साहित्य गतिबिधि

कवि सूर्यप्रसाद लाकोजूको हिन्दीमा अनुवादित कविता संग्रह दिवाकर का चुम्बन लोकार्पण


कवि सूर्यप्रसाद लाकोजूको कविता संग्रह घामको चुम्बनको हिन्दीमा अनुवादित कविता संग्रह दिवाकर का चुम्बन लोकार्पण भएको छ ।सो कविता संग्रह राष्ट्रकवि माधबप्रसाद घिमिरेले एक कार्यक्रम बिच गर्नुभएको हो । पुस्तक लोकार्पण गर्दै राष्ट्रकवि घिमिरेले नेपाली कविता हिन्दी भाषामा अनुवाद हुनु भनेको ठूलो कुरा भएको बताउनु भयो ।भारतको पूर्वोत्तर राज्य आसामका साहित्यकार तथा अनुवादक चन्द्रमणी उपाध्यायले अनुवाद गरेको सो कविता संग्रहले हिन्दी साहित्यका पाठकलाई नेपाली साहित्यको स्वाद दिने विश्वास गरिएको छ ।  सो पुस्तकका बारेमा डा. गोविन्दराज भट्टराई र समालोचक ज्ञान् बहादुर क्षेत्रीले आ आफ्नो बिचार व्यक्त गरेका थिए ।

मङ्ल, कार्तिक १३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...

मैनाली कथा सम्मान विजय सागरलाई प्रदान

काठमाडौँ, चैत १९ गते । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा साहित्यिक पत्रकार संघले ‘३७ औं कथा दिवस’ समारोहको आयोजना ग¥यो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनुभएको थियो । सो अवसरमा कथाकार विजय सागर (भैरहवा) लाई २०७५...

नियात्रा लेखनमा घनश्याम राजकर्णिकारको चर्चा !

काठमाडौँ, चैत २३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको नियात्रा महिला समितिले ‘नियात्रा उत्सव’ कार्यक्रम राजधानीमा आयोजना ग¥यो । उद्घाटन वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले गर्नुभएको थियो । कार्यक्रमको उदेश्य र महत्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पार्नुभएको थियो । समितिका सयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न...

साहित्यकार खेलकुद समाज (साखेस) नेपालको साहित्यिक वनभोज

काभ्रे (नाला), चैत्र ९ गते शनिवार । साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रम काभ्रेको नाला, सानोवन स्थित सिद्धार्थ युनिभर्सिटीको गुम्बा परिसरमा सम्म्पन्न भएको छ । साखेस नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वनभोजमा कार्यक्रम यो वर्ष तेस्रो हो । यसअघि यसले २०७३ मा पहिलो...

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...

शङ्कर लामिछानेको ९२ औँ जन्म उत्सव मनाइयो

काठमौँ, चैत्र ५ गते मङ्गलवार । नेपाल प्रज्ञा प्रतिष्ठानको सहकार्यमा शङ्कर लामिछाने प्रतिष्ठानले प्रसिद्ध निबन्धकार शङ्कर लामिछानेको ९२ औँ जन्मोत्सव समारोह राजधानीमा सम्पन्न ग¥यो । सो अवसरमा वरिष्ठ साहित्यकार पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन, वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारलाई नगद रु. पचासहजारसहित शङ्कर लामिछाने निबन्ध पुरस्कार...