स्वास्थ्य

चिनी रोगसँग नडराऔं, क्यालोरी नापेर खाऊँ


 २८ कात्तिक, काठमाडौं । विश्व मधुमेह दिवसको तीन दिन पहिले आइतबार डा. अंशुमाली जोशी आफ्नो क्लिनिकमा आएका मधुमेहपीडित भोजपुरका दुर्गाबहादुर राई (७५) लाई सम्झाउँदै थिए, ‘ ‘सुगर भयो भन्दैमा आत्तिइहाल्नुपर्दैन, चार कुरामा ध्यान दिए यो नियन्त्रणमा आउँछ ।’ डा. जोशीले भनेका चार कुरा यी हुन्: १-खानपानमा नियन्त्रण, २- दैनिक आधा घण्टा हिँडाइ (केही खाएर), ३- तनाव घटाउने र ४- नियमित औषधि सेवन । के हो चिनी रोग ? सुगरको शाब्दिक अर्थ हो चिनी । यदि रगतमा चिनीको मात्रा बेसी भयो भने ‘सुगर’ रोग लाग्छ । यसलाई डायबिटिज वा मधुमेह पनि भन्ने गरिन्छ । शरीरलाई उर्जा प्राप्त गर्न चिनीको आवश्यकता पर्छ । तर, कहिलेकाहीँ रगतमा चिनीको मात्रा धेरै भएमा शरीरले खानालाई शक्तिका रुपमा परिणत गर्न सक्दैन, जसका कारण सुगर हुने गर्छ । त्यसैले रगतमा चिनीको मात्रा सामान्य स्तरमा राख्नु जरुरी छ । मधुमेह एक दीर्घरोग हो । नियन्त्रण बाहिर गएमा यसले मुटु, मिर्गौला तथा आँखामा असर गर्न सक्छ । यो वंशाणुगत रोग पनि हो । झण्डै ५० प्रतिशतमा यो रोग वंशाणुगत कारणले हुन्छ । परिवारका कुनै एक सदस्यलाई सुगर भएमा अरुलाई पनि यसले अँठ्याउन सक्ने सम्भावना उच्च हुन्छ । कहिलेकाहीँ रगतमा चिनीको मात्रा धेरै भएमा शरीरले खानालाई शक्तिका रुपमा परिणत गर्न सक्दैन, जसका कारण सुगर हुने गर्छ । त्यसैले रगतमा चिनीको मात्रा सामान्य स्तरमा राख्नु जरुरी छ/

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र इन्टरनेसनल डायविटिक फेडेरेसन (आईडीएफ) को एक तथ्यांकअनुसार विश्वभर हाल सुगर रोगी करिब ४२ करोडको हाराहारीमा छन् । अबको २५ वर्षमा यो संख्या बढेर ६५ करोड नाघ्ने अनुमान गरिएको छ । त्यसो त डब्लुएचओ र आईडीएफले यसलाई ५० करोडमा कायम गर्ने लक्ष्य लिएका छन् । डब्लुएचओले यस वर्षको नारा नै ‘फेमिली एन्ड सुगर’ राखेको छ । नेपालमा हाल कुल जनसंख्याको करिब ८.३ प्रतिशतमा मधुमेहको समस्या देखिएको छ । उनीहरुमध्ये करिब ५६ प्रतिशत वंशाणुगत कारणले यस रोगको चपेटामा परेका छन् । यो आफैंमा चिन्ताजनक तथ्यांक हो । नेपालमा मधुमेहका विरामीबारे अनुसन्धान गर्ने उद्देश्यले काठमाडौं डायबिटिज एण्ड थाइराईड सेन्टर, पुल्चोकले एक हजार जना सुगरका बिरामीलाई लिएर हालै एउटा सर्वेक्षण गरेको थियो । सेन्टरमा आउने बिरामीलाई लिएर गरिएको उक्त सर्वेक्षणमा सुगर हुने औसत आयु ४७ वर्ष रहेको पाइएको थियो । मधुमेह हुनेमध्ये पनि करिब ४४ प्रतिशतमा उच्च रक्तचाप, ४१ प्रतिशतमा उच्च कोलेस्ट्रोल तथा ६७ प्रतिशतमा मोटोपनाको समस्या रहेको पाइएको थियो । त्यस्तै, मधुमेह हुनेमध्ये सात प्रतिशतले धुमपान गर्ने गरेको पाइएको थियो ।

मधुमेहका प्रकारः मधुमेह चार प्रकारका हुन्छन्: – शरीरमा इन्सुलिनको उत्पादनको कमीले हुने टाइप १ मधुमेह – ३० वर्ष उमेर कटेपछि हुने टाइप २ मधुमेह – गर्भावस्थामा हुने जेस्टेशनल डायविटिज तथा – लामो समय विभिन्न औषधीको सेवनले हुने सेकेण्डरी डायविटिज खानपानमा नियन्त्रण

मधुमेहका रोगीलाई सबैभन्दा बेसी चिन्ता खानपानकै हुन्छ । उनीहरुले धेरै किसिमका खानेकुराबाट जोगिनुपर्छ । काठमाडौ डायबिटिज एण्ड थाइराइड सेन्टरमा कार्यरत डा. अंशुमाली भन्छन्, ‘तर, केही खानै नहुने भन्ने पनि होइन । पहिलेजस्तो जे मन लाग्यो, त्यही चाहिँ खान भएन । टाइममा र मात्रा मिलाएर खानुपर्यो् ।’ यो वंशाणुगत रोग भएकाले रोगी मात्र नभएर परिवारका अन्य सदस्यले पनि खानपानमा विशेष सतर्कता अपनाउनुपर्ने उनको भनाई छ । मधुमेहका रोगीले आलु छुनै हुन्न भन्ने मानिन्छ । तर, डा. अंशुमालीको भनाइमा यो पूर्ण सत्य होइन । उनी दुर्गाबहादुरलाई भन्दै थिए, ‘तपाई आलु पनि खान सक्नुहुन्छ । भात पनि । तर, मात्रा मिलाएर ।’ मधुमेहका बिरामीलाई पनि ज्यानअनुसार क्यालोरी चाहिन्छ । त्यो क्यालोरीभित्र धेरै कुरा पर्न सक्छ । त्यसमा भात पनि पर्न सक्छ, मन परेको मिठाई पनि पर्न सक्छ । यति हो कि, त्यो सबै ठिक्क मात्र खानुपर्छ । हामीले पिउने पानीबाहेक सबै खानेकुरामा निश्चित क्यालोरी हुन्छ । मानौं, एउटा बिरामीलाई दैनिक १८ सय क्यालोरी चाहिन्छ भने उसले दिनभरमा त्यति खानेकुरा खान सक्छ । त्यसमा २५ क्यालोरी भएको एक कप चिया पनि पर्न सक्छ, दुई सय क्यालोरीको एक कचौरा भात पनि हुन सक्छ । त्यस्तै, एउटा अण्डामा ७० क्यालोरी हुन्छ भने १८ सय क्यालोरी पूर्ति गर्न बिरामीले यी तीनैवटा कुरा खान पनि सक्छ । ‘तर त्यसका लागि बिरामीले क्यालोरी तौलिन सक्नुपर्छ । त्यसो गर्न सके उसले धेरै कुरा खान पाउँछ,’ डा. अंशुमाली भन्छन् । तर, बजारमा पाइने जंकफुड तथा रिफाइन्ड गरिएको खानेकुरामा चिलोपना, फ्याट तथा कार्बोहाइड्रेटको मात्रा बढी हुने भएकाले बिरामीले यस्तो खानेकुराबाट भने सकभर टाढा बस्नुपर्ने उनको भनाइ छ । सुगरका विरामीले बेलुकी कम खाना खाँदा रगतमा चिनीको मात्रा कम भई हाइपोग्लाइसिमिया हुन सक्छ । हाइपोग्लाइसिमिया भएमा मुटुको धड्कन बढ्ने, आँखा धमिलो हुने, बेहोश हुने लगायतका समस्या हुन सक्छ । भात कम, तरकारी ज्यादा विगत ६ वर्षदेखि मधुमेह तथा थाइराइड रोगको उपचारमा संलग्न डा. अंशुमाली भन्छन, ‘सुगरका बिरामीको थालको आधा भाग तरकारी र सलादले भरिनुपर्छ । अन्न भने एक चौथाई हुनुपर्छ । चाहे त्यो भात होस् वा च्याँख्ला । ढिँडो होस् वा रोटी । तर, नेपालीको समस्या के छ भने हामीलाई भात टन्न नखाई पेट भरिन्न । ‘खाने तरिकाबारे हामी बिरामीलाई सम्झाउने प्रयास त गर्छौं । तर, एकपटक लागेको बानी छुटाउन चाहिँ निकै गाह्रो हुँदो रहेछ,’ डा. अंशुमालीको अनुभव छ । परिणामस्वरुप, सुगरका विरामीलाई फास्टिङ्गमा खासै समस्या हुँदैन । तर, खाएपछिको सुगर भने ह्वात्तै बढेको पाइन्छ । र, यो हुनुको मुख्य कारण भनेको पनि खाना नमिलेर नै हो । उनी भन्छन्, ‘धेरैमा भ्रम छ कि भातको सट्टा च्याँख्ला राम्रो । जब कि च्याँख्ला पनि एक प्रकारको अन्न नै हो । त्यसैले सुगरका बिरामीले भात तथा च्याँख्ला लगायतका अन्न कम खानुपर्छ । अन्नमा पनि भात भन्दा मकै राम्रो । मकैभन्दा आँटा, कोदो र फापर राम्रो ।’ बालबालिकामा पनि समस्या नेपाल लगायत दक्षिण एशियाली मुलुकहरुमा सुगर रोग सामान्यतया ३० वर्षको उमेरपछि सुरु हुने गर्छ । जब कि बाँकी विश्वमा (गोरा) यो रोग ५० वर्षको उमेरपछि मात्र देखिन थाल्छ । दक्षिण एशियाली मुलुकमा भने वंशाणुगत (जीन) कारण तथा गलत जीवनशैलीका कारण पनि यो समस्या चाँडै देखिने गरेको हो । त्यस्तै, मोटोपना कारण पनि यो रोग विकसित मुलुकको तुलनामा एशियालीहरुलाई छिटो लाग्ने गर्छ । त्यो कसरी भने जीन तथा जीवनशैलीका कारण हाम्रो पेटमा वोसोको मात्रा धेरै हुने गर्छ । त्यसबाहेक, गर्भावस्थामा हुने कुपोषणका कारण पनि हामी (एसियाली) मधुमेह रोगको उच्च जोखिममा पर्छौं । गर्भावस्थामा हुने कुपोषणका कारण पनि गर्भवती महिलाबाट जन्मने शिशुमा मोटोपनाको समस्या हुने गर्छ । र, मोटोपनाको समस्या भएमा सुगर रोग निम्तिने गर्छ । परिणामस्वरुप, पछिल्लो समय १४–१५ वर्षको उमेरका बालबालिकामा समेत सुगर (टाइप २ मधुमेह) देखिन थालेको छ । जबकी बालबालिकामा देखिने सुगर भनेको टाइप १ हो, जुन विरलै हुन्छ । शरीरमा इन्सुलिनको उत्पादन नभएमा बालबालिकालाई यो रोग लाग्छ । मधुमेहले निम्त्याउने अन्य जोखिम माथि नै भनियो कि मधुमेह एक दीर्घरोग हो । यसले मुटु, मिर्गौला तथा आँखालाई त असर गर्छ नै । समयमै यसलाई नियन्त्रण नगरे यो रोगले व्यक्तिको आयुसमेत छोट्याउँछ । त्यतिमात्र हैन, सुगर भएमा व्यक्तिको शरीरमा उच्च रक्तचापको समस्या समेत पैदा हुन सक्छ । डा. अंशुमालीकै शब्दमा ‘सुगर र उच्च रक्तचाप भनेका दाजुभाइ जस्तै हुन् । किनकि सुगर रोगीमा प्रायः मेटाबोलिक सिन्ड्रोम देखिएकै हुन्छ । र, उच्च रक्तचाप, कोलस्ट्रोल, युरिक एसिड, कलेजोमा बोसो जम्ने, तौल बढ्ने इत्यादि समस्या मेटाबोलिक सिन्ड्रोमको एउटा भाग भएकोले सुगर हुनेमा यस्ता समस्या हुनु आम हो । सेन्टरले गरेको सर्वेक्षणबाट आएको नतिजाले समेत यो कुरा पुष्टि गरिसकेको छ । ‘हामीकहाँ आउनेमध्ये करिब साढे दुई प्रतिशत मानिसमा यस्तो समस्या देखिएको थियो । त्यसबाहेक, सुगर हुनेमध्ये करिब २९ प्रतिशतमा डिप्रेसनको समस्यासमेत भएको पाइएको थियो’, डा. अंशमलीले अनलाइनखबरसँग भने । सुगर लागेपछि मानिसहरु सोच्ने गर्छन्, अब मेरो जिन्दगी सकियो । बर्बाद भयो । मेरो आयु छोटिने भयो । अब मैले केही खानुहुँदैन । त्योभन्दा अगाडिसम्म उनीहरु बिन्दास जे पनि खाइरहेका हुन्थे । उनीहरुको जीवनशैली रंगीन हुन्थ्यो । नियमित एक्सरसाइज गर्थेनन् । तर, जब मधमेह देखिन्छ, तब उनीहरु परहेजमा बस्नुपर्ने हुन्छ । जसले गर्दा उनीहरुमा आत्मबल गिरेर डिप्रेसनमा समेत हुन सक्छ ।

