स्थानीय समाचार

‘हाइटेक’ प्रविधि प्रयोग गरेर पेट्रोल पम्पद्वारा ठगी


काठमाडौं – पेट्रोल पम्प सञ्चालकले उच्च प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको भेटिएको छ। काठमाडौं सानो भ-याङको बंगलामुखी आयल स्टोर्सले ‘हाइटेक’ प्रविधि प्रयोग गरेर उपभोक्ता ठगेको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको हो। अनुगमनको क्रममा डिजिटल पम्पको मदरबोर्डको सफ्टवेयरमा तेल कम दिने ‘प्रोग्राम इन्स्टल’ गरेर कम तेल दिएको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए । ‘हाइटेक प्रविधि प्रयोग गरेर पेट्रोलियम पदार्थमा उपभोक्ता ठगेको नयाँ तथ्य भेटिएको छ,’ पुडासैनीले भने, ‘३–४ प्रतिशतसम्म कम तेल दिएको रहेछ।’ यसअघि पम्पभित्रै चिप्स प्रयोग गरेर तेल चोरी गरेपछि तीन वर्षअघि प्रहरीको अपरेसनमा एक दर्जनभन्दा बढी पेट्रोल पम्प सञ्चालक पक्राउ परेका थिए। तेल ठगीमा प्रयोग गरेको यो प्रविधि पहिलोपटक भेटिएको पुडासैनीले बताए । ‘डिजिटल पम्पको मदरबोर्डमै प्रयोग गरेकाले पत्ता लगाउन निकै हम्मे प-यो,’ उनले भने, ‘तेल ठगी गर्ने नयाँ तरिका पत्ता लाग्यो ।’ यही प्रविधि प्रयोग गरेर केही दिनअघि बाराका तीन पम्पले उपभोक्ता ठगेको भेटिएको पुडासैनीले बताए। पम्प सञ्चालकले नयाँ प्रविधि प्रयोग गरेको सूचना आए पनि प्रमाण जुटाउन निकै समय लागेको पुडासैनीले बताए । यो प्रविधिमा पम्पको नोजलले सवारी साधनमा तेल भर्न सुरु गरेर एकपटक रोक्नासाथ कम परिमाण तेल जाने सफ्टवेयर इन्स्टल गरेको पुडासैनीले बताए ।

‘पम्पको नोजल रन गरेर स्टप गरी फेरि तेल भर्दा कम जान्छ,’ उनले भने, ‘पावर अन गर्दा करेक्ट मोड । पुनः अन गर्दा इनकरेक्ट हुने सफ्टवेयर प्रयोग गरेको पाइएको छ।’ तेल ठगीमा नयाँ प्रविधि पहिलोपटक फेला पारेकाले अन्य पम्पले पनि यही प्रविधिबाट ठगिरहेको हुन सक्ने पुडासैनीले बताए । ‘अन्य क्षेत्रमा पनि अनुगमनलाई तीव्रता दिन्छौं,’ उनले भने। उपभोक्ता ठग्ने बंगलामुखी आयल स्टोर्सका सञ्चालकलाई कारबाही गर्ने उनले बताए । विभागको टोलीले उक्त पम्पमा सिल गरेर कारबाही प्रक्रिया अघि बढाएको छ। केही समयअघि मापदण्डभन्दा कम पेट्रोलियम पदार्थ बिक्री गर्ने काठमाडौं गोठाटारको भद्रकाली आयल स्टोर्सलाई कारबाही गरिएको थियो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख जरिवानासहित पेट्रोलिय पदार्थ बिक्रीमा रोक लगाएको थियो । उपभोक्ता संरक्षण ऐन २०७५को दफा १६ को खण्ड (ख) बमोजिम निषेधित एवं अनुचित व्यापारिक क्रियाकलापमा संलग्न भएकाले कारबाही गरेको विभागले जनाएको छ। निगमले पेट्रोल पम्प चलाउने पेट्रोल पम्प सञ्चालन अनुमति तथा नियमन गर्दै आएको नेपाल आयल निगमले आफैं पम्प सञ्चालन गर्ने भएको छ । निगमले पहिलोपटक आफ्नै स्वामित्वमा सातै प्रदेशमा पम्प सञ्चालन गर्ने निर्णय गरेको हो। अहिलेसम्म निजी क्षेत्र, नेपाली सेना, सशस्त्र प्रहरी, साझा सहकारीले पम्प सञ्चालन गर्दै आएका थिए । नमूना पम्प सञ्चालन गर्ने तयारी गरेको नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । ‘निजी क्षेत्रले मात्र सञ्चालन गर्दा कहिलेकहीँ विभिन्न बहानामा अवरोध गर्ने काम भयो,’ भट्टराईले भने, ‘उपभोक्तालाई सेवा दिन पम्प सञ्चालन गर्ने निर्णयमा पुगेका हौं ।’ निगमले डिपोनजिक पम्प सञ्चालन गर्ने रणनीति बनाएको छ । मुलुकभर करिब १५ सय पम्प सञ्चालनमा छन्।

