राजनिति

पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा निधन


काठमाडौँ : पूर्व मन्त्री, वामपन्थी तथा मानवअधिकारवादी नेता पद्मरत्न तुलाधरको नर्भिक अस्पतालमा आइतबार निधन भएको छ। उनलाई गत मंगलबार साँझ ५ बजे माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालबाट नर्भिक अस्पतालमा रिफर गरिएको थियो।

उपचारको क्रममा अस्पतालमै निधन भएको नर्भिक अस्पतालका मिडिया संयोजक आर पी मैनालीले बताए। उनले भने, ‘ आज नै उनको निधन भएको हो।’

उनको रगतको नशा ब्लक भएको, छातिमा इन्फेक्सन देखिएको, बायाँ तर्फका शरीरका अंग चलाउन असजिलो भएकाले अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारमा न्युरो टोली डा. पंकज चलान डा. राजिव झा, छाती रोग विशेषज्ञ डा. रमेश चोखानी र मिर्गौला रोग विशेषज्ञ आरके अग्रवालको टोली खटिएको थियो।

तुलाधर दुई पटक सरकार र माओवादीबीच भएको वार्ताका मध्यस्थकर्ता थिए।

२०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमालेको अल्पमतको सरकारमा श्रम र स्वास्थ्य मन्त्रीको कार्यभार तुलाधरले सम्हालेका थिए।

पञ्चायतकालमा २०४३ सालमा ‘जनपक्षीय’ उम्मेदवारका रुपमा सूर्य चिह्न लिई  राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएका तुलाधरले राष्ट्रिय पञ्चायतको बैठकमै बहुदलको माग गरेर सबैलाई अचम्ममा पारेका थिए।

तुलाधरले बहुदल घोषणापछि २०४८ र २०५१ सालमा निरन्तर दुई पटक काठमाडौँबाट सूर्य चिह्नमा चुनाव जितेका थिए।

तर एमाले र माले फुटेपछि २०५६ सालमा भएको संसदीय निर्वाचनमा स्वतन्त्र वामपन्थीका रुपमा चुनाव लडेका उनले पञ्चायत कालका अन्तिम प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठको भन्दा कम मत पाएका थिए। त्यसपछि तुलाधर कहिल्यै चुनावी प्रतिस्पर्धामा उत्रिएका थिएनन्।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किए

पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका ३ खस्यौलीमा बम पड्किएको समाचार प्राप्त भएको छ । बमको धमाकाले गाउँपालिका भवनमा क्षति पुगेको जनाइएको छ । राति १ बजे भएको बम विस्फोटपछि अनुसन्धानको लागि प्रहरीको टोली त्यसतर्फ लागेको बताइएको छ । बम विप्लव नेकपाकाले बन्दको अवसरमा बम पड्काएको हुनसक्ने अनुमान गरिएको...

चिनियाँ टोली नेपाल आउँदै पेट्रोलियम खानीको विस्तृत अध्ययन गर्न

वैशाख, काठमाडौं । संविधानसभाले संविधान जारी गरेपछि भारतले नेपालमाथि नाकाबन्दी गर्‍यो । पेट्रोलियम पदार्थको आयातमा प्रतिबन्ध लागेपछि देशभित्रै हाहाकार मच्चियो । यससँगै देशभित्रै विभिन्न स्रोतको खोजी भयो । त्यस मध्येको एक थियो पेट्रोलियम पदार्थको खानीको खोज तथा अन्वेषण । देशभित्रै पेट्रोलियम पदार्थको खानी रहेको भनिएपनि यो अध्ययनमै...

उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबेला गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताए

खोटाङ । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सरकारमा सहभागी हुनेबेला गरिएका सम्झौता कार्यान्वयन नभए सरकारबाट बाहिरिने बताएका छन् । संघीय समाजवादी फोरम खोटाङले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री यादवले हालसम्म प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, संघीय गणतन्त्र, समावेशिता र पहिचानको मुद्दालाई संस्थागत गर्ने मुद्दा...

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार

सरकारको अनुमतिमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) ले क्रिस्चियन धर्म प्रचार गरिरहेका छन् । राज्यका निकायले नै त्यस्ता संस्थालाई काम गर्न अनुमति दिएपछि यसबारे संसदको लेखा समितिले गम्भीर चासो व्यक्त गरेको छ । समितिका अनुसार मेरी स्टोप्स इन्टरनेसनल, मर्सी मिसन हिमालयन, टिपर फन्ड बेलायत लगायत आईएनजीओले...

टोखा-छहरे सुरुङमार्ग ३६७ अर्ब लगानी गर्ने चिनिँया प्रस्ताव

काठमाडौं । चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी)ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । लगानी सम्मेलनमा सहभागी हुन आएको सिएमइसी कम्पनीले खानेपानीका पाँच आयोजना, काठमाडौंको टोखादेखि नुवाकोट छहरे जोड्ने...

काठमाडौंमा पाँच वटा ब्रुमर एकै रातमा १८ टन धुलो संकलन

चैत, काठमाडौं । काठमाडौंमा एकै रातमा १८ टन धुलो संकलन भएको छ । काठमाडौं महानगरपालिकाका पाँच वटा ब्रुमरले बुधबार राति १३ स्थानमा धुलो सफा गरेका थिए । सुन्धारा, टुँडिखेल, रत्नपार्क, कान्तिपथ, जमल, प्रदर्शनीमार्ग, पुतलीसडक, माइतीघर, बानेश्वर, त्रिपुरेश्वर, टेकु, कालिमाटी, सोल्टिमोडसम्म सफा गर्दा १८ टन धुलो जम्मा...