प्रमुख समाचार

देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्र्रहालय बनाउने घोषणा


कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको काठमाडौं डिल्लीबजार, धोबीधारास्थित जन्मघर किनेर संग्र्रहालय बनाउने घोषणा गरेका छन् ।

प्रधानमन्त्री ओलीको अग्रसरतामा महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला, साहित्य प्रतिष्ठानले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले देवकोटा विलक्षण प्रतिभा र बौद्धिक व्यक्तित्व भएकाले उनको कृतित्व र व्यक्तित्वबारे भावी पुस्तालाई जानकारी दिनका लागि संग्रहालयको आवश्यकता रहेको बताए ।

प्रधानमन्त्री ओलीले देवकोटाका परिवारसँग कुरा गरेर उपयुक्त मूल्यमा भग्नावशेषको अवस्थामा रहेको सो घर खरिद गरी ‘रोक्टोफिटिङ’ गरेर देवकोटा कसरी पलेटी कसेर लेख्थे भन्नेसम्मका स्मृति झल्काउन सरकारले संग्रहालय बनाउने उदघोष गर्दा सहभागी स्रष्टाहरुले तालीले स्वागत गरेका थिए ।

महाकविको उक्त जन्मघर हाल जीर्ण अवस्थामा छ भने नजिकैको नयाँ घरमा उनका छोरा डा. पदमप्रसाद देवकोटा बस्दै आएका छन् । वि.सं. १९६६ कात्तिक २७ गते लक्ष्मीपूजाका दिन जन्मिएका र वि.सं. २०१६ भदौ २९ गते निधन भएका महाकावि देवकोटाका ‘मुनामदन’, ‘सुलोचना’, ‘शाकुन्तल’ ‘पहाडी पुकार’ लगायत दर्जनौं लोकपि्रय कृति प्रकाशित छन् । उनी पूर्व शिक्षामन्त्रीसमेत हुन् ।

‘देवकोटा मूलबाट फुटेर खसेको झाँगोजस्तो’

गतसाता छातिमा संक्रमण भएर उपचारार्थ अस्पताल भर्ना भइ निवास फर्केपछि पहिलो पटक सार्वजनिक मन्तव्य दिएका प्रधानमन्त्री ओलीले महाकवि देवकोटाका विभिन्न कविता सुनेपछि भने, ‘देवकोटाजस्तो बौद्धिक ज्ञानयुक्त विलक्षण कवि मैले विश्वमै देखेको छैन । उहाँ प्राकृतिक प्रतिभा हो, मूलबाट फुटेर खसेको झाँगोजस्तो हुनुहुन्थ्यो ।’

आफ्नो उपचारमा संलग्न चिकित्सक टोलीका संयोजक डा. अरुण सायमी र सचिवायलले लामो नबोल्न र धेरैबेर कार्यक्रममा नबस्न सुझाए पनि प्रधानमन्त्री ओलीले देवकोटाका रचना सुनेर आफूलाई शक्ति मिलेको बताए ।

आफू जन्मनुभन्दा ४२ वर्षअघि जन्मिएका महाकवि देवकोटालाई प्रधानमन्त्री ओलीले देवकोटा बितेको भोलिपल्टदेखि मात्र राम्रोसँग चिन्न थालेको अनुभव सुनाए । प्रधानमन्त्री ओलीले आफू बाल्यकालमा विद्यालय पढ्दा देवकोटाको निधनमा शिक्षकहरु रोएको देखेपछि जिज्ञाशा बढेको र पछि ‘मुनामदन’ खण्डकाव्य पढ्दा आफू पनि रोएको स्मरण गरे । झ्याउरे छन्दको ‘मुनामदन’ अहिले पनि नेपाली पाठकमाझ धेरै बिक्री हुने पुस्तक मध्येमा पर्छ ।

भारतीय महापण्डित डा. राहुल साङकृत्यायनले देवकोटालाई गौतमबुद्धपछिको सबैभन्दा ठूलो मानवातारका रूपमा लिईर् भारतका तीन कवि जयशंकर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा भनी उल्लेख गरेको सन्दर्भ पनि साहित्यिक इतिहासमा गौरवका साथ लिइन्छ ।

स्रष्टालाई चुरोट त्याग्न आग्रह

देवकोटाको चुरोट खाने व्यक्तिगत आदत खराब भएको र त्यही कारणले उनी ५० वर्षकै उमेरमा बितेको भन्दै प्रधानमन्त्री ओलीले संग्रहालयमा उनका चुरोटका ठुटाबाहेक अन्य प्रेरणात्मक पक्षहरु समावेश गरिने सुनाए । साथै उनले चुरोट खाएर स्वास्थ्य बिगारिरहेका कोही स्रष्टा भएमा आजैदेखि देवकाटोलाई साक्षी राखेर चुरोटको अम्मल त्याग्न आग्रह पनि गरे ।

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित नेतागण, वरिष्ठ स्रष्टाको सहभागिता रहेको कार्यक्रममा वरिष्ठ गायक भक्तराज आचार्यसमेत उपस्थित थिए ।

