साहित्य गतिबिधि

संस्मरण:- बिचलन भएकाे मन

-तारा के.सी.


कार्यक्रममा थिए तर मेराे मन मसँग थिएन।भित्र भित्रै पीडाबाेद्व भइरहेकाे थियाे। असाेज १२ गते सम्ममाेहन मुक्तक संग्रह बिमाेचन समाराेह ए वान पार्टी प्यालेस सिनामंगलमा। बुबाकाे अवसानपछि मैले बाहिर हिडेकाे याे पहिलाे कार्यक्रम थियाे मेराे। घरमा एक्लै हुदाँ पीडा बाेद्व असाध्यै हुने। अाफु समालिन धेरै गाह्राे भयाे मलाई! अामाकाे अगाडि अाफु कम्जाेर भएर अाँशु देखाइन मैले।भाइ बहिनीहरूलाई समाल्नु थियाे। माहिली बहिनीकाे मुटु कम्जाेर। अाैषधि र डाक्टरकाे फलाेअफमा रहेकि उ।इण्डियाकाे मेघान्त हस्पिटल लगेर उपचारगरेपछि उसकाे स्वास्थमा सुधार भएकाे थियाे। एलर्जीकाे समस्या देखिएकाे उसलाई जिउभरि डावर अाउने चिलाउने र जिउ सुनिएर अाउने गर्थ्याे। धुलिखेल हस्पिटलमा धेरै बसेर उपचार गरि तर अाैषधि चलाउन्जेल ठिक हुने अाैषधि छाेडेपछि उस्तै हुने। नर्भिक हस्पिटलमा पनि लगेर भर्ना गरियाे। तर ठिक भएन। अष्ट्रेलियाबाट छाेराले इण्डिया लैजानु भनेपछि उसलाई ज्वाँइले मेघान्त लैजानु भयाे।त्यहाँकाे डाक्टरले यहाँ चलाएकाे अाैषधि सबै काटिदिएर छ। यहाँ खाएकाे अाैषधिबाटै उसलाई बढि एलर्जी भएकाे रहेछ। उता दिएकाे अाैषधि खाँएपछि उसलाई त्यस्ताे कुनै समस्या छैन अहिले। किन नेपालमा सर्वसारण जनताकाे जिवनलाई अाफ्नाे प्रयाेगशाला बनाएर खेल्छन् डाक्टरहरू ? अहिले नेपालका डाक्टरहरूलाई किन बिश्वास गर्न सकिँदैन? कुनै समस्या देखिएमा टेष्ट गराउनु पर्याे भने महिनाै कुर्नु पर्छ पैसा बुझाएर। महिनाै सम्म परिस्थिति अर्कै भैसकेकाे हुन्छ। बुबालाई पनि त्यस्त‌ै भयाे।राेग पत्ता न लागेर हस्पिटल चार्दा चार्दै अन्तिममा बुबालाई बचाउन सकिएन। सबै सर्वसाधारण जनताकाे पाैच छैन बिदेश गएर उपचार गराउँन। अाफु र अाफ्नाे हस्पिटलले नसके पछि राेग सम्बन्धित डाक्टर र हस्पिटल रिफर गर्नु पर्छ कि पर्दैन डाक्टरले? अनेकथरि टेष्ट गराएर बिरामी अल्मलाएर पैसा असुल गराउने। बिरामीले मानसिक अार्थिक र शरिरिक पीडा खप्नु खपि सकेपछि बल्ल सम्बन्धित डाक्टरले जाँच्ने ।फेरि शुरूदेखि जाँच हुन्छ । ए भगवान! याे उपचारकाे श्रिङ्खला कति झन्झटिलाे। अँ म लेख्दै थिए बहिनीका कुरा। हामी कम्जाेर भएर रूदाँ उसलाई ठुलाे समस्या हुन सक्थ्याे। उसलाई सम्झाएर यथास्थितिमा ल्याउन धेरै गाह्राे भयाे। कान्छाे भाइ सानाे थियाे ।

