स्वास्थ्य

नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ, नाम अनुसारको सफलता


बाल्यावस्थामा बुबा आमाले सपना बुन्नुभएको थियो होला छोराले नाम अनुसारको समाजमा इज्जत राखोस् भनेर । काभ्रे जिल्लाको नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ व्यापारको सिलसिलामा बुबा राजधानी छिरेपछि काठमाडौंको असन नजिकै न्ह्यौखामा हुर्किनुभयो । अनि उहाँलाई अध्ययनका लागि परिवारले कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलमा भर्ना गरिदियो । उहाँले लेबोरेटोरी स्कुल कीर्तिपुरबाट २०३५ सालको एसएलसीमा बोर्ड टप गरिदिनुभयो ।

सानैदेखि निकै तीक्ष्ण स्वभावका उत्तम अहिले आफ्नो विधामा पनि उत्तम हुनुहुन्छ । एसएलसी परीक्षामा बोर्ड टपर भएर उत्तम बनेका प्रा.डा. उत्तम कृष्ण कार्डियोभास्कुलर सर्जरीमा पनि उत्तम हुनुहुन्छ । 
विगत साँढे ३ वर्षदेखि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा कार्यकारी निर्देशकका रुपमा सेन्टरको व्यवस्थापनको जिम्मा लिएर काम गरिरहनुभएको छ प्रा.डा. उत्तम कृष्णले । उहाँको कार्यकालमा सेन्टरले मुटुको उपचार र अनुसन्धानमा विशेष योगदान गरेको भन्दै विश्व मुटु दिवस २०१८ को उपलक्ष्यमा २२ वटा मुटुसम्बन्धि विधामा काम गरिरहेका विभिन्न संस्था सम्मिलित नेपाल हार्ट नेटले उत्कृष्ठताको प्रमाणपत्र प्रदान गरेको छ । यस अंकको करियर स्तम्भमा हामीले प्रा.डा. उत्तमलाई उभ्याएका छौं । आफ्नो करियरबारे के भन्नुहुन्छ ? जानौं उहाँको आफ्नै शव्दमा ।

कार्डियोभास्कुलर सर्जन बन्ने निधो 
एसएलसी पास गर्नासाथ के बन्ने भन्ने सोच आउँदो रहेनछ । त्यो बेला गोरखापत्रलाई अन्तर्वार्ता दिँदा जानी नजानी डाक्टर पढ्ने भनेको थिएँ । संयोग अहिले डाक्टर बनेँ । एम.बी.बी.एस.पश्चात् नेपालमा पहिलोपटक मुटु खोल्ने डाक्टर दिनेश नाथ गोँगलसँग बीर अस्पतालमा इन्टर्नसिप गर्ने मौका पाएको थिएँ । उहाँको काम गर्ने तरिका र क्षमता देखेर सर्जरीतिर ढल्केको हो । त्यही बेला मैल निधो गरेको हो इन्टरसिपछि सर्जन बन्छु भनेर ।
त्यसपछि त्रि.बि. का पूर्व उपकुलपति एवं वरिष्ठ कार्डियोभास्कुलर सर्जन स्वर्गीय प्रा.डा.गोविन्द प्रसाद शर्माले कार्डियोभास्कुलर सर्जरीतर्फ लाग्न प्रेरित गर्नुभयो र सोही अनुसार कार्डियो भास्कुलर थोरासिक सर्जरीमा आफ्नो करियर बनाएँ । कार्डियो भास्कुलर सर्जरीमा मुटु, फोक्सो र रगतको नसा खोल्ने गरिन्छ ।

