समिक्षा

थोरै बेरमा धेरैवटा राम्रा कुरा

-—तिलकप्रसाद लुइटेल


गोसाइँकुण्ड महिमा कोषकाव्य डा. सत्यराज थपलिया अगाडिको आवरणमा लेखिएका यी अक्षरले क्रमशः कृतिको नाम, विधा र स्रष्टालाई सूचित गर्दछन् । अक्षरमा यति नै लेखिएपछि गाताभरि गोसाइँकुण्डको चित्र छ । राम्रो कागज र रङ राम्ररी संयोजन गरिएको हुनाले आकर्षक देखिन्छ । पछिल्लोतिर गातामा रचनाकारको फोटो, परिचय छ । त्यसभन्दा मुनि लेखकका प्रकाशित दस कृतिको नामावली एकतर्फ छन् भने अर्कातर्फ प्रकाशोन्मुख कृति दसवटाको नामावली छ । आवरणबाहेक आदिदेखि अन्तसम्ममा पृष्ठ सङ्ख्या ३२ रहेको यस पुस्तकमा ‘‘भन्नैपर्ने मेरा केही कुराहरु’’ शीर्षकमा कृतिकारको मन्तव्य छ । मन्तव्यमा यो पुस्तक लेखिसकेर पनि धेरै वर्षपछि मात्रै छापिएछ भन्ने कुराले विशेष ध्यानाकृष्ट गराएको । गौरी पब्लिक रिलेसन एन पब्लिकेशनका अध्यक्षले लेखेको प्रकाशकीयमा रचनाकारको व्यक्तित्वका विषयमा बताइएको छ । त्यहाँ उल्लेख भएका गुणहरु उहाँमा पक्कै छन् ।

उहाँ साँच्चै नै सन्तहृदयका व्यक्तित्व हुनुहुन्छ । कोषकाव्यको विषय गोसाइँकुण्ड नै हो । ‘सूर्याश्वैर्मसजस्ततः सगुरवः शार्दूलविक्रीडितम्’ भन्ने नियमअनुसार सुरुदेखि लगातार ११३ श्लोक शार्दूलविक्रीडित छन्दमा ११३ श्लोकहरु छन् । सबै श्लोकहरुले आआफ्ना जिम्मेदारीको अर्थ वहन गरेकै छन् । पाठकले पढ्दा कुनै पनि श्लोक छोड्न सकिने छैनन् तर प्रत्येकलाई लेखेर साध्य हुँदैन । विशेष घत लागेका श्लोकहरुको सङ्केत गर्नुपर्दा श्लोक ६, १३, १६ मा नीतिशास्त्रको प्रभावकारी प्रस्तुति छ भने श्लोक ७ र २० मा राजनीतिका विविध पाटाको प्रस्तुति छ । आपद् परेपछि मान्छे धर्मको भाकल गर्छ अनि आपद् टरेपछि मैमत्ता बन्छ । श्लोक १५ मा मानिसको यस्तो अनौठो स्वभावलाई सामु ल्याइएको छ ।

रमाइलो प्राकृतिक छटाको दृश्यावलोकन गर्दै गोसाइँकुण्डतिर गएझैँ गरी सरासर पढ्दै जाँदा म ३६ र ३७ श्लोकमा पुगेँ । साझेदारीमा पीडित हुने सज्जनको हालत भगवान् शिवको देख्ता गोसाइँकुण्डको बाटामा भएको रमाइलोले अचम्म पारेझैँ लाग्यो । प्रस्तुति वास्तवमा अनौठो छ । श्लोक ४२ मा पुगेपछि वेत्रावती नदीको उत्पत्तिको इतिहास खुलेको छ । नेपालका सबै नदी र प्रत्येक ठाउँमा रहेका तीर्थस्थलहरुको यस्तै इतिहास पाइन्छ र प्रत्येक स्थानको धार्मिक तथा वैज्ञानिक महत्त्व पनि उत्तिकै रहेको छ । श्लोक ६० मा पुग्दा यस पुण्यभूमिमा पूजित देवताहरु र यहाँ रहेका गणदेवताहरुको उल्लेख छ । ६५ औँ श्लोकमा पुग्दा त्यस भूमिमा रहेका जलमा औषधि तत्व रहेको छ भन्ने कुरालाई प्रमाणित गरेको इतिहास छ । श्लोक ६७ मा मदिराले सर्वनाश गराउँछ भन्ने चेतनायुक्त इतिहास रहेको छ । त्यसै गरी ७४ औँ श्लोकमा पुग्दा भगवान् शिवका वाचक नामहरु धेरैवटा पाइन्छन् ।