बुबाकाे उपचारमा भर्खर दुवाईबाट अाएकाे । बिरामी थियाे। निमाेनियाकाे अाैषधि खाईरहेकाे। अर्काे भाइ जापानमा। कान्छी बहिनी उसले धेरै सेवा गरि बुबाकाे।उसलाई धेरै पीडा थियाे। अामाकाे त के कुरा गराै ।सगर खसेकाे थियाे। बाल्यकाल देखिकाे साथी श्रिमान बित्दाकाे पीडा।यी पिडाहरूकाे खाद थियाे हामी माथि। भाईकाे छाेरा ८ बर्षकाे बुबाकाे भक्त।उसलाई त झन घरमै राख्न सकिएन। बिरामी भई चिसाे बाट जाेगाउनु पर्ने राेगी अाैषधि सेवन गरिरहनु पर्ने अामा। पिडा माथि पिडा थपिदिने अर्काेतिर हाम्राे मृत्यु संस्कार। बाँचुन्जेल वास्ता नगर्ने मरेपछि बाउ अामालाई कतिन मायाँ गरे जस्ताे गरेर समाजकाे अगाडि अाँशु खसाल्ने मान्छेहरूकाे नाैटंकि नाटक पनि यहि संस्कारमा देखिन्छ। म प्रसंगतिर अाँए। खाना बनाउँन लाग्याे ।कहिले तरकारीमा नुन‌ राख्न बिर्सने। खाना डडेकाे पत्तै न हुने। कस्ले के भनी रहेकाे छ थहाँ नै न हुने। अाफ्नै शुरमा टाेलाइ रहने भए छु म। मेराे याे स्थति देखेर बच्चाहरूले मलाई घरमा एक्लै न बस्नुस्। कार्यक्रममा जानुस् भनेर कराउँन थाले। निर्मल सरकाे मुक्तक संग्रह बिमाेचन। सानू शर्मा दिदीले फाेन गरेर म गाेङ्गबु चाेकमा लिन अाउँछु । तयार भएर बस्नुस् है भनेर भन्नु भयाे। उहाँ लिन अाउनु भयाे ।उहाँकाे स्कुटरमा बसेर म गएँ कार्यक्रम तिर। अाेम हस्पिटल नजिक पुगेपछि मुटु भक्कानीय अायाे। यहि हस्पिटलबाट बुबाकाे शव निकालिएकाे थियाे। मलाई याे राेगले उठ्न दिदैन जस्ताे छ भनेर बुबाले भन्दा हजुरलाई निकाे हुन्छ। निकाे बनाएर लान्छाै हामी भनेर वचन दिएका थियाै। त्यहि हस्पिटलबाट बुबा हाेइन बुबाकाे शव निस्कियाे। बचाउन सकिएन। यति छिट्टै हार्नु भयाे बुबाले जिवनदेखि किन? चाबहिल ती सडक ।माेदी सरकार पशुपति दर्शन गर्न जान बन्दगरिएका सवारी साधन। शून्य सडक। बनेपा जान ट्याक्सी नपाएर अापतकाे बेला रूदै हिडेकाे सम्झिए। पशुपति अार्यघाटमा जलिरहेका लास ले फेरि बुबाकाे सम्झनालाई ताजगी बनाउदै लग्याे। सानू दिदीले सम्झाउदै लानु भयाे। कार्यक्रम अबधिभरि मन धिरमा भएन। केके साेचेर हराईरहेकाे बेला बेलुका म्यासेन्जरमा भुवन शिवाकाेटी सरले खिचेर पठाई दिनु भएकाे रहेछ याे फाेटाे। २०७५/८/७ काठमाडाै।

आइत, मंसिर ९, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

कृति विमोचनसँगै विवाह बन्धनमा बाँधिए

काठमाडौँ ६ बैशाख । कवि बलराम दाहाल र कवि भैरवी ‘भूगोल’ ढुङ्गानाको जनवादी विवाह भएको छ । धेरैजसो साहित्यिक कार्यक्रम र साहित्यकारहरुको जमघटमा व्यस्त देखिने साँस्कृतिक संस्थान (नाचघर) मा बिहिबार दुइ कविले लगनगाठो गासेका हुन् । नुवाकोट साहित्य समाजको एक विशेष कार्यक्रममा १३ वर्षअघि जमघट भएका...

मनमतीमा तीन कृतिको लोकार्पण

काठमाडौँ, चैत्र २२ गते । मनमती साहित्य समाज कलङ्कीले नियमित रूपमा आयोजना गर्दै आएको साहित्यिक कार्यक्रम ग्रीन फिल्ड स्कुल बाफलमा विशिस्ट अतिथि साहित्यकार ज्ञानमणि नेपाल र गजलकार ज्ञानुवाकर पौडेलको आतिथ्यमा सप्पन्न भयो । कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष श्रीधर पौडेलले गर्नुभएको थियो । कार्यक्रममा मनमती साहित्य समाजका अध्यक्ष...

मैनाली कथा सम्मान विजय सागरलाई प्रदान

काठमाडौँ, चैत १९ गते । नेपाल प्रज्ञा प्रतिष्ठान आख्यान विभागको सहकार्यमा साहित्यिक पत्रकार संघले ‘३७ औं कथा दिवस’ समारोहको आयोजना ग¥यो । संघका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वरिष्ठ आख्यानकार गीता केशरी प्रमुख अतिथि रहनुभएको थियो । सो अवसरमा कथाकार विजय सागर (भैरहवा) लाई २०७५...

नियात्रा लेखनमा घनश्याम राजकर्णिकारको चर्चा !

काठमाडौँ, चैत २३ गते । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको नियात्रा महिला समितिले ‘नियात्रा उत्सव’ कार्यक्रम राजधानीमा आयोजना ग¥यो । उद्घाटन वरिष्ठ नियात्राकार घनश्याम राजकर्णिकारले गर्नुभएको थियो । कार्यक्रमको उदेश्य र महत्वमाथि अनेसासका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले प्रकाश पार्नुभएको थियो । समितिका सयोजक सरु सुवेदीको सभापतित्वमा सम्पन्न...

साहित्यकार खेलकुद समाज (साखेस) नेपालको साहित्यिक वनभोज

काभ्रे (नाला), चैत्र ९ गते शनिवार । साहित्यकार खेलकुद समाज नेपालले आयोजना गरेको वनभोज कार्यक्रम काभ्रेको नाला, सानोवन स्थित सिद्धार्थ युनिभर्सिटीको गुम्बा परिसरमा सम्म्पन्न भएको छ । साखेस नेपालले प्रत्येक वर्ष आयोजना गर्दै आएको वनभोजमा कार्यक्रम यो वर्ष तेस्रो हो । यसअघि यसले २०७३ मा पहिलो...

विश्व कविता दिवसमा विशेष कवि गोष्ठी

काठमाडौँ, चैत्र ७ गते । नेपाल प्रज्ञा–प्रतिष्ठान, काव्यविभागद्वारा विश्व कविता दिवस (२१ मार्च) का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरियो । विशेष कवि गोष्ठीमा बोल्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तथा कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काइँलाले संसारका विभिन्न देशले विभिन्न अवसर पारेर कविता उत्सव (दिवस) को...