प्रमुख समाचार

केशब स्थापितलाई बर्खास्त गरेपछि मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप


प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशमा रिक्त रहेको भौतिक पूर्वाधार विकास मन्त्री तत्काल नियुक्त नगर्ने भएका छन् ।

प्रदेशको कामको गति देखाउने मन्त्रालयका मन्त्रीबाट यसअघि काम हुन नसकेपछि मन्त्रीलाई बर्खास्त गरेर मन्त्रालयको जिम्मेवारी हाल आफैले लिएका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

मन्त्रालयको काम आफैले गर्ने र भौतिक पूर्वाधार विकासका कामको गति बढाएर मात्र नयाँ मन्त्री नियुक्त गर्ने मुख्यमन्त्री पौडेलले स्पष्ट पारे । भौतिक पूर्वाधार विकास मन्त्री केशब स्थापितलाई शुक्रबार बर्खास्त गरेपछि मन्त्री बन्न नेकपाभित्र पार्टी नेतृत्वमा लबिङ सुरु भएको छ ।

तर, तत्काल मन्त्री नियुक्त नगर्ने सोचमा मुख्यमन्त्री पौडेल देखिएका छन् । मन्त्री बन्न प्रदेशका सांसद् नेताको घरदैलोमा दौडधुप गरिरहेको समयमा तत्काल मन्त्री नियुक्त नगरी आफैले कामलाई प्राथमिकता दिने बताए ।

पौडेल यहीँ मन्त्रालयबाट करिब १५ अर्ब रुपैयाँ खर्च गरेर विकासका कामको गति अगाडि बढाउने सोचमा छन् । मुख्यमन्त्रीको प्रदेश सरकारलाई अगाडि बढाउने पहिलो इच्छा हो ।

मन्त्रालयहरुले गरेको कामका विषयमा सबैजसो मन्त्रालयमा निरन्तर अनुगमन गरिहेका मुख्यमन्त्री पौडेलले मन्त्रालयमा नबस्ने, बसे पनि काम भन्दा कुरा धेरै गर्ने, प्रदेशको सबभन्दा धेरै रकम खर्च गर्नुपर्ने मन्त्रालयले काम नगरेपछि मन्त्री स्थापितबाट असन्तुष्ट थिए ।

स्थापित तत्कालीन एमालेको कोटोबाट मन्त्री बनेका थिए । यसअघि मन्त्रीका लागि चर्चा चलेका तत्कालीन माओवादी केन्द्रका कुमारी मोक्तान, प्रेमबहादुर पुलामी र एमालेका मुनु सिग्देललगायत फेरि पनि चर्चामा आउन थालेका छन् ।

यी तीनै प्रदेश सांसद् मकवानपुरका हुन् । मन्त्रालयको काम छिटो गर्न धेरै पटक मुख्यमन्त्री पौडेलले निर्देशन दिए पनि काममा तदारुकता देखाउनुको साटो मुखमुखै लागेको भन्दै स्थापितलाई बर्खास्तीमा परेका थिए ।

आइत, कार्तिक १८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

प्रदेश ३ को राजधानी काभ्रेमा किन ? धुलिखेलका मेयरले दिए उत्तर

३० कात्तिक, काठमाडौं । हेटौंडाले प्रदेश राजधानीलाई स्थायी कायम गर्न सबै शक्ति लगाइरहेका बेला काभ्रेपलाञ्चोक भने प्रदेश ३ को राजधानीका लागि आवश्यक भौतिक पूर्वाधार तयारी हालतमा राखेर बसेको छ । हेटौंडासँग अस्थायी राजधानी बाहेक ठूलो शक्ति छैन, तर काभ्रेसँग प्रदेशसभाको दुई तिहाई भन्दा बढी मत...

काभ्रेको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन

कात्तिक, काभ्रे । काभ्रेको कोशीपूर्व क्षेत्रस्थित भुम्लु गाउँपालिकाको दुईवटा वडाका करिब एक हजार परिवार ४३ वर्षदेखि लालपूर्जाविहीन अवस्थामा छन् । विसं २०३२ मा नापीका बेला साविक पिपलटार गाविसमा रहेको खेतीयोग्य जमीनबारे विवादपछि भएपछि टुक्रिएर भुम्लुटार र फलाँटे गाविस हुँदा स्थानीय बासिन्दा लालपूर्जाविहीन बन्न पुगेका थिए...

देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्र्रहालय बनाउने घोषणा

कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्र्रहालय बनाउने घोषणा गरेका छन् । प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा...

दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा केवलकार सञ्चालनमा आए

कात्तिक, जिरी । दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा आजबाट व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार आजदेखि व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको...

प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना

कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएका छन् । केही दिनदेखि अस्वस्थ प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् । उनलाई सोमबार बिहान साढे २ बजेतिर टिचिङ अस्पताल पुर्याइएको थियो । उनको अहिले शिक्षण...

विप्लवले खोले प्रचण्ड,किरण,बाबुराम र बादलको सम्बन्धको गाँठो ‘महापतन’ मार्फत

पूर्वमाओवादी नेता तथा हालका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले जनयुद्धको बेला आफ्नो नाम ‘लखन’ राखेका थिए । उनले सहिद लखन थापा जस्तै बन्न तयार हुने संकेत गर्दै आफ्नो नाम फेरेका थिए । बादलले आफ्नो नाम लखन राखेको थोरै मान्छेलाई मात्र जानकारी होला । त्यतिखेरका सहकर्मी बाहेक...