हाम्रा धर्मशास्त्रले धार्मिक व्रत आचरणको पालन गर्दा अथवा देवीदेवता विशेषको ध्यान आराधना आदि गर्दा अथवा स्थान विशेषको दर्शन वा तीर्थ विशेषको सेवन गर्नाले जीवनभरिका अथवा कैयौँ जन्मका सबै पाप नाश हुन्छन् भन्ने गरेको शास्त्रहरुमा पाइन्छ । त्यही धर्म निर्वाह गरेझैँ श्लोक ८२ मा देखिन्छ । जस्तै पातकी पनि भैरवकुण्ड स्नान गर्ने बित्तिकै मुक्त भई कैलास पुग्छन् भन्दा पातकी बढ्लान् कि ? श्लोक ८८ मा दिइएको तीर्थहरुको अनुमानित सङ्ख्या सबैका लागि स्मरण योग्य छ । धर्मप्रति श्रद्धा भएका मानिस खाने कुरा र अन्य आवश्यक वस्तुको कस्तो व्यवस्था गरेर जान्छन् भन्ने क्रमशः श्लोक ९२ र ९४ मा बताइएको छ । यसबाट अब जानेहरुलाई दिग्दर्शन हुन्छ । श्लोक ९६ मा आवश्यक वस्तुको व्यवस्था नगर्दा पाइने दुःख हुने नैतिक शिक्षाका साथै जीवनदर्शन पनि छ । गोसाइँकुण्ड कताबाट कसरी जाने भनेर श्लोक ९८ मा बाटो निर्देश गरिएको छ भने श्लोक १०० मा पुगेपछि त्यहाँ केही व्यवस्था र केही अव्यवस्था पनि छ भन्ने कुराले सचेत गराइएको छ । अग्लो ठाउँमा प्राकृतिक र वैज्ञानिक दृष्टिले असुविधा हुने कुरा श्लोक १०३ मा प्रस्ट पारिएको छ । श्लोक १०४ मा तीर्थयात्रीलाई सचेत गराउने उद्देश्यले संसारमा पैसाको महत्वमाथि प्रकाश पारिएको छ । श्लोक १०५ भने धनको सदुपयोग कसरी हुन्छ भन्ने कुराको चर्चा भएको छ र त्यस ठाउँमा पुग्दा लेक लाग्यो भने उपचार कस्तो गर्नुपर्छ भन्ने विषयमा श्लोक १०६ मा जानकारी पाइन्छ ।

गोसाइँकुण्डको दर्शन कतिपटक गर्नु भन्ने शास्त्रीय निर्देश छ भन्ने विषयमा श्लोक ११२ मा बताइएको छ । श्लोक ११३ ले कविले विनयपूर्वक ‘यदक्षरं पदं भ्रष्टं मात्राहीनं’ भन्दै, भुलचुकमा क्षमा प्रार्थी हुँदै काव्यको कथ्य विषयलाई बिट मारेको पाइन्छ । त्यसपछिका श्लोक ११४ र ११५ ‘ननमयय युतेयं मालिनी भोगिलोकैः’ लक्षण भएको मालिनी छन्दमा छन् । यिनमा गोसाइँकुण्ड पुगिसक्ता आउने आनन्दको चर्चा गरी काव्यलाई विराम दिइएको छ । यसरी जम्मा ११५ श्लोकहरु पुस्तकमा समावेश छन् । ५० मिनेको एक बैठानमा पढ्दै माथि उल्लेख गरेका श्लोकहरुमा चिह्न लगाउने काम सकियो । पठनका क्रममा गोसाइँकुण्डको यात्रा गर्दै छु भन्ने भान परेकै थियो । अन्तमा पुस्तकको रचनाकाल २०४३।६।१५ लहरेपौवा, रसुवा भनी लेखिएको हुनाले त्यस समयमा कविले गोसाइँकुण्डको यात्रा गर्नुभएछ भन्ने लाग्यो । यस पुस्तकको लोकार्पण आधुनिक साहित्य परिषदले २०७५ मंसिर १ गतेका दिन गरेको हो । त्यस समयमा उक्त साहित्य परिषदले मंसिर १, २ र ३ गरी तीन दिने साहित्य उत्सव भव्यताका साथ मनाएको कुरा स्मरणीय छ ।

शुक्र, मंसिर १४, २०७५ मा प्रकाशित

यसमा तपाइको मत

Loading...
Loading...

बाट अन्य

अनुभूतिका आँकुरा गोडमेल गर्दै

धेरै दिन पहिले नै ‘‘मेरो पुस्तक ‘अनुभूतिका आँकुरा’ को विमोचन छ, आउनू है दाइ’’ भनेर सानु शर्माले धेरै पटक कहिले म्यासेन्जरमा त कहिले फोनमा बोलाउनु भएकै हो । मनमा बिर्सिने र सम्झिने गरी दुई भाग हुँदो रहेछ । त्यसैले मैले पुस्तक विमोचनका लागि बोलाएको त्यो...

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’चर्चा परिचर्चा

डा. विदुर चालिसेको नयाँ कविता सङ्ग्रह ‘चियाङमाईको डबली’ प्रकाशमा आएको रहेछ | आज ठमेलको ‘चिकुसा क्याफे’मा बसेर कफी पिउँदै पाँच स्रष्टाहरू (तस्वीरमा बायाँदेखि) गोविन्द गिरी प्रेरणा, छविरमण सिलवाल, सुरेश कार्की निषाद, किशोर पहाडी र विदुर चालिसेले उक्त कविता सङ्ग्रहको चर्चा परिचर्चा गरेका थिए | सङ्ग्रहमा ‘चियाङमाईको...

साहित्यकार द्वारिका कुईकेल

साहित्यका विभिन्न बिधा, कथा कविता, उपन्यासमा कलम चलाएर नेपाली साहित्य जगतमा क्रियाशिल रहदै अाउनु भएकि साहित्यकार हुनुहुन्छ द्वारिका कुइकेल। द्वारिका जी भन्ने बितिकै हामी समाजका घट्ने बिकृति र बिसंगतिप्रति ब्यङ्ग हान्न सिपालु कविकाे रूपमा चिन्छाै।उहाँका प्रकाशित कृतिहरूमा:- १) विवशताका अाँशुहरू – कविता संङ्ग्रह – २०५८ २) अल्छी...

अनामणिको “खस्राे हातहरू” कबिता संग्रह पढेपछि

साहित्यकाे विविध विधामा कलम चलाएर नेपाली साहित्य फाँटमा आफुलाई स्थापित गर्न सफल एउटा परिचित नाम हाे रत्नप्रसाद अनामणि श्रेष्ठ। सायद धेरै बर्ष पहिले नै हाे । ठायक्कै मिति सम्झिन सकिन । जनमतकाे कार्यक्रम हुँदै गर्दा बनेपामा हल बाहिर बिक्रीमा राखेका कितावहरू नियाल्दै गर्दा दाउहरू फरक...

सिताबिष्ट कार्कीको कलेज जीवनको सस्मरण नै “कलेज डायरी” हो

सिताबिष्ट कार्कीले आफ्नो कलेज जीवनको सस्मरणलाई गद्य कबिता मार्फत संगालेका छन् “कलेज डायरी” कबिता संग्रहमा । कबिता संग्रह उहाको सातौ कृति हो/ यस कबिता संग्रहमा बि.सं.२०४२ /३/०५ देखि २०४७ /५/१० सम्ममा रचना गरिएका जम्मा ३१ वटा कविताहरु समाबेश गरिएका छन् /  ती कविताहरु मध्य त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट...

अनामणिको “खस्रो हात” भित्र पस्दा

रत्नप्रसाद अनामणि द्वारा लिखित पुस्तक “खस्रो हात” लेखकको दस्तखत सहित समीक्षाका लागि आग्रह साथ मेरो हातमा पर्यो। म आफैलाई थाहा छैन मैले समिक्षा गरेर उनको पुस्तक प्रति न्याय गर्न सक्छु कि सक्दिन, त्यसै पनि समिक्षा गर्ने भनेको अपजसे काम हो। बहुआयामिक प्रतिभाका धनी साहित्यकार अनामणिलाई खालि हात कुनै पनि...