कला/मनोरञ्जन

साथ र साथी जस्ले फरक पार्दछ जिन्दगीमा


जिन्दगीमा केही साथहरु प्रिय हुन्छन् । केही साथीहरू झनै प्रिय ।साथी माया हो । प्रेम हो । देउराली लेक छुन हतार गर्ने बादल पनि हो साथी । राजा महेन्द्रको एउटा गीत छ : एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा एउटा साथीको साथले कति फरक पार्दछ जिउनुमा उत्कर्सकालीन पञ्चायतकालमा लेखिएको यो गीत भाव गहिरो छ । कोमल मान्छेको मन भित्र त्यो बढो बेगले छिर्छ । मनमा तरंग सिर्जना हुन्छ । संगीतमा खास शक्ति हुन्छ ।यसैले साथी भनेको संगीतको राग जस्तै कर्णपि्रय हुन जरुरी छ। साथीको भिडमा आफुलाइ गायिका भन्दा धेरै मोडल ठान्ने प्रीति प्रीया परियार आएका छिन सुस्तरी ।जसरी आउछ घाम लाग्दालाग्दै पानी । हिउँद नलाग्दै जाडो । यो उनी आएकी छिन बडो प्रेमिल भएर । हामिसग केही अग्ला पर्खाल निर्माण गरेको छ यो खुनी समाजले । जस्तो उनी यो देशमा शोषणमा परेको दलित समुदायकि केटी म परे यो देशमा उच्च जात भनिने बाहुन । उनी मेरो भन्दा बिपरित लिंग भएकी जीव । म लिङ्ग कै आधार मा शासन गर्ने बर्ग ।उनी पश्चिम् कि गुलाफ फुल म परे यो मध्य देशको अहमकारी जीव । सामाजिक समरचना मानिसलाई कुरा काटने बाटाहरु धेरै छ्न ।यसको लागी माथिका उदाहरण नै काफी छन ।यो बन्धन भएन भने मात्र हाम्रो मित्र कायम हुन्छ । कलिलो उमेर र चन्चले स्वभावकि छिन प्रीति । उनी मेरो नाममा फेक आइडीको बर्दीमा उनिदिन्छिन ।यस्तो पनि नाम हुन्छ ।लज्जालु छिन फ़ेरि भन्छिन सरि है साथी । आकाशको बिम्ब हो निलो हुनु । आकाश गहिरो छ र पो यस्को अन्नत उचाइ निलो छ । निलो भएर फुलेको पारिजात पछि नै बसन्त ऋतु बैसालु हुन्छ ।निलो हुनु खराव होइन ।निलो हुनु नदि हुनु हो ।गतिशील हुनु हो । मलाई उनी निलो नदि झै चन्चल लाग्यो ।कुनै एक प्रेमी उनको नाउँ मा यसरी पनि चिठी लेख्न सक्छ । प्रिय प्रीया यो रातको दियो बल्ने याम तिमिलाइ सम्झिरहेछु ।तिमी हुनु भनेको उज्यालो हुनु हो ।

तिमी हुनु भनेको दु:ख र सकस दुर हुनु हो । तिमी हुनु भनेको मेरो जिन्दगीमा सदासदा बसन्त आइरहनु हो । प्रिय तिमिलाइ भुल्नु जिन्दगी अनेकौं रहर मार्नु हो । म तिमिलाइ सम्झ्ने आदतमा छु । रेडियोमा एउटा गीत सदाबहार बजिरहन्छ म दुर देखि आए तिम्रो नाम बोकेर । एउटा रितु आएको छ जिन्दगीमा दूर देखी । प्रीति आएकी छिन रितु बोकेर । सायद म सग भेट्न उनलाइ मन थिएन ।भेटनुपर्ने मानिस दुर थियोे ।भेटिनुपर्ने मानी स जसलाई जिन्दगीमा नयाँ क्यानभास कोर्न साह्रै लाज लाग्छ।यो कुरा मैले बुझेको छु।हिनता छ ममा । हाम्रो भेट भएको छ ।बोल्न उति मन छैन उनलाई । कलाकार एन्टिनाको लामो टुप्पीले आजकाल टावर टिपदैन । बाहुन घुस्सा 53 ठक्करको याद आउछ बरु । माग्ने बुढा आजकाल टुप्पी भान्जा खोज्छ्न कि खोज्दैनन होला । मेरै छेउमा छन मित्र एन्टिना ।स्कुलमा शैक्षिक फिल्म बोकेर हिडने यी सालिन मनुवा बडो बिन्दास छन । सहरमा हामी घनिष्ठ मित्र हौ ।माओवादी कालमा हलमा हिन्दी फिल्म विरुद्ध आगो ओकल्थे यी। म एन्टिनातिर हेरेर भावुक भएछु । प्रीति बल्ल खुल्ल थालिन ।जीवन लाई नयाँ लय दिने कुरा गर्न थालिन । मिडिया उनले भनेकी हुन मलाई मोडेल हुन रहर छ । धेरै म्युजिक भिडियो खेले । मलाई गीत गाउन आउदैन ।एउटा गीत गाए स्वर बाग्लो भयो ।बरु मुक्तकको किताब निकाल्न सके । मलाई मुक्तक लेख्न खुव मन पर्छ । सानै देखि कलाकार हुन रहर गरे ।धेरै पैसा खर्च गरे । म्युजिक भिडियो खेले ।स्थापित हुने रहर छ ।सङघर्स गर्दै छु।मलाई सहयोग चाहिन्छ । मलाई उनको कुरा बोल्ड लाग्यो।एउटा राम्रो प्रतिभा हुर्काउन पर्छं भन्ने लाग्यो । यही हो हाम्रो मित्रता को आधार

