निबन्ध

पुनर्जिवन पाएकि शुशिलासँग पुनर्मिलन धुलिखेलमा!

-तारा के.सी.


कस्लाई के थहाँ मृत्युले कुन बेला कस्लाई कसरी अाक्रमण गर्छ भन्ने कुरा। हामी पाइलै पिच्छे मृत्यु बाेकेर हिडिरहेका छाै र हिडिरहने छाै।

कुनै दिन मन मुटु साटेर एउटै बाटाे हिडेका यी साथीहरूलाई केही समय खर्चेर यीनै शब्दहरूकाे उपहार चढाएँ। बचेका फुर्सदका समयहरूमा अक्षरहरूसित खेल्न रमाउँछु। किताब कापी र कलमकै वरिपरि हुन्छु। भान्सापनि मेरा साथी हुन्छन यिनै। पाेखिन चहान्छु यिनै कापिका हरफहरूमा।अाज पाेखिए शुशिलालाई सम्झेर ।

२०७२ सालकाे महा भुकम्प संम्झिदा पनि अाङ जिरिङ्ग हुन्छ। शनिवार विशेष गरेर साहित्यिक कार्यक्रमहरू बढि हुन्छन्।त्याे दिन साथी द्वारिकाकाे कथा संग्रह बिमाेचन थियाे १ बजे सामुदायिक प्रहरी बिट गाेङ्गबु नयाँबस पार्कमा। कम्प्युटरमा टायप गर्दै थिए। अब बच्चाहरूलाई खाजा बनाएर राखिदिन्छु अनि जान्छु साथीकाे बिमाेचनमा साेच्दै पनि थिए। बाबू नुहाउन बाथरूममा छिर्याे भने छाेरी पढिरहेकि थिइ काेठामा।एक्कासी कम्पन शुरू भयाे र हल्लिन थाल्याे कम्प्युटर। मैले ढाेका खाेल्दै भने बाबु नानी बाहिर निस्क भुकम्प अायाे। म बाहिर निस्किदा सम्म बच्चाहरू निस्किदैनन्।बेसरी कराएँ बाहिरबाट र उनिहरू निस्किए। चिसाे पेन्टी लगाएर बाबू बाथरूमबाट हतारिदै बाहिर अायाे। उ डर र चिसाेले बेसरी काँपि रहेकाे थियाे। हामी ग्यारेजकाे पिलरमा समातेर उभिरहेका थियाै।पारी मनमैजु धर्मस्थलीतिर घर भत्केर धुलाे उडिरहेकाे थियाे। मैले बाबू नानीलाई भने गेट खाेलेर बाहिर जाँउ। सबैजना खाली चाैरमा जम्मा भैसकेकाछन्। भाईकाे जिउमा कपडा छैन यस्ताे गतिमा कहाँ बाहिर निस्कने भन्दै कपडा लगाउन दिदी भाइ भित्र पसे। म बाहिरबाट छिटाे निस्क का निस्क भनेर कराई रहेकाे थिए।उनिहरू कपडा लाउदै बाहिर निस्कदा भुकम्प राेकिएकाे थियाे

बिदेश र स्वदेशमा भएका अाफन्तहरूले फाेन गरेर सुरक्षित ठाउँमा बस्नु भन्दै खबर गर्दै थिए। फाेन लाग्नै छाड्याे। त्याे रात हामी सबै टाेलबासीहरू बाहिर खाली चाैरमा पाल राखेर सुत्याै। कम्प अाउदै जाँदै गरिरहेकाे थियाे।धमाधम न्युज अाउन थाल्याे गाेरखाकाे बार्पाकमा केन्द्र बिन्दु भई ७.८ रेक्टरकाे भुकम्प अायाे। गाेङ्गबु र बसपार्क एरियामा धेरै घरहरू भत्किएर धनजनकाे क्षति भएकाे थियाे। २ दिनपछि गाडी चल्न थाल्याे। माइतिबाट तारन्तार खबर अायाे यतै अाइजाे भनेर। हामी १५ गते बनेपा गयाै।

