विचार

संस्मरण:- सम्झनामा डा. धनेश्वर भट्टराई सर!

-तारा के.सी.


मान्छेले कि राम्राे काम गर्ने मान्छेलाई कि नराम्राे काम गर्ने मान्छेलाई सदा सम्झिराकाे हुन्छ। अाज म यस्ताे ब्यक्तिकाे बारेमा लेख्दै छु, जाे हाम्राे मानस्पटलमा सदा रहिरहनु भाकाे छ। हाम्राे अादरणीय गुरु धनेश्वर भट्टराई सर। काभ्रेकाे श्रिखण्डपुर मा.वि मा पढ्दाका अनगिन्ती यादहरूछन् सर सँगकाे।२०४५ सालतिर हाेला सायद सर हाम्राे स्कुलमा पढाउन अाउनु भाकाे। मेघनाथ सर जानू भएपछि उहाँले नै धनेश्वर सरलाई हाम्राे स्कुलमा राखेर जानू भाकाे थियाे। हसिलाे स्वभावकाे प्राय हाँसिरहने बानी थियाे उहाँकाे। गृहकार्य नगरेकाे दिन पनि उहाँलाई ढाँट्न सक्थ्याै। कापी ल्याउन बिर्सियाैं सर भनेर। भात खान बिर्सियाैकि बिर्सिएनाै भनेर उल्टै प्रश्न गर्नुहुन्थ्याे। भाेलि ल्याएनाै भने सजाए खान्छाै भनेर माैका पनि दिनु हुन्थ्याे तर मेघनाथ सरलाई त्यसाे भनेर वच्न पाइदैन्थ्याे। पुरै चाैर एउटा खुट्टाले टेकेर घुमेर अाउनु पर्थ्याे। उहाँसँग सबै डराउथे। कडा सरकाे रूपमा चिन्थ्याै मेघनाथ सरलाई। उहाँले पढाउदा बालमस्तिष्कमा त्यति बेला खेलेका कुराहरूलाई बिषय बस्तु बनाएर मैले २ अाेटा बालकथाहरू पनि लेखेकाे छु। १) परिबन्ध:- जुन कथा राष्ट्रिय पत्रिकाहरूमा पनि छापिएकाे छ। २) दिलभक्त तिमीले पढ्नु पर्छ:- जुन कथाकाे वास्तविक पात्र दिलभक्त जसकाे अार्थिक अवस्था कम्जाेर भएर पढ्न नसक्ने स्थिति हुदा मेघनाथ सरले अाफुले फि तिरेर पढाइ दिनु भाकाे रहेछ। जुन हाम्राे क्लासमा फस्ट हुन्थ्याे।जुन कुरा सरले स्कुल छाेडेपछि रहस्य खुलेकाे थियाे। मेघनाथ सरले स्कुल छाेडेपछि उसले पनि अाउन छाेड्याे। याे त भयाे मेघनाथ दवाडी सरसँगका स्मृतिहरू। म लेख्न चहान्छु धनेश्वर भट्टराई सरलाई यतिखेर। नरिसाउने नरम र हसिलाे स्वभाव थियाे धनेश्वर सरकाे। उहाँ क्लासभित्र पस्दाँ सबै खुशि हुन्थे। हसाएरै पढाउनु हुन्थ्याे । उहाँकाे क्लासमा कसैले बाेर मान्दैनथ्याे। उहाँले कसैलाई पिट्नु भाकाे मलाई याद छैन। बरू उखान टुक्का भनेरै नपढ्ने र गृहकार्य नगर्नेलाई ब्यङ्ग हान्नु हुन्थ्याे। उहाँकाे क्लासमा सबै अनुशासित भएर रमाएर पढेका हुन्थे। सबैकाे मनमा बस्न सफल असल गुरु। हामी ८/ ९ क्लास पढ्दाका कुराहरू हुन यी श्रिखण्डपुर मा.वी का। एकदिन टिभिन समयमा धनेश्वर सर माथि छतमा एक्लै बसिरहनु भएकाे देख्याै हामीले। मैले साथी शाेभालाई भने; शाेभा! नेपाली सरलाई कविता लेख्न सिकाइदिनु भनाै न हिड। उनले हुन्छ भनिन् र हामी सर नजिकै पुगेर उभियाै। सरले हामीलाई हेर्दै भन्नू भयाे, के भन्न अायाै तिमीहरू? मैले भने सर! कविता लेख्न सिकाइदिनु न। सर हाँस्नु भयाे। डर डर लाग्याे मनमा। के कविता लेख्छाै तिमीहरू? ल अाउँ भनेर नजिकै राखेकाे मेचमा बस्दै भन्नु भयाे। याद छ मलाई सरले त्यतिखेर छन्दकाे बारेमा सामान्य नियमहरू िसकाउनु भाकाे थियाे। केही बुझेनाै हामीले। बेकारमा भन्याै जस्तै भयाे।

