खेलकुद

महिला फुटबलको एसिया छनोटमा नेपालले प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दै


कार्तिक, काठमाडौं । ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको एसिया छनोटमा नेपालले आज बलियो प्रतिद्धन्दी आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ ।

थुवुन्ना रंगशाला स्थानीय समयअनुसार बेलुकी ६ बजे म्यानमारसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । नेपालभन्दा म्यानमार निकै बलियो टिम हो । तर नेपालले पहिलो खेलमा नै भारतलाई बराबरीमा रोक्दै अंक बाढेको थियो । त्यसकारण पनि नेपाली खेलाडीमा उच्च मनोबल रहेको छ ।

नेपालले पहिलो खेलमा बलियो प्रतिद्धन्दी भारतसँग १–१ गोलको बराबरी खेल्दै अंक बाढेको थियो । खेलको ११औं मिनेटमा नै निरु थापाले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । तर नेपालले आफ्नो अग्रता धेरै बेरसम्म टिकाइ राख्न सकेन । खेलको ३७ औं मिनेटमा भारतले गोल गरेपछि नेपालले बराबरीमा चित्त बुझाएको थियो ।

यता, म्यानमारले भने आफ्नो पहिलो खेलमा नै बंगलादेशलाई ५–० गोलको भारी अन्तरले पराजित गर्दै शानदार जित निकालेको थियो । त्यसकारण पनि नेपालविरुद्ध खेल्दा स्पष्ट ३ अंक ल्याउने हिसाबले म्यानमार खेल्ने छ । नेपाल भने म्यानमारलाई रोक्दै अंक बाड्ने लक्ष्यमा छ ।

समूह सी मा रहेको नेपालले आफ्नो अन्तिम खेलमा १३ तारिखमा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।

आइत, कार्तिक २५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलका अनुसार विश्वकै सर्वाधिक विकेट लिने स्पिनर बने सन्दीप

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का अनुसार नेपाली लेग स्पिनर सन्दीप लामिछाने सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सन् २०१९ को जनवरीदेखि अप्रिल १ सम्म सन्दीपले २७ विकेट लिँदै पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी, अफ्गानिस्तानका राशिद खान, बङ्गलादेशका सकिब अल हसनलाई पछि पार्दै...

प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने

काठमाडौं । प्रदेश पाँचमा हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता वैशाखमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड बैठकले वैशाख ५ देखि ११ गतेसम्म नेपालगञ्जमा गर्ने मिति तय गरेको हो । यसअघि चैत महिनामै गर्ने भनिएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सरेर वैशाखमा पुगेको हो...

भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गए

बझाङ – भलिबल खेल्दा विवादपछि भएको झडपमा सुर्मा गाँउपालिका वडा नम्बर ५ मा एक जनको ज्यान गएको छ । ज्यान जानेमा १८ वर्षीय आनन्द विक रहेका छन् ।आइतबार दिउँसो गाँउ नजिकै भलिबल खेल्दा विवाद भएपछि वडा नम्बर ५ कै १८ वर्षीय जीवन बोहरा र रनु...

नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश

मोरङ – नेपाल साफ महिला फुटबल च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनलमा श्रीलंकाविरुद्ध ४–० गोल अन्तरको जित निकाल्दै नेपालले फाइनलमा स्थान बनाएको हो । नेपालले अब उपाधिका लागि भारत र बंगलादेशबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । भारत र बंगलादेशबीचको सेमिफाइनल पनि...

नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जिते

काठमाडौं । नेपालका अजितकुमार यादवले तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । हङकङमा आइतबार ३ किलोमिटर दौडमा अजितले नेपाललाई स्वर्ण पदक दिलाएका हुन् । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारे । अजितले निर्धारित दूरी ८ मिनेट ३०.३२ सेकेण्ड पुरा गरे...

प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन धुलिखेल जाउँ

धुलिखेल । प्याराग्लाइडिङ, बञ्जीजम्प जस्तै साहसिक खेल ‘जिप लाइन’को मजा लिन अब उपत्यकावासीका लागि धेरै टाढा धाउन नपर्ने भएको छ । काठमाडौँबाट झण्डै ३३ किलोमिटर दूरीमा पर्ने काभ्रेपलाञ्चोकको पर्यटकीय गन्तव्य धुलिखेलमा साहसिक खेल ‘जिप लाइन’ले सेवा दिन थालेपछि टाढा पुग्नुपर्ने अवस्थाको अन्त भएको हो । कास्कीको...