साहित्य गतिबिधि

काव्य गोष्ठी सम्पन्न


काठमाण्डौ, मङ्सिर २ गते।
आधुनिक साहित्य परिषद्को आयोजनामा बृहत् साहित्यिक उत्सव – २०७५ डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाट, काठमाण्डौमा सञ्चालन भइरहेको कार्क्रममा अनुपम सिर्जना प्रतिष्ठान नेपालले पनि सहभागी भएर काव्य गोष्ठी सम्पन्न ग-यो । उक्त गोष्ठीमा स्रष्टाहरूले छन्द, स्वचन्दका कविता, गीत तथा गजल वाचन गरे । सो समयमा रचना वचन गर्नेहरूमा मुकुन्द न्यौपाने, बेनीबहादुर थापा, दुर्गा रिमाल अधिकारी, बालकृष्ण सुवेदी, रामप्रसाद जोशी, डा.बमबहादुर थापा जिताली, डा. सत्यराज थपलिया, सीता बिष्ट, उमेश पाण्डे, हृदयपाणि अधिकारी, पुरुषोत्तम सिग्देल, कृष्णकान्त घिमिरे, भाग्यशाली अधिकारी, गोविन्द घिमिरे वेदमणि, कुमार नेपाल, सीताराम अधिकारी, शान्ति सापकोटा, डिल्लीप्रसाद मुलतिहून, मुना खतिवडा, कविता पोखरेल, बिजयराज न्यौपाने, पूर्णप्रसाद पन्त, धरणीधर गुरागाई र जगदीश्वर पोखरेल हुनु हुन्थ्यो । उक्त काव्य गोष्ठी अनुपम सिर्जना प्रतिष्ठान नेपालका महासचिव जगदीश्वर पोखरेलले सञ्चालन गर्नु भएको थियो ।

सोम, मंसिर ३, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

यशश्वी उपन्यासकार लीलाध्वज थापाको प्रतिमा कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण

लीलाध्वज थापा साहित्य प्रतिष्ठान र लुम्विनी वाड़मय प्रतिष्ठानको सं युक्त आयोजनामा यशश्वी उपन्यासकार लीलाध्वज थापा को प्रतिमा साहित्य चौतारी कपिलधाम कपिलवस्तुमा भव्य समारोहको बीच अनावरण भयो । प्रतिमा को अनावरण प्रतिष्ठानको अध्यक्ष विजयध्वज थापाले गर्नुभएको थियो । सो कार्यक्रमको अध्यक्षता लुम्विनी वाड़मय प्रतिष्ठानका अध्यक्ष हिमलाल ज्ञवालीले...

टोखा–बूढानीलकण्ठको संयुक्त कवि सम्मेलन

काठमाडौँ, मङ्सिर १५ गते । टोखा तथा बूढानीलकण्ठ नगरपालिकाको स्थापना दिवसको अवसरमा टोखा तथा बूढानीलकण्ठ नगरपालिका काठमाडौँले संयुक्त रूपमा कवि सम्मेलनको आयोजना ग¥यो । यस नगरपालिका क्षेत्रभित्र बसोबास गर्नुहुने कवि एवम् लेखकहरूसँग परिचय, भेटघाट र कवितावाचनको उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा...

संस्मरण:- बिचलन भएकाे मन

कार्यक्रममा थिए तर मेराे मन मसँग थिएन।भित्र भित्रै पीडाबाेद्व भइरहेकाे थियाे। असाेज १२ गते सम्ममाेहन मुक्तक संग्रह बिमाेचन समाराेह ए वान पार्टी प्यालेस सिनामंगलमा। बुबाकाे अवसानपछि मैले बाहिर हिडेकाे याे पहिलाे कार्यक्रम थियाे मेराे। घरमा एक्लै हुदाँ पीडा बाेद्व असाध्यै हुने। अाफु समालिन धेरै गाह्राे...

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने

आधुनिक साहित्य परिषदको आयोजनामा बृहत साहित्यिक उत्सव हुने भएको छ ।  यहि  मंसिर १,२ र ३ गते तीन दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा एकल कविता वाचन,पुस्तक विमोचन,साहित्यिक प्रवचन र गजल वाचन लगायतका कार्यक्रम रहेका छन् । काठमाडौंको लाजिम्पाटस्थीत डिल्लीरमण पुस्तकालयको हलमा हुन लागेको उक्त कार्यक्रममा करिव...

मञ्जुश्री के.सी.प्रधान भारतमा नेपाली साहित्यकार सम्मानित

कार्तिक २५ गते भारतको शिद्घार्थ नगर जिल्ला इटवा बजारमा अन्र्तराष्ट्रिय तथागत सृजन सम्मान समारोह २०१८ सम्पन्न भयो । सो समारोहको आयोजना शिद्घार्थ तथागत कला साहित्य संस्थानले गरेको थियो । समारोहमा साहित्यकार राजेन्द्र परदेशी अध्यक्ष, कमन वैल्थ बोकेशनल युनिर्भसिटी टाँगाका डीन डा. बेगराज सिंह प्रमुख...

बि.सी.को युरोप डायरी विमोचन

काठमाडौँ, कात्तिक २१ गते । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, थममाया थापाले एक कार्यक्रमकाबीच साहित्यकार नरबहादुर बि.सी.को ‘युरोप डायरी’ को लोकार्पण गर्नुभयो । पुस्तक विमोचन गर्दै मन्त्री थापाले नरबहादुुरको युरोप डायरीले आम पाठकहरूलाई युरोप बुझ्न सजिलो हुने बताउँदै यतिबेला सरकारले थुप्रै कानुनहरू निर्माण गर्नुपर्ने भएकोले कानुन...