म त्यतिखेर कविता के हाे जान्दैन्थे। परिभाषा अाउदैन्थ्याे कविताकाे तर लेखेर रेडियाेकाे बालकार्यक्रममा पठाउन थालिसकेकाे थिए। बासुदेव मुनाँल दाइले प्रसारण गरिदिनु भएकाे थियाे। मनका भाव पाेख्थे कविता भनेर। माघ महिनाकाे एकदिन पारिलाे घाँम ताप्दै चाैरमा राखेर सरले पढाईरहनु भाकाे थियाे। कस्ले के प्रश्न साेध्याे कुन्नी? सरले भन्नूभयाे अर्थ न बर्थ गाेबिन्द गाई। गाेबिन्द भन्ने एकजना साथी त्यति खेर निलाे कालाे भाकाे थियाे। मैले भनेनि सरले कहिले पिट्नु भईन तर उखान टुक्काले दनक दिइरहनु भयाे। याे सर सँगकाे रमाईलाे पक्ष थियाे हाम्राे। त्यस्तै रमाइलाे जाेकहरू पनि बेला बेलामा भनिरहनु हुन्थ्याे। अाफ्नाे बाल्यकालमा गरेकाे उत्फट्याङ्गकाे बारेमा एकदिन भन्नू भाकाे थियाे। एकजना मान्छे गाउँमा अाफुलाई दादानै सम्झन्थ्याे रे। त्यसलाई कसरी ठिक बनाउने भनेर साेच्दा एउटा जुक्ति साेच्नु भयाे रे साथीहरू मिलेर। त्याे दादा अाउने जाने बाटाेमा एउटा खाल्टाे खनेर पानी हालेर माटाे गिलाे बनाई धुलाे माटाे ल्याई छाेपिदिनु भयाे रे। उसलाई थहाँ भएन त्यहाँ खाल्टाे छ भन्ने कुरा । उ त्याे खाल्टाेमा परेपछि हामी रमाउदै भाग्याै भनेर हसाउनु हुन्थ्याे हामीलाई। २७/२८ बर्ष अघिका हुन् यी संस्मरणहरू सरसँगका। माघ महिनामा सरस्वती पुजा गरिन्थ्याे स्कुलमा। सबैजना लाइनमा बसेर खण्डपु बजारमा रहेकाे सरस्वतीकाे मन्दिरमा पुजा गरेर अाइन्थ्याे भाेज बनाएर खाँएर दिनभर रमाइलाे हुन्थ्याे स्कुलमा। ” बहिनीकाे दया छ भने राेदीघर दाइ नाँच्याे नभने” याे गीतमा सर नाँच्नु भाकाे सम्झना छ अझै पनि। यस्ता रसिक सर । सबैकाे मनमा बस्नु भाकाे सर। सर सँगकाे बिछाेड चहि मनमा सारै नमिठाे गरि बिझेकाे थियाे। २०४६ सालमा हामी ९ क्लासमा थियाै। सरले स्कुल छाेड्दै हुनुहुन्छ भन्ने कुराहरू स्कुलमा हल्ला भयाे। स्कुलभर बिराेध भयाे याे कुराकाे।

