साहित्य गतिबिधि

११० औँ महाकवि देवकोटा जन्मजयन्तीमा कविता वाचन


काठमाडौँ, कार्तिक १० गते ।
नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले आयोजना गरेको देवकोटा जयन्तीको कार्यक्रमा प्रा.डा. कुमारप्रसाद कोइरालालाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गरियो । कार्यक्रममा प्रमुख अतिथि कुलपतिले यस वर्षको पहिलो कार्यक्रममा नै महाकविप्रति श्रद्धासुमन व्यक्त गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । सामाजिक सेवा अभियन्ता शिक्षामा राम्रो योगदान पुराउनुभएका प्रा.डा. कुमार कोइरालालाई सम्मान प्रदान गरिएकोमा प्रतिष्ठानलाई धन्यवाद भन्दै यसबाट धेरैलाई काम गर्ने प्रेरणा मिलेको छ, भन्नुभयो । कार्यक्रममा लीलाध्वज थापा साहित्य प्रतिष्ठानले प्रकाशन गरेको मुकुन्द न्यौपानेको ‘मनको आँखा’ हाइकुसङ्ग्रहको विमोचन पनि गरिएको थियो । यो कविसम्मेलनमात्र नभएर कविहरू तयार गर्ने कार्यसाला नै भएको विचाव्यक्त गर्दै प्रतिष्ठानलाई धन्यवाद ज्ञापन पनि गर्नुभयो । सो कार्यक्रममा प्रा.डा. कुमार कोइरालाले सम्मानित भएकोमा खुशी व्यक्त गर्दै प्रतिष्ठानलाई धन्यवाद व्यक्त गर्नुभयो ।
चार दर्जन बढी स्रष्टाहरूले भाग लिनुभएको सो कार्यक्रममा त्रिभुवनचन्द्र वाग्ले, डा शेषराज आचार्य, अतृप्त पाण्डे, उमा दाहाल, भगवती रोका भूमिका, कुमार नेपाल, प्रकाश बस्नेत गफाडी, मानन्धर अभागी, जनार्दन अधिकारी धडकन, नम्रता उप्रेती, मुकुन्द न्यौपाने, गुप्तबहादुर श्रेष्ठ, वासुदेव गुरागाईं, ठाकुर शर्मा भण्डारी, ओजस्वी गौतम, गणेशप्रसाद खतिवडा, बालिका गिरी, शिवराम खडका, नारायण भण्डारी जनकपुरी, जगदिश्वर पोखरेल, श्रीधर पौडेल, उर्मिला पन्त पाण्डे, पदम दोङ, गङ्गा आचार्य नुवाकोट, उत्तम विचार, विजयध्वज थापा, पुष्पा धमला, दुर्लभ शाह त्यागी, राजबाबु श्रेष्ठ सागर, रामेश्वर राउत मात्रीदास, मिशन अधिकारी, रविन्द्र आशिस शैली, कृष्ण देव रिमाललगायतले रचना वाचन गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठनका सदस्य रामप्रसाद पन्तले स्वागत मन्तव्य दिनुका साथै सम्मानित प्रतिभा कुमार कोइरालामाथि प्रकाश पार्नुभयो । कार्यक्रमको अन्तमा प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले सबैले अत्यन्त राम्रा रचना वाचन गरेको उल्लेख गर्दै सम्मान ग्रहण गरिदिनुभएकोमा सम्मानित हुनुहुने लगाएत सम्पूर्णमा धन्वाद ज्ञापन गर्नुका साथै महाकवि देवकोटाको देन माथि प्रकाश पार्दै कार्यक्रम विसर्जन गर्नुभएको थियो ।

सोम, कार्तिक १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...

पुस्तक परिचय:- बर्णमालामा गीत

नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै अाउनु भएकि द्वारिका कुइकेल पछिल्लाे समय वर्णमालामा गीत भन्ने बालगीत संङ्ग्रह लिएर बालसाहित्य क्षेत्रमा प्रवेश गर्नु भएकाे छ। उहाँकाे मुल बिधा चहि हास्यब्यङ्ग नै हाे। समाजमा घट्ने विभिन्न बिसंगति र बिकृर्तिहरूलाई हास्य रसले सिङ्गारेर ब्यङ्ग हान्न उहाँ खपिस् देखिनु...