अन्तर्राष्ट्रिय

अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी


कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनमा नेपाली मुलका ह्यारी भण्डारी विजयी भएका छन् । भण्डारी मेरील्याण्ड राज्यको निर्वाचन क्षेत्रनम्बर ८ बाट राज्य सांसदमा विजयी भएका हुन् । उनी डेमोक्र्याटिक उम्मेदवार हुन् ।

अमेरिका आएका नेपाली समुदायको इतिहासमा सबैभन्दा पहिला मूलधारको राजनीतिमा राज्य सांसदको रुपमा खाता खोल्न भण्डारी सफल भएका छन् । मुलुक बाहिर मूलधारको राजनीतिमा प्रवेश पाउने र सभासद बन्ने सम्भवत भण्डारी पहिला नेपाली मूलका हुन् ।

नेपालको पर्वत जिल्लाबाट सन् २००५ मा उनी अमेरिका आएका थिए । भण्डारी नेपालमा अंग्रेजी भाषा पढाउँथे । अमेरिकामा पनि उनी प्राध्यापन पेशामा नै संलग्न छन् ।

गत २६ जुन २०१८ मा भएको प्राथमिक चरणको निर्वाचनमा डेमोक्र्याटिक दलका तर्फबाट उनी दोश्रो स्थान हासिल गरी बिजयी बनेका थिए । उक्त प्राथमिक निर्वाचनमा मैदाना उत्रिएका ४ जना प्रतिस्पर्धीहरुमा एरिक ब्रोम्वेल पहिलो, भण्डारी दोश्रो र तेश्रो स्थानमा कार्लज्याक्स विजयी भएका थिए ।

गत प्राथमिक निर्वाचनमा खसेको २० हजार ७ सय २६ मतमध्ये भण्डारीले २८ दशमलव १ प्रतिशत अर्थात् ५ हजार ९ सय ४१ मत ल्याएर दोस्रो भएका थिए । उक्त चुनाव क्षेत्र जिल्ला ८ मा रिपब्लिकन दलका उम्मेदवारले पाएको मत हेर्ने हो भने डेमोक्र्याटिक उम्मेदवारको तुलनामा प्राथमिक निर्वाचनमा कम मत पाएको आँकडाले देखाएको थियो ।

यसैगरी न्यूह्याम्पशायरबाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिएकी राज्य डेमोक्र्याटिक दलकी उम्मेदवार मदलसा गुरुङ उपबिजेता बनेकी छन् । उनले २ हजार २ सय ९२ मत प्राप्त गरिन् । उनले बिजयी उम्मेदवारलाई बधाई पनि दिएकी छन् ।

शुक्र, कार्तिक २३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा

मंसिर, काठमाडौं । रुवान्डामा चौधरी ग्रुपको लगानी रहेको एक होटल लिलाम हुने प्रक्रियामा गएको छ । शेयर सदस्यहरुबीच विवाद बढेपछि किगालीस्थित उबुम्वे होटललाई त्यहाँको केसीबी बैंकले लिलाम गर्ने तयारी गरेको हो । बैंकले गत सेप्टेम्बर महिनामै लिलामीको पत्र पठाएर होटल लिलाम गर्ने चेतावनी दिएको रुवान्डाको एक...

इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु

असोज, काठमाडौं । इरानको दक्षिण पश्चिम शहर अहवाजमा सैन्य परेडमाथि आक्रमण हुँदा २४ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमका अनुसार आक्रमणमा सर्वसाधारण पनि मारिएका छन् । ५० जनाभन्दा बढी घाइते भएका छन् । मारिनेमा आधा भन्दा बढी इरानको रिभोल्यूशनरी गार्डसका सदस्य छन् ।...

नेपालले चीनका चार वटा सामुन्द्रिक र तीन वटा सुख्खा बन्दरगाहको प्रयोग गर्न पाउने छ

काठमाडौं: लामो छलफलबीच नेपाल-चीनबीच सम्पन्न पारवाहान सन्धीको कार्यविधि (प्रोटोकल)मा सहमति जुटेको छ। सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओली पहिलो पटक चीन भ्रमण गर्दा चीनसँग यातायात तथा पारवाहान सम्झौता भएको थियो। सम्झौताको कार्यविधिमा सहमति जुट्न नसक्दा सम्झौता कार्यान्वयन हुन सकेको थिएन। बिहीवार मध्यराती भएको सहमतिपछि कार्यविधिमा...

लुम्बिनीले गौतम दियो, बोधगयाले बुद्ध: मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गौतम बुद्धले देखाएको बाटो आज विश्वका अतिवाद र आतंकवादजस्ता समस्या समाधानको प्रेरणा स्रोत भएको बताएका छन्। पशुपतिको प्राङ्गणमा निर्मित धर्मशाला उद्घाटनपछि सम्बोधन गर्दै मोदीले काठमाडौँको गल्लीमा हिन्दु र बौद्ध धर्मावलम्बीबीच रहेको मेलमिलाप देखिने गरेको बताए। मोदीले लुम्बिनीले गौतम दिएको बोधगयाले बुद्ध दिएको तर्क...

कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु

साउन, काठमाडौं । कतारमा रंगशाला निर्माणमा खटिएका एक नेपालीको मृत्यु भएको छ । विश्वकप फुटबलको एक खेल हुने अल वक्राह रंगशाला निर्माणमा खटिएका २३ वर्षीय नेपाली युवकको मृत्यु भएको गल्फ टाइम्सको समाचार उल्लेख छ ।   तर, मृतकको नाम, ठेगाना खुलाइएको छैन । नेपाली अधिकारीहरुमार्फत् मृतकको परिवारलाई घटनाबारे जानकारी...

इन्डोनेसियामा शक्तिशाली भूकम्प गए

२१ साउन, काठमाडौं । इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको लम्बक टापु केन्द्रविन्दु भएर आइतबार ७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पमा परी अहिलेसम्म ८२ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । सयौं घाइते भएका छन् ।   इन्डोनेसियाको प्रकोप व्यवस्थापन अधिकारीहरुले हजारौं घरहरु भत्किएको जनाएका...