यस्ता व्यक्ति जोखिममा वंशाणुगत समस्या भएमा, मोटोपना, उच्च रक्तचाप, हाई कोलेस्ट्रोल, तनावयुक्त जीवनशैली, व्यायामको कमी, पोलिसिस्टिक ओभरी सिन्ड्रोम भएका महिला, गर्भावस्थामा मधुमेह भएमा तथा एसियाली मुलुकका मानिसहरुलाई मधुमेह रोगको जोखिम उच्च हुने गर्छ । एउटा सामान्य व्यक्तिमा खालीपेटको सुगरको स्तर एक सय मिलिग्राम प्रतिडेसिलिटर हुनुपर्छ । खाएपछि एक सय ४० मिलिग्राम प्रति डेसिलिटरभन्दा कम हुनुपर्छ । सुगर रोगीका हकमा भने खाली पेट (फास्टिङ) मा सुगरको स्तर एक सय २६ मिलिग्राम प्रतिडेसिलिटर भन्दा माथि हुने गर्छ । खाएको दुई घण्टापछिको जाँच पोस्ट प्रान्डियल (पीपी) मा सुगरको मात्रा दुई सयभन्दा माथि हुने गर्छ । साथै, एचबीएवान सीको मात्रा ६.५ प्रतिशतभन्दा बढी हुने गर्छ । एचबीएवानसी भनेको मधुमेहका विरामीमा गरिने तीन महिना अवधिको सामान्य चिनी जाँच हो । यसको मापन प्रतिशतमा हुने गर्छ । यसले रगतमा तीन महिनादेखिको औसत सुगरको स्तर देखाउँछ । सामान्य व्यक्तिमा एचबीएवानसीको स्तर ५.७ प्रतिशतमा हुन्छ । मधुमेह भएकाहरुले एचबीएवानसीको स्तरलाई जीवनभर सात प्रतिशतभन्दा कममा राख्न सकेको खण्डमा स्वास्थ्यमा कुनै प्रकारको गम्भीर समस्या आउँदैन । आँखा, मुटु तथा मिर्र्गौैलालाई पनि कुनै असर गर्दैन । साथै, आयु पनि घट्दैन । सुगरका बिरामीका साथै सामान्य व्यक्तिले पनि वर्षमा कम्तिमा एकपटक सुगरको स्क्रिनिङ्ग गर्नु उपयुक्त हुन्छ । कसरी थाहा पाउने ? चिकित्सकका अनुसार ५० प्रतिशत व्यक्तिमा सुगर रोगको कुनै प्रारम्भिक लक्षण देखिँदैन । लक्षण नै नदेखिएपछि सुरुवाती चरणमै यस रोगको पहिचान गर्न पनि कठिन हुन्छ । लक्षण देखा पर्दासम्म व्यक्तिमा गम्भीर समस्या निम्तिसकेको हुन सक्छ । फेरि पनि दुर्गाबहादुरकै उदाहरण दिँदै डा. अंशुमालीले भने ‘उनकै हकमा पनि करिब ६ महिना पहिलेबाटै देब्रे आँखा धमिलो हुन सुरु भैसकेको रहेछ । तर, लक्षण नबुझ्दा अहिले मात्रै डाक्टरकहाँ आए ।’ यस्ता लक्षण तथा संकेत देखिएमा मात्र पनि तुरुन्तै चिकित्सलाई सम्पर्क गर्न उनले सुझाव दिए । जुन यस प्रकार छन्: – खुल्ला जमीनमा पिसाब फेरेको ठाउँमा कमिला धेरै आएमा –खुट्टा पोल्ने तथा झमझम गर्ने भएमा