हामीले सरलाई त्याे स्कुल छाेड्न नदिने कुरा गर्याै। क्लास बहिष्कार गर्याै। हामीलाई धनेश्वर सर नै चाहिन्छ भनेर हेडसर सँग माग राख्याै। सबै क्लासबाट बिराेध अाएपछि सरले नै अाएर सम्झाउनु भयाे। म टाडा जान्न ।चैतन्य बहुमुखी कलेजमा पढाउछु। तिमीहरूले राम्राेसँग पढ्नु पर्छ। मैले गर्ने सहयाेग म तिमीहरूकाे लागि सदा गर्ने छु । न जानेकाे न बुझेका कुराहरू साेध्न तिमीहरू मिलेर मेराे काेठामा अाउनु। म सदा स्वागत गर्ने छु तिमीहरूलाई। यसाे भनिरहदाँ सरकाे गलापनि अबराेध भएकाे थियाे त्याे दिन। सर कुन दिन जानू हुन्छ त्याे चहि थहाँ थिएन हामीलाई। एकदिन लास्ट घण्टीतिर साथीहरू कम थिए क्लासमा। स्कुलकाे माथि छतमा सरसँग सुलाेचना सीता र याेगुमायाँ कुरा गरिरहेकाे हामीले देख्याै। म र शाेभा पनि गयाै त्यहाँ। साथीहरू राेइरहेका थिए। सर पनि अन्ध्याराे अनुहारमा हुनुहुन्थ्यो । हामी अकमक्क परेर उभिरहेका थियाै तर हामीलाई खुब हाँसउठेकाे थियाे त्यतिखेर। हामीले हाँसाे राेक्न पथियाे। रूदाँ बिग्रिएकाे साथीहरूकाे अनुहार। हामी हाँसाे राेक्नै नसकेर फर्कियाै। सर पनि हामी सँगै अाउनु भयाे। गेटबाट सरसँग छुटिएपछि हामी रूदै घरमा गएका थियाै। शाेभा र म त्याे दिन यति राेयाैकि बाटाेमा। घरमा हाम्राे अाँखा अनुहार देखेर कस्ले कुट्याे भनेर साेध्नु भयाे। बहाना बनाउनु पर्याे रूनुकाे। सरले श्रिखण्डपुर मा.बी छाेडेपछि कहिले काहीँ बनेपामा भेट हुन्थ्याे। पढाईकाे बिषयमा साेध्नुहुन्थ्याे। हामीले S.L.C. सकाएपछि सरसँग कहिले भेट भएन। चितवनमा धेरैचाेटि कार्यक्रमहरूमा गइयाे।भेटहुन्छकि कतै जस्ताे लागेकाे पनि थियाे तर भएन। भए पनि चिन्नगाह्राे हुनेरहेछ। मेघनाथ सरलाई त फेसबुक फाेटाे देखेरै चिनियाे धनेश्वर सरलाई भने चिन्न धेरै गाह्राे भयाे।मेघनाथ सरसँग साेधेकाे थिए। हजुर बिरेन्द्र बहुमुखी कलेजमा पढाउनु हुदाे रहेछ। पहिला थहाँभएकाे भए म चितवन जाँदा अबश्य भेट्ने थिए सर! हजुरकाे फुच्ची छात्रा ताराले लेखेकाे कविता कथा सुनाउनु छ हजुरहरूलाई। हजुरहरूले दिएकाे ज्ञानलेनै अाज हामी हिडिरहेका छाै। देश हाँक्ने जिम्मेवार पदमा पुगेका छन् कयाै साथीहरू। सहि बाटाे देखाएर उज्यालाे बाँड्ने हाम्रा गुरूहरूमा हाम्राे याे शिर झुकिरहने छ।

यहि समाजमा यस्ता कूरूप शिक्षकहरू पनि छन् बिचार र संस्कारका। शिक्षकले बलत्कार गरेका घटनाहरू पनि समाजमा न अाएका हाेइनन्। शिक्षककाे पिटाइबाट अङ्ग भङ्ग भएका र मृत्यु बरणसम्म गरेका घटनाहरू पनि हामीले न सुनेका हाेइनाैं। यहि समाजमा यस्ता पुजनिय गुरूहरू पनि हुनुहुन्छ। माता, पिता र गुरु भगवान हुन्। उहाँहरूले दिनु भएकाे असल संस्कार र देखाउनु भएकाे मार्गनिर्देशनबाट नै बालबालिकाहरूकाे भविष्य निर्माण हुने हाे । हामीले हामी हिडेकाे बाटाे कहिले बिर्सनु हुन्न। हामीले कहिले भुल्नुहुन्न ।माता पिता र गुरूलाई। किताबको ज्ञान भन्दा फरक धनेश्वर भट्टराई सर सँग सिकेका मैले यिनै कुरा हुन। बच्चाहरूलाई सजाए नदिएर मायालु बाताबरणमा पनि पढाउन सकिन्छ र जिवनमा पिर ब्यथालाई लुकाएर हाँसेर बाँच्न सक्नु नै जीवन हाे। अन्तमा, सर! हामी श्रिखण्डपुमा अध्यनरत त्यतिबेलाका बिधार्थीहरूले हजुरलाई र मेघनाथ सरलाई सम्झिरहेका छाैं। भेट हाेला या न हाेला तर सम्झनामा हाम्राे सदा बाँचिरहनु हुनेछ।

२०७५/६/८       काठमाडाैं।

बुध, मंसिर १२, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि जागरण ल्याउन यात्रा

काठमाडौँ । चैत ३ बाट शुरु भएको महाकाली–मेची पदयात्रा काँकडभिट्टा पुगेर सकिएको छ । जातीय विभेद तथा छुवाछूत अन्त्यका लागि जागरणल्याउन सो यात्रा गरिएको हो । पैदयात्रामा सहभागी होमराज आचार्य, अशोक दर्नाल र रीता परियारले देशका प्रत्येक कुनाकाप्चाबाट छुवाछूत सदाका लागि अन्त्य गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ...

काष्ठमण्डप भत्किएको क्षण…

उज्यालो । काठमाडौं, वैशाख १४ – शनिवारको दिन । बिहान कार्यालयबाट फर्केर खान खाएर कोठामा बसेको एकछिन मात्रै भएको थियो । अब के गर्ने भनेर राम्ररी सोच्न पनि पाएको थिइनँ । घर पूरै पुरानो भन्न सकिन्न, नयाँ पनि होइन । काठ बढी प्रयोग हुने हाम्रो...

विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)

विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो) विश्वका शक्तिशाली राष्ट्रले भन्यो, ग्रेटर नेपालको मुद्दा ठिक, नेपालबाट भारतले लिएको भूमि फिर्ता गर्नुपर्छ (भिडीयो)विश्वका शक्तिशाली राष्ट्रले...

भक्तपुरका मेयर प्रजापति ठाडै भन्छन्, ‘मागेर विकास गरिन्न, आईएनजीओ चाहिएन ।’

माघ, काठमाडौं । स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एकलौटी पारेको नगरपालिका हो, भक्तपुर । काठमाडौं महानगरपालिकाबाट नजिकै भएपनि यहाँ ‘मोनोरेल’ वा ‘समृद्धि’ को खासै चर्चा छैन । २०६८ सालको जनगणना अनुसार भक्तपुर नगरपालिकाको जनसंख्या ८३ हजार हो । अहिले एक लाख पुगेको अनुमान...

काव्यिक विमर्श

काठमाडौँ, पौष १६ गते । संसाक मासिक र खोज अनलाइनको आयोजनामा एक सार्थक र अर्थपूर्ण काव्यिक विमर्श सम्पन्न भयो । विमर्शमा डा.शैलेन्दुप्रकाश नेपाल, साहित्यकार दामोदर पुडासैनी किशोर, पूर्व सहायक रथी तेजप्रकाश बानियाँ, साहित्यकार गुप्तबहादुर श्रेष्ठ, साहित्यकार सीता विष्ट कार्की, पूर्व सेनानी टंकबहादुर खत्री, समालोचक तथा संस्कृतिविद्...

मनिशा पौडेलको आत्मा कथा

एक दिनको कुरा हो म स्कुल बाट घर आउदै थिए फाल्गुन महिना को दिन गर्मी उस्तै अनि घाम झोला भरी किताब कपि , अरु साथीहरू भन्दा म अलिक पछी नै थिए ।मेरो सानिमा को छोरी मेरो बहिनी लिन आएकी रहेछ उसलाई देख्ने बित्तिकै म धेरै...