बहिनीले भनि भुकम्पमा पुरिएर शुशिला दिदीलाई धुलिखेल हस्पिटलमा राखेकाे छ। मन मानेन्।उसलाई लिएर भेट्न गई धुलिखेल हस्पिटल । त्याे दृश्य अाज पनि अाँखामा झल्झलि अाउँछ। उनकाे त्याे अवस्था र मृत्युसँग लडिरहेकाे त्याे पल। सधै हसाई रहने र हाँसीरहने त्याे साथीकाे त्याे दर्दनाक पीडा। हेर्नै सकिन।बाहिर निस्के।मुटु भक्कानीएकाे थियाे।शब्दहरू थिएनन् मसँग बाेल्ने।बहिनीले बाहिर निस्केर शुशिला दिदीले बाेलाएकाे छ हिड्नुस् भनी। अाफुलाई समालेर म बार्डमा छिरे। जहाँ शुशिलालाई राखेकाे थियाे। उनलाई धेरै चाेटी खुट्टामा अप्रसन गरेर स्टिलकाे पाता राखिएकाे रहेछ।हलचल गर्न सग्दैनथिन्। मुखाभरि घाउ थियाे। हात खुट्टा चल्दैन्थ्याे। हामी दुबै जना बेसरी राेयाै त्याे पल एक अर्कालाई भेटेर।

हस्पिटल माईती गरेर उनी १ बर्ष बसिन् ।बैशाखी
टेकेर हिडेने भएपछि खुशि लाग्याे उनी बाँचिन भनेर।
म प्राय उनलाई भेट्न गइरहन्थे।उनी माईती बसुन्जेल।

उनले एकदिन मलाई यसरी बताइन् अाफुमाथि घटेकाे भुकम्प घटनाक्रम।

चाैतारामा हाम्राे २ अाेटा घरहरू थियाे ।एउटा पक्की घरमा कलेज पढ्ने बिधार्थीहरू भाडामा बस्थे। अर्काे माटाकाे घरमा जाे हामी बस्थ्याै। त्याे घरपनि राम्राे थियाे पुर्खाैली घर। शनिबारकाे दिन बच्चाहरूकाे कपडा धुदै थिए माथि छतमा बसेर। श्रिमान जी र छाेराहरू तल्लाे तलामा सुतिरहेका थिए। भुकम्प अायाे छतबाट हेरिरहेकाे छु । सबैजना घरबाहिर भाग्न थाले। छाेराहरू बाहिर निस्केर मलाई बाेलाउन थाले। म छतबाट काठकाे भरयाङ्ग हुँदै तल झर्दै थिए। घरकाे एकसाइड खसेर मलाई पुर्याे।कसाे कसाे मैले हात निकालेर पुरिएकाे टाउकाेकाे माटाे इँटा झिक्न सकेछु। बाबुहरूले बाेलाई रहेकाे सुनेकाे छु तर बाेल्न सग्दिन। श्रिमान जी मलाई खाेज्न अाउनु भयाे।मैले हातले इसारा गरे। तपाईं यहाँ न अाउनु। छाेराहरू लिएर बाहिर जानू। म अब बाँच्दिन। मेराे कान्छाे छाेरा निराकारले बाटाेमा हिड्दै गरेका अार्मीहरूलाई बाेलाएर ल्याएछ। मेराे ममी बचाइदिनु भन्दै रूद‌ै । तिनै अार्मीहरूले जिउबाट तानेर मलाई बाहिर निकाले र म अाज याे स्थितिमा छु। मेरी सासू अामा अर्काे घरमा पुरिएर बित्नु भाे।

यसरी बाँचिछिन् शुशिला। कलेजमा असाध्यै मिल्ने साथी शुशिला र शारदा। सधै अरूलाई हसाई रहनु पर्ने। फूल राेप्न असाध्यै साैखिन। संगै धुलिखेलमा सिलाई सिकेका पलहरू। खेतमा केराउ कुटुलीकाेसा खाँदै रमाएका क्षणहरू। एकचाेटि हरिबंश र मदन कृष्णकाे अन्तर्वाता पढेर हामी दुबैले हाँसाे राेक्न नसकेर खाटबाट लडेकाे घटना थुप्रै थुप्रै छ साथी मनमा। जब चाैकाेट टेकेपछि खाेज्छन् यी अाँखाहरूले प्रिय साथीहरू र ति गाेरेटाे बाटाे र प्रिय मनहरूलाई!समय फर्केर अाउदैन केवल सम्झनाका पानाहरू चहि कुनै दिन प्रेमले पल्टाउन मन लाग्छ। एक्लै हुदाँ खेल्न मन लाग्छ यिनै अक्षरहरूसित।

माेहन दुवाल सरकाे घरसम्म मलाई साथ दिएर कविता छाँप्न लैजाने मेरा प्रिय साथीहरू सारदा र शुशिला। २०४९ सालतिर साहित्यिक कार्यक्रमहरूमा पनि पुग्ने गर्थ्याै हामी बनेपामा।तिमीहरू मेराे लागि जान्थ्याै भने मलाई साहित्यमा रुचि थियाे। हामीलाई फेरि जाेडेकाे छ याे बनभाेज कार्यक्रमले । हाम्राे याे माया र सम्झना सदा ताजगी बनिरहाेस्।

२०७५/८/५
काठमाडौ ।

बुध, मंसिर ५, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

स्मृतिमा प्रिय सखा शाेभा र रामकृष्ण

श्री श्वेत प्रा.बि. चाैकाेटबाट कखरा सिकेर श्रीखण्डपुर मा.बी. बाट S.L.C. पास गरेर छुटिएका हामी ३ जना साथीहरूलाई स्कुलकाे भेटघाट तथा बनभाेज कार्यक्रमले भेट्ने अवसर जुटाइदियाे। हरेक दिन पाैने १० बजे स्कुल जान म घरबाट निस्कन्थे। शाेभा मलाई प्रर्खेर बसेकि हुन्थिन्। म बाटाकाे गरामा पुग्दा उनी घरबाट झर्थिन्।...

हे भगवान ! अर्को जुनीमा अष्ट्रेलियाको कुकुर बनाइदेऊ

कसैलाई गाली गर्नु पर्यो भने हामी नेपालीहरू भन्ने गर्छौं ‘तँ त कुकुरजस्तो रहिछस्, काम नलाग्ने, खत्तम । कस्तो कुकुरजस्तो जीवन तेरो ? के बाँच्छस् ?’ लेखक- राजन घिमिरे कुकुर भनेपछि हेयको दृष्टिले हेर्ने, हेप्ने अनि घृणा गर्ने र खराब जनाबरको रूपमा लिने नेपालीहरू जब अष्ट्रेलिया आउँछन् तब कुकुरलाई हेर्न उनीहरूको सोच र दृष्टिमा नै परिवर्तन...

हामीलाई जवाफ चाहियो सरकार, विश्वविद्यालयको पाठ्यपुस्तक पढुँ की, कोरियन, हिब्रु र अरबी भाषा पढुँ ?

अरे यार तिमी ? हो यार, म, वनेपा वसपार्कमै भेटियो धनकुमारलाई । धेरै पछिको जम्काभेट, लगभग सात वर्षपछि। हातमा मोटो चाँदीको व्रासलेट ,गलामा सुनको मोटै सिक्रि लगाएको उ झण्डै, चिन्नै गार्हो हुने भएछ। दश वर्षअघि एसएलसी छोडेरै भागेको थियो गाडिमा ढोका ढक्ढक्याउन। कुरैकुरामा गाडिमा सहचालक हुँदादेखि...