बुध, कार्तिक २८, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ, नाम अनुसारको सफलता

बाल्यावस्थामा बुबा आमाले सपना बुन्नुभएको थियो होला छोराले नाम अनुसारको समाजमा इज्जत राखोस् भनेर । काभ्रे जिल्लाको नालामा जन्मिनुभएका प्रा.डा.उत्तम कृष्ण श्रेष्ठ व्यापारको सिलसिलामा बुबा राजधानी छिरेपछि काठमाडौंको असन नजिकै न्ह्यौखामा हुर्किनुभयो । अनि उहाँलाई अध्ययनका लागि परिवारले कीर्तिपुरस्थित ल्याबोरेटोरी स्कुलमा भर्ना गरिदियो । उहाँले...

हृयाम्स अस्पतालले अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा सन्चालनमा

काठमाडौं । डा. उपेन्द्र देवकोटा र मधु घिमिरेले २१ वर्षअघि एड्भान्स उपचारका लागि स्थापना गरेको हृयाम्स अस्पतालले अब अन्तर्राष्ट्रियस्तरको सेवा, सुबिधा र प्रबिधिसहित पुनर्जीवन पाएको छ । डा.भगवान कोइराला,अर्जुन कार्की, प्रकााश सायमी लगायतका चर्चित विशेषज्ञ डाक्टरहरु सहित हृयाम्स अस्तपाल सन्चालनमा आएको हो । धुम्बाराहीमा १५ रोपनी...

स्थापनाकालदेखि ओम अस्पतालमा आवद्ध बरिष्ठ डाक्टर भोला रिजालले ओम अस्पताल छाडे

काठमाडौं : स्थापनाकाल देखि ओम अस्पतालमा आवद्ध बरिष्ठ प्रसुती रोग विशेषज्ञ डाक्टर भोला रिजालले ओम अस्पताल छाडेका छन्। ओम अस्पताललाई यो स्थानमा ल्याउन महत्वपर्ण योगदान पुर्याएका रिजाल अस्पतालबाट एकाएक बाहिरिएका हुन्। ‘किन बाहिरिए रिजाल ओम अस्पतालबाट?’ ओम अस्पतालबाट डाक्टर रिजाल बाहिरिनुको भित्री कथा भने निकै रोचक छ। रिजालले पहिलेदेखि...

सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड

१६ भदौ, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका ११ मा रहेको नमूना अस्पतालमा तोडफोड भएको छ । एक महिलाको उपचारमा लापरवाही गरेको भन्दै पीडित पक्षले तोडफोड गरेको हो । तर, अस्पताल नजिकै रहेको प्रहरीले नियन्त्रणको प्रयाससमेत नगरेको अस्पताल प्रशासनको भनाइ छ । हरिवन नगरपालिका वडा नं. ७...

नालामा पनि सुबिधा सम्पन्न सद्भाव सामुदायिक हस्पिटल प्रा लि संचालन

काभ्रेको उग्रचण्डी नाला एउटा यस्तो ठाँउ हो जहाका मानिसहरु साह्रे मेहिनती गर्दछन / मेहनत अनुसार मनग्य आय आम्दानि गर्दछन ।आम्दानीको नाफा नाला बाहेक अन्यत्र लगानी गर्दछन । यो भैरहेको एउतै कारण नाला भित्र अवसर खोज्न नसक्नु हो । लगानी गरेता पनि कोल्टे परेको स्थानले गर्दा र...

मेरो कुरामारीत्वमाथि आशंका

‘मेरो विवाहको तयारी भइरहेको छ । तर एउटा कुराले मलाईं डर लाग्न थालेको छ कि, हुनेवाला श्रीमान्ले मेरो कुरामारीत्वमाथि आशंका गर्ने त होइन ?’ अक्सर यौनसम्बन्धीको सवाल-जवाफमा यस्तो प्रसंग निकै आउने गर्छ । विवाहअघि नै यौन सम्पर्क गर्नुलाई आजको समाजले अनौठो मान्दैन । यौनमा उदार बन्दै...