संस्कृति/धर्म

नेपाल संवत् ११३९ देशभर विविध कार्यक्रम


कात्तिक, काठमाडौं । नेपाल संवत् ११३९ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् ।

राष्टिय विभूति शङ्खधर साख्वाले विसं ९३७ ९इसं ८८०० मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गरेका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवत्का रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’ उनले भने ।

विसं २००७ मा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ । नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।

गरीब जनताको ऋणमोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमूना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत्समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ सालको नयाँ वर्षका दिनमा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेका थिए ।

विसं २०६५ मा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेपाल संवत्ले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए । कात्तिक कृष्ण औँसीका दिन बही खाता बन्द गरी नयाँ वर्ष अर्थात् कात्तिक शुक्ल प्रतिपदाका दिन नयाँ बही खाताको सुरुवात गर्ने परम्परासमेत काठमाडौँमा छ ।

म्हः (आत्म) पूजा

आजैको दिन नेवार समुदायमा म्हः (आत्म) पूजासमेत गरिन्छ । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसहरुले आफ्नो आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् ।

मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आत्मसन्तुष्ट बनाई खुशी राख्न सके देवीदेवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वाससमेत छ ।

बिहि, कार्तिक २२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

चन्द्र ग्रहण लागेको बेला के गर्ने, के नगर्ने (भिडिओ सहित )

सबै ग्रहहरु निरन्तर आफ्नो दिशा र गतिमा घुमिरहेका हुन्छन् । यही क्रममा जब चन्द्रमा र पृथ्वीको बीचमा राहु र केतु आइपुग्छ, त्यसको कालो धब्बा पृथ्वीमा पर्छ । ग्रहहरुको यस अवस्थितिलाई हामी खण्डग्रास चन्द्रग्रहण भन्छौं । खण्डग्रास चन्द्रग्रहणमा के गर्ने, के नगर्ने भन्ने कुरा गर्दा कतिपयलाई यो...

नालामा महालक्ष्मीको जात्रा आज अन्तिम दिन

आज नाला प्राचिन शहरमा महालक्ष्मीको चौथो दिन(अन्तिम दिनको )जात्रा हुदैछ/ आजको दिनमा अथवा  बैशाख शुक्लपक्षको पंचमी दिन नालाबासीले ख ल्वाकेगु दिनको रुपमा लिने गरिन्छ/नाला लागन टोलमा रहेको महालक्ष्मीको मुर्तिलाई रथमा राखी नालाशहर परिक्रमा गरिन्छ/ठाउं  ठाउंमा बिसाएर निकै रमाइलो गरि जात्रा संचालन गरिन्छ /बिभिन्न बाजागाजाका साथ...

ल्हासाबाट भित्रिएको मासुको परिकार ‘गोर्मा’

नेवार समुदायका शाक्य,बज्राचार्य र तुलाधरहरु मल्लकालीन समयमा ल्हासामा निक्कै ब्यापार गर्दथे/ सोहि समयमा ल्हासाबाट सिकेरआएको मासुको परिकार नै ‘गोर्मा’ हो/ यो परिकार विशेषगरि नेवारी समुदायको तुलाधर,बज्राचार्य र शाक्य जातिको ठुलाठुला भोजहरुमा यो परिकार बनाउने गरिन्छ/ बास्तबमा ‘गोर्मा’ शब्द नेवारी होइन/ यो तिब्बती शब्द हो/ तिब्बती...

गुप्तेश्वर महादेव गुफा

एजेन्सी, संखुवासभा / संखुवासभाको पाँचखपन नगरपालिका ४ लिङलिङ खानी स्थित रहेको गुप्तेश्वर महादेव गुफा गुम्नाम बनेको छ । आदीमकालमा डोलटार भन्ने ठाउँमा गाई चरन रहेको र चरनका क्रममा गाई हराए पछी खोज्ने क्रममा गुफा भित्रबाट गाईको आवाज आएको र गुफा पत्ता लागेको किम्बदन्ती छ ।...

नेपालमै पहिलो पटक ७ सय ५ वर्षपछि चतरामा श्रीराम तारक ब्रह्म महायज्ञ हुने

इनरुवा। सुनसरीको चतरामा आइतबारबाट श्रीराम तारक ब्रह्म महायज्ञ आयोजना हुँदैछ ।नेपालको इतिहासमा पहिलो पटक मानिएको श्रीराम तारक ब्रह्म महायज्ञ ७ सय ५ वर्ष पहिला भारतमा सम्पन्न भएपश्चात् विश्वकै दोस्रो ठुलो महायज्ञ हुने भएको बताइएको छ । महायज्ञको सम्पूर्ण तयारी पुरा भैसकेको छ । सुनसरीको चतरा धाममा आयोजना...

विश्वमा नेवारसंग मात्र भएको संहिता कश्यप संहिता

कश्यप संहिता कौमारभृत्यले रचना गरेको संहिता हो / यो इसापूर्व छैठौ शताब्दीतिर यसको रचना गरेका हुन् /यो मध्य युगमा चिनियाँ भाषामा अनुवाद गरिएको थियो/ यसलाई 'वृद्धजीवकीयतन्त्र'पनि भनिन्छ / महर्षि कश्यपले कौमारभृत्यको आयुर्वेदको आठ वटा अंगमा पहिलो स्थान दिएको छ। कश्यप संहिता आयुर्वेदको अत्यन्त प्राचीन संहिता हो...