स्थानीय समाचार

टोखा १० मा दसैंको शुभकामना र चियापान


काठमाडौँ, असोज २७ गते । नेपालीहरूको महान् चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा टोखा न.पा.वडा नं. १० ले शुभकामना आदान–प्रदान तथा चियापान र नगरबासीहरूबीचमा भेटघाट कार्यक्रमको आयोजना ग¥यो ।
त्यस अवसरमा कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जनताको विश्वास जितेर आपूm नगरपालिकाको विकास र समृद्धि काममा लागिरहेको भन्दै नगरमा राम्रो काम गर्ने वडा, समूह वा विकास साझेदारहरूलाई पुरस्कृत गर्नेे कुरा बताउनुभयो । ‘नगरले कुनै व्यक्ति, क्षेत्र वा समूह विशेषलाई हेरेर काम गर्दैन र गरेको पनि छैन त्यसैले राजनीतिको लागि राजनीति नगरौँ’, नगर प्रमुख अधिकारीले भन्नुभयो, ‘विरोधको लागि विरोधभन्दा सुखी र सम्पन्न टोखा बनाउन सबैलाग्नु आवश्यक छ ।’ विकास निर्माणका काममा सामुहिक भावना लिएर लाग्नुपर्नेमा पनि वहाँको जोड थियो ।
कार्यक्रमका सभापति तथा वडा नं. १० का वडा अध्यक्ष मधुसूदन पाण्डेले कार्यक्रमका बारेमा प्रकाश पार्दै एक–आपसमा सामुहिक भावनाको विकास गरी भातृत्व, मेलमिलाप र शान्तिको लागि दुर्गा माताले हामी सबैमा सद्बुद्धि दिऊन्, भन्नुभयो । आपसी विशवास र समझदारीबाटनै हामी सुखी र समृद्धिको बाटोमा लम्कन सक्ने हो, पाण्डेको भनाइ थियो ।

बुध, कार्तिक ७, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

‘हाइटेक’ प्रविधि प्रयोग गरेर पेट्रोल पम्पद्वारा ठगी

काठमाडौं – पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ-याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो। अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर कम...

युवा नेत्र सेवाले कीर्तिपुरमा गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरे

काठमाडौं । युवा नेत्र सेवाले शनिबार कीर्तिपुरमा गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको छ । स्वास्थ्य क्षेत्र सर्वसाधरणको पहुँच भन्दा बाहिर रहेको भन्दै युवा नेत्र सेवा अर्थात युथ आइ सर्भिस टेकुले स्वास्थ्य सेवा प्रदान गर्न गरेको मोतिबिन्दु शल्यक्रिया कार्यक्रम आयोजना गरेको हो । अर्थात युथ...

दसैंको शुभकामना र चियापान

काठमाडौँ, असोज २३ गते ।नेपालीहरूको महान चाड विजयादशमी, शुभदीपावली, नेपाल सम्वत् र छठ पर्वको पावन अवसरमा टोखा न.पा.वडा नं. ८ ले शुभकामना आदान–प्रदान, चियापान र भेटघाट कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि पूर्व रक्षामन्त्री संघीय सभासद् भीमसेनदास प्रधानले सुझावलाई सकारात्मक रूपमा लिनसके यसले उर्जा थप्ने...

“ दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब हुने मध्य नजर गर्दै  समिट होटेलमा रक्तदान”

हरेक बर्ष जस्तै यस बर्ष पनि  दशैं र तिहारको बेला प्राय हस्पितलहरूमा रगतको अभाब  हुने हुदा त्यसलाइ मध्य नजर राख्दै प्रत्येक बर्ष यस समिट होटल प्रा.लिको प्रायोजनमा अखिल नेपाल होटल क्यासिनो तथा रेस्टुरा मजदुर संघ समिट होटल प्रा.लि र स्टाफहरूको तर्फ़बाट रक्तदान काय्रक्रममा गरिदै आएकोमा यस बर्ष जम्मा ११६ जनाले...

विश्व मुटु दिवसमा मंगलबजारदेखि नालासम्म साइकल यात्रा

काभ्रेको प्राचीन शहर नालाको पहिचानलाई धेरैभन्दा धेरै समुदायसम्म पुर्याउनुका साथै मुटुरोगसम्बन्धी जनचेतना जगाउनका लागि नालाका युवाहरुले मंगलबजारदेखि नालासम्म साइकल यात्राको आयोजना गरेका छन् । असोज १३ गते(२९ सेप्टेम्बर)मा मनाइने विश्व मुटु दिवसका अवसरमा साइकल यात्राको आयोजना गरिएको आयोजक जी व झिगु नालाका संयोजक ईश्वर अनामणि श्रेष्ठले...

समिट होटलको ३८ औ बार्षिक उत्सब भब्य रुपमा सम्पन्न

हरेक बर्ष सेक्टेम्बर १५ तारिकका दिन यस समिट होटलको ३८ औ बार्षिक उत्सब मा समिट होटलको आयोजनामा भएको ४ कि.मि.दौड प्रतियोगितामा पुरष ३८ र महिला ११ गरि जम्मा ४९ जनाको सहभागितामा भएको दौड प्रतियोगितामा पुरष तर्फ़ प्रथम बुद्ध घिसिंग, दोस्रो बाबुराम राई, तेस्रो शंकर आचार्य...