साहित्य गतिबिधि

मञ्जुश्री के.सी.प्रधान भारतमा नेपाली साहित्यकार सम्मानित


कार्तिक २५ गते भारतको शिद्घार्थ नगर जिल्ला इटवा बजारमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान समारोह २०१८ सम्पन्न भयो । सो समारोहको आयोजना शिद्घार्थ तथागत कला साहित्य संस्थानले गरेको थियो । समारोहमा साहित्यकार राजेन्द्र परदेशी अध्यक्ष, कमन वैल्थ बोकेशनल युनिर्भसिटी टाँगाका डीन डा. बेगराज सिंह प्रमुख अतिथि डा. योगेन्द्रनाथ शर्मा अरुण लगायत विशिष्ट व्यक्तित्वको आतिथ्य थियो । नेपालबाट शैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री के.सी. प्रधान रानुलाई विशिष्ट अतिथिको दर्ज दिइएको थियो । कार्यक्रम सञ्चालन नेपाल स्थित भारतीय दुतावासका प्रतिनिधि डा. रघुवीर शर्माले गरेका थिए ।

सो समारोहमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान नेपालका सात साहित्यकारहरू; रामकुमार पण्डित क्षेत्री, मञ्जुश्री के.सी. प्रधान रानु, खगिन्द्रा खुसी, देवकी निरौला, ऋचा लुइँटेल, रेखा सुवेदी र विष्णुलाल कुमालले प्राप्त गरेका थिए । समारोहमा नेपाल लगायत भारतका २८ राज्य एवं दार्जिलिङ र आसामका सयौँ साहित्यकारहरूलाई प्रमाणपत्र सहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो । विशिष्ट अतिथिको रूपमा साहित्यकार मञ्जुश्री के.सी.प्रधानले “यसरी अन्र्तदेशका साहित्यकार र आफ्नै भूमिका साहित्यकारहरूलाई सम्मान गरेर उनीहरूलाई लेखनमा उर्जा मिलेको” बताउनु भयो । त्यस्तै गरी साहित्यकार रामकुमार पण्डित क्षेत्रीले “हिन्दी भाषा विश्वमै धेरैले बोल्ने भाषा भएको” भन्ने छोटो मन्तव्यसहित हिन्दीमा अनुदित कविता सुनाउनु भयो । समारोहमा नेपाली साहित्यकार खगिन्द्रा खुसीले नेपाली छन्दमा र ऋचा लुइँटेलले हिन्दीमा कविता वाचन गरेका थिए

बिहि, कार्तिक २९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको मुक्तकसङ्ग्रह “मनको किनारा” बजारमा

गीतकार तथा मुक्तककार बिमला अधिकारी देवकोटाको पहिलो मुक्तकसङ्ग्रह मनको किनारा बजारमा आएको छ । शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, समालोचक युवराज मैनाली, प्राज्ञ डा खेम बन्धु कोइराला, साहित्यकार डा विधान आचार्य, नियात्राकार प्रतिक ढकाल लगायतले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नु भयो...

कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन

माघ ५ गते शनिवार मर्स्याङ्दी आधारभूत विद्यालय पाउँदिबजार लमजुङमा कर्मदा सिर्जना मञ्च नेपालको तेस्रो रचना वाचन,प्रथम साधारण सभा,आजीवन सदस्यको प्रमाण – पत्र वितरण तथा निर्वाचन,कार्यक्रम संस्थाका अध्यक्ष जगदीश्वर पोखरेलज्यूको अध्यक्षता, सुन्दरबजार नगर पालिकाकी उपमेयर ज्ञानु शाहको प्रमुख आतिथ्य तथा सुन्दरबजार नपा ७ का वडाअध्यक्ष जयराम...

साताको साहित्य पुरस्कार — २०१८

यस बर्षको साताको साहित्य पुरस्कार कवि नवीन प्यासीको कविता ‘आशीर्वाद’लाई प्रदान गरिने निर्णय गरिएको छ । ‘साताकोसाहित्यडटकम’ मा अगष्ट २०१७ देखि जुलाई २०१८ सम्म प्रकाशित भएका रचनाहरूमध्येबाट तीन उत्कृष्ट रचनाहरू केही समय अघि सार्वजनिक गरिएका थिए जसमा अन्य दुई उत्कृष्ट रचनाका रुपमा कवि बाबु त्रिपाठीको...

गोंगबु साहित्य समाजको चौतिसौ काब्य वाचन सम्पन्न।

गोंगबु साहित्य समाज ले लुनार बोर्डिङ स्कुलमा एक कार्यक्रम गरि आफ्नो ३४औ काब्य बाचन कार्र्यक्रम सम्पन्न गरेको छ। नेपाली चलचित्र क्रमि शकुन्तला शर्मा को प्रमुख आतिथ्यता,प्रा.डा.गारर्गी शर्माको बिशिष्ट आतिथ्यता र साहित्यकार चन्द्रा न्यौपानेको अध्यक्षता रहेको उक्त कार्यक्रम मा २० जना भन्दा बढि साहित्यकार , सर्जकहरुले...

पृथ्वी जयन्तीमा प्रवचन कार्यक्रम

काठमाडौँ, पौष २६ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानले २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा ‘नेपाली राष्ट्रियता र पृथ्वीनारायण शाह’ विषयमा प्रवचन कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रमका प्रमुख अतिथि प्रधानमन्त्री के.पी. शर्मा ओलीले कार्यक्रमलाई सम्बोधन गर्दै इतिहास जे सुकै भएपनि नेपाल एकीकरणको नेतृत्व पृथ्वीनारायण शाहले गरेका...

” भन्दिनु है बा ! ” को लोकार्पण

अमेरिकाको न्युयोर्कमा बस्दै आउनु भएकी कवि शकुन ज्ञवालीको कविता सङ्ग्रह ” भन्दिनु है बा ! ” को लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङगाप्रसाद उप्रेतीले गर्नु भयो । कार्यक्रम समितिका उपाध्यक्ष दिव्य गिरीको अध्यक्षतामा सम्पन्न भएको थियो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बाग्मती समितिले आयोजना गरेको सो...