सोम, कार्तिक २६, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिए

काठमाण्डाै – ललितपुरको टुटेपानी भन्ने ठाउँमा प्रेसर कुकर बम भेटिएको छ । सोमबार बिहान विप्लव नेतृत्वको समूहले बम राखेको प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाकाे डिस्पोजल टोलीले डिस्पाेज गरिरहेको छ । यो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । ...

यो देशको भूमिपुत्र नेवारहरु पनि विश्वको सर्वोच्च शिखर सगरमाथामा

तनहुँ डुम्रेका ४८ वर्षीय रोहित श्रेष्ठले सफलतापूर्वक सगरमाथा आरोहण गरेका छन् । २२ वर्षअघि रोजगारका लागि अमेरिका पुगेका सफ्टवेयर इञ्जीनियर श्रेष्ठले यही जेठ २ गते बिहीबारका दिन बिहान साढे ६ बजे विश्वको सर्वोच्च शिखर चुमेर आफ्नो उद्देश्य प्राप्ती गरेका हुन् । नेपालमा अलपत्र परेका सडक...

गोंगबुमा सडक दौड प्रतियोगिता सम्पन्न

टोखा नगरपालिका वडा न.१० र गोंगबु उपभोक्ता समितिको संयुक्त आयोजनामा प्रथम टोखा नगर वडा स्तरीय सडक प्रतियोगिता सम्पन्न भएकोछ/ उक्त प्रतियोगिता गोंगबु नयाँ सडक भैरब चोकबाटसंचालन भएको थियो/दौडको शुभारम्भमा रास्ट्रिय धुन बजाएरशुरु गरिएको कार्यक्रममा वडा न.१० का अध्यक्ष मधुशुदन पाण्डे ले उद्घाटन गर्नु भएको थियो...

बानियाँटारस्थित जालपा पुस्तकालयको नयाँ भवनको उद्घाटन

काठमाण्डौं, वैशाख १२ गते । जालपा पुस्तकालयको तेस्रो वार्षिक उत्सवको अवसरमा माननीय उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले एक समारोहका बीच आज काठमाण्डौंको टोखा नगरपालीका–८, बानियाँटारस्थित जालुपा पुस्तकालयको नयाँ भवनको उद्घाटन गर्नुभयो । पुस्तकालय भवनको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोख्रेलले पढ्ने बानीको विकास गर्नका लागि पुस्तकालयको महत्वपूर्ण भूमिका रहने...

तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटे

वैशाख, जनकपुरधाम । तस्करहरुको समूहले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा प्रहरीको हतियार लुटेको छ । गस्तीमा रहेका प्रहरी र भारततर्फ रक्सी तस्करी गर्ने समूहबीच झडप भएको थियो । गस्तीको नेतृत्वकर्ता नेपाल प्रहरीका सहायक प्रहरी निरीक्षक (असई) प्रमोदकुमार साहको साथमा रहेको एक थान पेस्तोल तस्करहरुले लुटेका हुन् ।...

४.८ रिक्टर स्केलको भूकम्प गए

२ वैशाख, काठमाडौं । बझाङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । जिल्लाको जयपृथ्वी केन्द्रबिन्दु भएर ४.८ रिक्टर स्केलको भूकम्प गएको हो । बिहान ४ः२७ मा गएको भूकम्पको धक्का बझाङसँगै आसपासका जिल्लाहरुमा महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले स्थानीय त्रसित बने पनि मानवीय...