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कृष्ण वलि लाई चोट कलम कुमार लाई दुखाई ।

 जसिन्द्र श्रीपाली पश्चिमको सानोभेरी गाँउपालीका ९ का २१ वर्षीय कृष्ण ओलीको जीवन कहानी लाई समेटेर गायक एवम् कुशल सारङ्गी बाधक कमल कुमार विश्वकर्माले मर्मस्पशी गीत सार्वजनिक गरेका छन् । ऋण गरेर ईलेक्टिक सबईञ्जिनियर पढेका कृष्ण तुलसीपुर दाङको बिधुत कार्यलयमा साईट सुपरभाइजरको रुपमा काम गर्दै आएका...

सांस्कृतिक संस्थानले आयाेजना गरेकाे सुर- साधनाकाे ७औ शृंखलामा गायक लालकाजी श्रेष्ठ

हिजाे पाैष २६ गते गायक लालकाजी श्रेष्ठकाे एकल गायन प्रस्तृतिले संस्थानकाे हल गुन्जयमान भएकाे थियाे। बरिष्ठ संगितकार दिपक जंगमकाे प्रमुख अातिथ्यमा सुरू भएकाे उक्त कार्यक्रम उध्याेग राईकाे सभापतित्व र संस्कृतिक संस्थानका जि एम राजेश थापा, धर्मराज सावित्री गुठीका अध्यक्ष मदन राज थापा, प्रा.डा. गार्गी शर्मा,...

म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मायाको दीप जलाई

नेपाली मौलिक लोक गीत संगीतमा निरन्तरता म्युजिक ल्याब प्रा. लि. को नयाँ प्रस्तुती लोक दोहोरी गीत मायाको दीप जलाई लिएर आएका छौ । हेरेर सल्लाह सुझाब दिनुहोला जसले हामिलाई अझै नेपाली गीत संगीतको क्षेत्रमा अगाडी बढन सही मार्ग निर्देशन गरोस धन्याबाद मायाको दीप जलाई…..गीतमा आबद्द सर्जक तथा...

हेटाैँडामा जन्मिएर सिरहामा हुर्केकी हिमाँशु रायमाझी सफल गीतकार बन्न चाहन्छिन

२०५० साल भदाैँ १९ गते हेटाैँडामा जन्मिएर सिरहामा हुर्केकी हिमाँशु रायमाझी अाफुलाई सफल गीतकारकाे रुपमा स्थापित गराउँन चाहन्छिन्। सानैदेखि गीत सँगितमा रुचि राख्ने उनी नेपाली सँगीत क्षेत्रमा सक्रिय छिन्। एउटा सामान्य यसरी दिन सकिन्छ गीतकार हिमाँशु रायमाझीको । जसलाई हामीले गोधुली उपनाम पनि चिन्न सक्छौ ।...

चुरोटैको धुवा गित सार्बजनिक

डिएन राईको अभिनय र निर्देशनमा चुरोटैको धुवा गित सार्बजनिक भएको छ । चर्चित डान्सर तथा निर्देशक डिएन राईको अभिनय र निर्देशनमा गत बिहिबार चुरोटैको धुवा मिठो बोलको गित सार्बजनिक गरियको हो । सो गितमा स्वर प्रसान्त घर्तिको र शब्द बम घर्तिको रहेको छ । यस...

नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिए

मंसिर, काठमाडौं । नेपालकी श्रृखला खतिवडा मिस वर्ल्डको टप १२ बाटै बाहिरिएकी छन् । उनी एसिया एण्ड ओसियानाबाट टप १२ मा पुगेकी थिइन् । उनीसँगै न्यूजिल्याण्डकी जेसिका टाइसन र थाइल्याण्डकी निकोलेन शीर्ष १२ मा पुगेकी थिइन् । यो पटक पाँच महादेशबाट टप १२ छानिएको थियो । त्यसपछि...