प्रधानमन्त्री ओलीको आग्रहमा युवा गायक निर्मल पनेरुले आचार्यका ‘यहाँ छन् बुद्धका आँखा…’ र ‘हजार सपनाहरुको माया लागेर आउँछ…’ बोलको गीत गाएका थिए भने विभिन्न कवि तथा गायकले देवकोटाका लोकपि्रय कविता वाचन गरेर प्रधानमन्त्री निवासलाई देवकोटामय तुल्याएका थिए ।

देवकोटाका विषयमा विद्यावारिधी गरेका डा. महादेव अवस्थीले देवकोटाले ७० वर्षअघि नै समृद्धि, मानवीय सुख र राष्ट्रियताको जागरण कविताबाट पस्किएको जनाउँदै देश चलाउने नेताले समयमै ती कविता बुझिदिएको भए मुलुकले समृद्धि पाइसक्ने जिकिर गरे ।

कवि तुलसी दिवसले सरकारी निवासमा यसरी हालसम्म देवकोटा जयन्ती नमनाइएको समयमा प्रधानमन्त्रीको यस्तो अग्रसरताले साहित्यिक क्षेत्र सम्मानित भएको बताए ।

प्रधानमन्त्री ओली संरक्षण रहेको उक्त प्रतिष्ठानले गत असारमा आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीमा त्रिदिवसीय हिमवतखण्ड कला, साहित्य सम्मिलन आयोजना गरेको थियो ।

स्रष्टाहरु कवि दिवस, रामकृष्ण दुवाल, डा. विप्लव ढकाल, प्रभा भट्टराई, कोमल वली, सञ्जय तुम्रुक, लक्ष्मण गाम्नागे, निर्मल पनेरु, डा. विजय सुब्बा, डा. देवी नेपाल, भुवनहरि सिग्देल, नरनाथ लुइँटेललगायतले देवकोटाका गीत, कविता प्रस्तुत गरी सभालाई काव्यिक बनाएका थिए । देवकोटाका ‘यात्री’, ‘पागल’, ‘प्रभू मलाई भेंडो बनाऊ’ आदि कविता वाचन गरिएका थिए ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाए

काठमाण्डाै – पहिलो पटक अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट अर्थात् भू–उपग्रह प्रक्षेपण गरिएको अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । नेपालले पहिलो पटक आफ्नो सानो आकारको भूउपग्रह अर्थात् ‘नानो स्याटेलाइट’ अन्तरिक्षमा पठाएको हो । जापानको क्यूटेक विश्वविद्यालयमा अध्ययनरत नेपाली वैज्ञानिक आभाष मास्के र हरिराम श्रेष्ठसहितको वैज्ञानिक टिमले भूउपग्रह अर्थात...

अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति प्रक्षेपण गर्ने

 वैशाख, काठमाडौं । अन्तरिक्षमा पुगेको ६ दशकपछि नेपालको आफ्नै भूउपग्रह (स्याटेलाइट) अन्तरिक्षमा बुधबार राति अन्तरिक्षमा प्रक्षेपण गरिने भएको छ । जापानमा संयुक्त राष्ट्रसंघको फेलोसिपमा क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (क्युटेक) मा भूउपग्रह प्रविधिमा पढ्दै गरेका विद्यार्थीले तयार गरेको स्याटेलाइट बुधबार राति २ बजेर ३१ मिनेटमा प्रक्षेपण गरिँदैछ...

ओलीको गृहनगरमा २ अर्बको टावर

 वैशाख, काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरीबीको रेखामुनि रहेका घरपरिवारलाई सुरक्षित आवासका लागि जस्तापाता, काठ आदि खरिदका लागि प्रतिपरिवार ५० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । तर, आफैंले घोषणा गरेको यो कार्यक्रम सरकारले अकस्मात फिर्ता लिने भएको छ । विभिन्न जिल्लाका विपन्न...

हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै

काठमाडौं । हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ । फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ ।...

पूर्वराजा ज्ञानेन्द्र शाहले चढ्ने बा३च ७९६२ नम्बरको गाडीको ठक्करबाट विराटनगरमा एकजनाको मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाहले चढ्ने बा३च ७९६२ नम्बरको गाडीको ठक्करबाट विराटनगरमा एकजनाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् । पूर्वाञ्चल क्षेत्रको भ्रमणका क्रममा पूर्वराजा शाहको भ्रमणमा सामान ओसार–पसार गर्ने गाडीले सुन्दरहरैचा ४, विराटचोकमा .१५प ९९७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २२ वर्षीय हेम चौधरीको मृत्यु...

जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना

चैत, काठमाडौं । जनआन्दोलन दिवसको सम्झनामा वीर गणेशमान सिंह फाउन्डेसनले काठमाडौंमा पदयात्रा आयोजना गरेको छ । मंगलबार बिहान बसन्तपुर दमकलबाट सुरु भएको पदयात्रा न्युरोड, वीर अस्पताल, रत्नपार्क, पुरानो बसपार्क, भद्रकाली हुँदै पुनः बसन्तपुर पुगेको थियो । सो पदयात्रालाई ‘डेमोक्र्याटिक वाकाथन’ नाम दिइएको थियो । लौहपुरुष गणेशमानलाई आदर्श...