैंको शुभकामना र चियापान

काठमाडौँ, असोज २७ गते । नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा टोखा न.पा.वडा नं. १० ले शुभकामना आदान–प्रदान तथा चियापान र नगरबासीहरूबीचमा भेटघाट कार्यक्रमको आयोजना ग¥यो । त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताको विश्वास जितेर...

“ दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब हुने मध्य नजर गर्दै  समिट होटेलमा रक्तदान”

हरेक बर्ष जस्तै यस बर्ष पनि  दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब  हुने हुदा त्यसलाइ मध्य नजर राख्दै प्रत्येक बर्ष यस समिट होटल प्रा.लिको प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समिट होटल प्रा.लि र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा गरिदै आएकोमा यस बर्ष जम्मा ११६ जनाले...

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...