अर्थ

कुन्साङ कान्छाको मार्सी मोह


मार्सी धान जुम्लाको उत्पादन हो ।शहरमा यो धानको अनेकौं चर्चा गरिन्छ । काठमाडौंमा मार्सी धानको चामलको राजनीति महँगो छ । ग्रामीण वर्गसंघर्षको उदम भुमि जुम्लामा उत्पादीत मार्सी धानले पुजीवादी बजारमा तहल्का मच्चाएको छ । केही दिन अघि नेकपाका युवा नेता रजमान तामाङ कुन्साङ कान्छाले रसुवाको मार्सी चामलको भात खान लागेको फोटो पोस्ट गरे । फोटोको हल्लाले रसुवा नुवाकोटको बजारमा मार्सी धान चर्चित बन्यो । एकथरीले उनलाई सामान्ती नै भने ।यत्रो युद्ध लडेर आएको योद्धा सहरमा आएर मार्सी धानको भात खाने ? अर्को थरिको कमेन्ट थियोे अब रसुवाको मर्सी धानले राष्ट्रिय स्तरको बजार पाउनुपर्छ। वा क्या दामी पोज । हामीलाई खुवाउन पर्यो । अनेकौं कमेन्ट आए । रसुवा भुराजनितीमा एकदम संबेदनसिल भुमी । त्यो सानो हिमाली जिल्लाको माथिल्लो भूगोलमा फल्छ मार्सी । रातो रातो लाग्ने मार्सी कम्युनिस्ट झन्डा झै रातो चाहिँ हुन । तर यो धान चाहिँ कम्युनिस्ट बृतमा अहिले पनि सामान्ती परिकार हो । कतिपय लाग्छ कम्युनिस्टको पेटमा मार्सी धान पुग्नै हुँदैन । यस्तो बेला गोल्जुङ गाउँबाट आएको मार्सी धानको भात खाएर कुन्साङ कान्छाले सेल्फी प्रकरण घटाए। कम्युनिस्ट बिच यो सोचनिय बिषय बन्यो । मार्सी फल्ने त्यही गाउँमा पुगेर एक पात्रले जनतातिर औलो उठाउदै भनेका हुन माओवादी नेता प्रभाकर ला नथासी पेङ्दोबा ।जनता माझ परर ताली बजेको उक्त भाशन अहिले जस्तो लाग्छ । गरिव माझ भ्रम छरेर ती पात्र जब लहरेपौवा ओर्लेथिए । आचार्य श्री मोहनको मोजानेर उभिएर दर्शन दाइ भन्ने थेगो उपयोग गर्थे । जसरी माओवादीले सरकार उपयोग गरेको थियो ।उनले जनता माझ आफ्नु खराबी उपयोग गरे ।उनले नाक काटने घोषणा गरेका माओवादी नेता गरिव बाहुन थिए । मोजाबाल बाहुन चाहिँ पैसाकै घर भएको एक महाएलिट। यस्तो गहिरो राजनीति माहोल चिर्दै काठमाडौं आएको छ रसुवाको मार्सी । जनता माझ यसको लोकप्रियता छैन तर यसको नाम अब रसुवा नुवाकोटमा नौलो रहेन । मार्सीलाइ राष्ट्रियकरण गर्न रजमानले अभियान चलाउने घोषणा गरेका छ्न ।अबको रसुवा सुन फल्ने जिल्ला होइन मार्सी फल्ने जिल्ला हुनेछ । उनले भने रसुवाको किसानले फलाएको यो धान अब राष्ट्रको लागी फरक स्वाद्को परिकार हुनेछ ।

बुध, कार्तिक १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु

कात्तिक, बुटवल । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पिच गर्न सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले मंगलबार त्यसको उद्घाटन गरे । उनले विमानस्थल निर्माण सम्पन्न गरेर ६ महिनाभित्रै अन्तर्राष्ट्रिय उडान हुने दाबी गरे । अप्ठ्यारा र धेरै जनशक्ति लाग्ने अधिकांश...

नक्कली नोटसहित पक्राउ, नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको

काठमाडौं । प्रहरीले कीर्तिपुरस्थित मच्छेट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेगाउँबाको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ । अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ – महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका...

नेपालमा चरा अवलोकनले पर्यटकीय क्षेत्रको लागि ठूलो सम्भावना

विश्वमा सन् २०१० को आँकडा अनुसार  ११ हजार ३३ प्रजातिका चराहरू पाइन्छन् । सन् २०१७ मा प्रकाशित ‘नेपाल्स नेशनल रेडलिष्ट अफ बर्डस’ मा भने नेपालमा जम्मा ८७८ प्रजातिका चरा पाइएको जानकारी छ । जुन संसारको ९ प्रतिशत हुन्छ । भौगोलिक विविधता भएको नेपालमा अनेक खालका जातजातिका चरा...

झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त

साउन, काठमाडौं । शनिबार दिउँसो झमझम पानी परिरहँदा केही मानिसले बानेश्वरमा सडकका खाल्डाखुल्डी पुर्न व्यस्त थिए । उनीहरु साना ठूलो खाल्डाखुल्डी एकएक पुरिरहेका थिए । झरिका बीचमा पनि काम गरेको देख्नेहरुलाई लाग्यो, ढिलै भएपनि सरकारले जनतालाई परेको पीर मर्का बुझ्न थालेछ ।’ नयाँ बानेश्वरमा मात्र होइन,...

बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरे

असार, काठमाडौं । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायी पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई  प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी र राजपुरले ४–४ जना र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले ३ जना व्यवसायी पक्राउ गरेको हो ।   जिल्ला...

काभ्रेको बनेपामा पनि यस्तै विमानस्थल बन्ने हो ; सन्दर्भ निर्माणधीन वुसान विमानस्थल ।

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर...