साहित्य गतिबिधि

पाल्पा साहित्य समाजको अध्यक्षमा साहित्यकार तथा पत्रकार पुष्करराज रेग्मी चयन


पाल्पा, कार्तिक १५/ पाल्पा साहित्य समाजको अध्यक्षमा साहित्यकार तथा पत्रकार पुष्करराज रेग्मी चयन भएका छन् । समाजको विहिबार बसेको बैंठकले रेग्मीलाई अध्यक्षमा चयन गरेको हो । नेपाल प्रेस युयिनका जिल्ला उपाध्यक्ष समेत रहेका रेग्मीले जिल्लाको साहित्यक, समाजिक र शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउदै आएका छन् ।

रेग्मी विगत १३ वर्ष देखि साहित्य तथा स्वास्थ्य प्रतिष्ठान पाल्पाका संस्थापक अध्यक्ष समेत हुन् । उनले कवि, लेखक, उपन्यासकार, अनुसन्धानकर्ता ,गजलकारका नामले परिचय बनाईसकेका छन् । रेग्मीले नौ वटा कृत्रिहरु बजारमा ल्याएर नेपाली साहित्य क्षेत्रमा सुगन्ध छरेको पाइन्छ । समाजको सदस्यहरुमा निवर्तमान अध्यक्ष चिरञ्जीवी शर्मा ढुङ्गाना, चित्रवलीराम सुवाल, राजेन्द्र गोपाल सिंह, महेन्द्र पन्थी, कमलबहादुर खत्री, पुरुषोत्तम अर्याल, शारदा खनाल, जीवननाथ तिवारी र सुवास गैरे चयन भएका हुन् । समाजको आगामी बैठकले पदाधिकारीहरुको कार्यविभाजन गर्ने अध्यक्ष रेग्मीले बताए । वि.स. २०५१ सालमा स्थापना भएको समाजले विभिन्न साहित्य गतिविधिहरु सञ्चालन गर्दै आएको छ । समाजले आगामी मंसिर १ गते कविवर प.माधवप्रसाद देवकोटाको जन्म जयन्ती मनाउने र छविलाल नेपाल पाल्पाली पुरस्कार, इन्द्रराधा समाज सेवा पुरस्कार र संस्थागत पुरस्कारद्धारा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्ने समेत निणर्य गरेको छ ।

बिहि, कार्तिक १५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...

पुस्तक परिचय:- बर्णमालामा गीत

नेपाली साहित्यका विभिन्न बिधामा कलम चलाउदै अाउनु भएकि द्वारिका कुइकेल पछिल्लाे समय वर्णमालामा गीत भन्ने बालगीत संङ्ग्रह लिएर बालसाहित्य क्षेत्रमा प्रवेश गर्नु भएकाे छ। उहाँकाे मुल बिधा चहि हास्यब्यङ्ग नै हाे। समाजमा घट्ने विभिन्न बिसंगति र बिकृर्तिहरूलाई हास्य रसले सिङ्गारेर ब्यङ्ग हान्न उहाँ खपिस् देखिनु...