इन्डोभास्कुलर एओर्टिक शल्यक्रियामा फड्को 
नेपालमा ५ वर्षअगाडि इन्डोभास्कुलर पद्धति अपनाएर सफल इन्डोभास्कुलर एओर्टिक सर्जरी गरेको थिएँ । एओर्टिक आफैंमा चुनौतिपूर्ण सर्जरी हो । यो इन्डोभास्कुलर र ओपन दुवै किसिमबाट गर्न सकिन्छ । एओर्टा मुटुबाट पम्प गर्ने ठूलो नसा भएकाले कतिपय अवस्थामा मुटुका अन्य शल्यक्रिया भन्दा थोरासिक एओर्टिक सर्जरी जटिल मानिन्छ । यसमा संक्रमण र मृत्यु दर प्रति सयमा २० देखि २५ प्रतिशतसम्म हुन्छ ।
एओर्टिक सर्जरीको विकास सन् १९९० पछाडि भएकाले यसको इतिहास लगभग विश्वमा ३० वर्षजति मात्र भएको छ । कम चिरफार गरेर वा सानो घाउ पारेर वा घाउ नै नपारीकन इन्डोभास्कुलर पद्धतिबाट यस प्रकारको सर्जरी गर्न सकिन्छ । तिघ्रामा सानो घाउ पारेर क्याथ ल्याबको सहयोगबाट फूलेको वा च्यातिएको रगतको नसा भित्रैबाट बन्द गर्ने र नसा धेरै फुलेको अवस्थामा भित्रैबाट पाइप राख्नुपर्छ ।

यसबाट फूलेको भागमा रगत सञ्चालन हुन पाउँदैन । हामीले इन्डोभास्कुलर प्रविधि नेपालमा शुरु गरेको सन् २०१३ बाट हो । अहिले करिब पाँच वर्ष भएको छ । सफलता पनि राम्रो छ । इन्डोभास्कुलर सर्जरीको सफलदर ९५ प्रतिशत भन्दा धेरै हुन्छ । तर ओपन थोरासिक भास्कुलर सर्जरीको सफल दर प्रति १ सयमा करिब ८० देखि ८२ प्रतिशत जति हुन्छ ।

सेन्टरको सुधार 
मनमोहन कार्डियाभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा ४ वर्षको कार्यकाल सफलतापूर्वक पूरा गरिरहेको छु । सेन्टर स्थापनको ९ वर्षको अवधिमा शुरुका दिनमा प्रा.डा. प्रकाश सायमीले २ वर्ष र त्यसपछि प्रा.डा.रत्न पौडेलले २ वर्षजति कार्यकारी निर्देशको जिम्मेवारी सम्हाल्नुभएको थियो ।
विगतमा सेन्टरको फार्मेसीबाट २ करोड ५० लाख जति फाइदा हुने गरेकोमा त्यो बढेर अहिले ६ करोड पु¥याउन सफल भएको छ । ८० वेडको यो सेन्टरले मात्र नभई आम सर्वसाधारण बिरामीले पनि फाइदा पाएका छन् । यहाँबाट औषधि खरीद गर्दा बिरामीले करोडौं फाइदा लिएका छन् । जनतालाई फाइदा दिएर अस्पताल नाफामा हुनुपर्छ भन्ने सिद्धान्त हो । त्यही अनुसार सफलता पनि मिलिरहेको छ । गत वर्ष सेन्टरले विपन्न नागरिकलाई मुटु, फोक्सो र रक्तनलीको उपचार र शल्यक्रियामा १८ करोडको निःशुल्क सेवा दिएको छ । मुटु रोग लागेका १५ वर्षमुनिका बालबालिका र ७५ वर्ष माथिका, बाथ मुटुरोग लागेका सबैलाई शल्यक्रिया उपचारमा निःशुल्क छ ।
सेन्टरमा मुटु, फोक्सो र रक्तनलीका बिरामीको चाप धेरै छ । गत वर्षमात्र मुटु फोक्सो र रगतको नसा गरी १ हजार ९ सय शल्यक्रिया गरेको छ । ओपिडीमा ६५ हजारले सेवा पाए । अहिले यहाँ पर्मानेन्ट फ्याकल्टी चिकित्सक २५ जना, पी.एच.डी., कार्डियोलोजी डी.एम., एम.सी.एच. रेजिडेन्ट १० जना, मेडिकल अफिसर २४ जना, २ सय जनाभन्दा बढी नर्स, केही पारामेडिक्स, अफिस कर्मचारीले सेवा प्रदान गरिरहेका छन् । यो स्वतन्त्र संस्था हो । त्रिभुवन विश्वविद्यालय र डीन कार्यालयको मातहतमा रहेको यो सेन्टरले गरेको उपलब्धिलाई डायमण्डको रुपमा हेर्ने गरिएको छ । स्वःआर्जन गरेर सेन्टरले निरन्तरता पाइरहेको छ । संस्थाले नाफा भन्दा पनि सहुलियत दरमा उपचार सेवा प्रदान गरिरहेको छ ।

सुइट र हाइब्रिड शल्यक्रिया 
बिरामीको चाप न्युनिकरण गर्न अर्को ४१ वेड क्षमताको मनमोहन भवन एनेक्स विल्डिङ बन्दै छ । एक वर्षमा सञ्चालनमा आइसक्ने यो भवन अस्पतालको अवधारणामा बनेको छ । यसमा ‘सुइट’ सिस्टमको व्यवस्था हुन्छ जहाँ देशका राष्ट्रपति, प्रधानमन्त्रीस्तरका सम्म आउँदा अत्यधिक सुविधा उपलब्ध गराउने गरी बनाइएको सिस्टम एवं क्याथल्याब र शल्यक्रिया दुवै गर्नसक्ने हाइब्रिड अपरेशनको सुविधा हुन्छ । यसबाट कार्डियोभास्कुलरसम्बन्धि अझ जटिल शल्यक्रिया गर्न सकिन्छ । यहाँ २ वटा अपरेशन थियटर, ४ वटा आईसियू र ननइन्भेजिव ल्याबको व्यवस्था हुन्छ । सेन्टरले शल्यक्रियाका साथै मुटु रोग रोकथामलाई बढी जोड दिएको छ ।
(डा.उत्तम भास्कुलर सोसाइटी अफ नेपालको संस्थापक अध्यक्ष हुनुहुन्छ ।)

शनि, कार्तिक १०, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चिनी रोगसँग नडराऔं, क्यालोरी नापेर खाऊँ

 २८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको तीन दिन पहिले आइतबार डा. अंशुमाली जोशी आफ्नो क्लिनिकमा आएका मधुमेहपीडित भोजपुरका दुर्गाबहादुर राई (७५) लाई सम्झाउँदै थिए, ‘ ‘सुगर भयो भन्दैमा आत्तिइहाल्नुपर्दैन, चार कुरामा ध्यान दिए यो नियन्त्रणमा आउँछ ।’ डा. जोशीले भनेका चार कुरा यी हुन्:...

हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सन्चालनमा

काठमाडौं । डा. उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको हृयाम्स अस्पतालले अब अन्तर्राष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधिसहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,अर्जुन कार्की, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित हृयाम्स अस्तपाल सन्चालनमा आएको हो । धुम्बाराहीमा १५ रोपनी...

स्थापनाकालदेखि ओम अस्पतालमा आवद्ध बरिष्ठ डाक्टर भोला रिजालले ओम अस्पताल छाडे

काठमाडौं : स्थापनाकाल देखि ओम अस्पतालमा आवद्ध बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पताललाई यो स्थानमा ल्याउन महत्वपर्ण योगदान पुर्याएका रिजाल अस्पतालबाट एकाएक बाहिरिएका हुन्। ‘किन बाहिरिए रिजाल ओम अस्पतालबाट?’ ओम अस्पतालबाट डाक्टर रिजाल बाहिरिनुको भित्री कथा भने निकै रोचक छ। रिजालले पहिलेदेखि...

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड

१६ भदौ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड भएको छ । एक महिलाको उपचारमा लापरवाही गरेको भन्दै पीडित पक्षले तोडफोड गरेको हो । तर, अस्पताल नजिकै रहेको प्रहरीले नियन्त्रणको प्रयाससमेत नगरेको अस्पताल प्रशासनको भनाइ छ । हरिवन नगरपालिका वडा नं. ७...

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन

काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र...

मेरो कुरामारीत्वमाथि आशंका

‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’ अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै...